2018 November 19/ 08:46: 46am

पाँचखाल नगरपालिका १२ कास्कोटेमा ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाँदा ५ सय ४५ भन्दा धेरै बिरामी परे । शुरुमा सामान्य देखिएको उक्त घटना एकाएक भयानक विपदको अवस्थामा पुग्यो । मानविय क्षती त्यसकारण हुन पाएन राज्यका सबै संयन्त्र परिचालन भए र स्थानीयहरुको सक्रियता रह्यो । जिल्लामा रहेका अस्पतालहरु समेत विदा समेत नभनी निरन्तर कृयाशिल भए । हो दरका विकृतीहरु धेरै भित्रन थालेका छन् । महिनौ अघि पार्टी प्यालेसहरुमा भोज लाग्न शुरु भएको छ । त्यो गलत केहि हदसम्म हुन सक्ला तर विशुद्ध महिलाहरुको शशक्तिकरण, चेतना र एक आपसमा जमघट हुने कुरा नराम्रो होईन । पाँचखालको घटनाबाट केहि सन्देश प्रवाह भएका छन् । सिङ्गो दर प्रणाली नै खराव हो, दरकै कारण विपद् आउँछ त्यो सत्य होईन । 
    विपद्का रिपोर्टहरु आउने क्रम शुरु भएका छन् । अस्पतालमा भर्ना भएका विरामीहरु असोज १ गतेबाट सबै घर फर्किसकेका छन् । गाउँमा सामान्य अवस्था भएको छ । तर जहाँ कार्यक्रम आयोजना गरियो त्यो स्थानको सरसफाई र सुरक्षाका बारेमा प्रश्न चिन्ह खडा भएको छ । उक्त क्षेत्रमा खानेपानी र सरसफाई लगायतका कार्यक्रमहरु निरन्तर चलिरहेका छन् । लब्ध प्रतिष्ठीत ब्यक्तिहरु समेत सहभागि कार्यक्रममा खानेपानीको सुरक्षा किन अपनाईएन ? लार्पवाहि त्यँहि हो । पानीको अभावका कारण फोहोर र दुषित इनारको पानी प्रयोग गरिएकै कारण मान्छेमा संक्रमण भयो । त्यहि पानी पिएका अधिकांश ब्यक्तिहरु विरामी परे । फोहोर पानीका कारण मान्छेको पेटमा संक्रमण भयो । साल्मोनेला भन्ने किटाणुले विरामीलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, वान्ता हुने र झाडा लाग्ने काम भयो । पेट कटक्क काट्ने वितिक्कै दिशा लाग्ने किटाणुकै कारण हो । पहिलो पानीको कारण देखिएको उक्त महामारी विपद् आगामी दिनमा हुन नदिन जिल्लाभर सचेतना फैलाउनु जरुरी छ । खानेपानीको गलत प्रयोग गरेकै कारण गाउँ रित्तो बनाएर विरामीहरु अस्पताल हुनु पर्दाको अवस्था कति दर्दनाक हुन पुग्यो ? असल नियतले आयोजना गरिएको सहकारीको सचेतना सहितको कार्यक्रम दरमा गएर टुगिंयो । दरकै कारण विरामी भएको सन्देश फैलिरहँदा दर पकाउन प्रयोग गरिएका सामानहरुमा किन ख्याल पु¥याउन सकिएन ? 
    सरसफाई पहिलो शर्त हो । पिउने पानी उमालेर मात्रै पिउनु पर्छ । तर गर्मीको समयमा आयोजना भएको कार्यक्रममा चिसो पानी देख्ने वितिक्कै सबै सहभागिहरुले पिउँदाको परिणाम महामारी फैलियो । ल्याबहरुमा खानेकुराको परिक्षण पनि भईरहेको छ । केहि दिनमा तथ्याङ्क सहितको प्रतिवेदन आउने नै छ तर अहिले विरामीको दिशा जाँच गर्दा देखिएको प्रमाणले भन्छ पाँचखालको महामारीजन्य विपद फोहोर पानीकै कारण हो । नगरपालिका र स्थानीय सरकारका वडा स्तरीय जनप्रतिनिधिहरुलाई समेत चुनौती के हो भने आफ्ना नगरबासि र वडाबासीहरुले कस्तो पानी खाईरहेका छन् । एक दिन खाएको पानीका कारण त्यस्तो परिस्थिती निम्तियो भने सधै त्यस्तै पानी खान बाध्य नागरिकहरु कति छन् ? खाना खान नपाएका नागरिकहरुलाई स्थानीय सरकारले ब्यवस्था गर्न नसक्लान् तर पानी जस्तो संवेदनशिल विषयमा सुरक्षित पानी ब्यवस्थापन गर्नु दायित्व हो । पानी मात्रै होईन सुरक्षित पानी उपलब्ध गराउने र प्रयोगकर्ताहरुले पनि सुरक्षित पानी मात्रै प्रयोग गर्नु आवश्यक छ । पाँचखालको घटनाले त्यहि सन्देश दिएको छ । भुकम्प पछि जिल्लामा एकै पटक निम्तिएको विपदमा प्रशासन, प्रहरी, अस्पताल, स्वास्थ्यकर्मी, स्थानीय सरकार र स्थानीयहरुको सक्रियता प्रति आभार ब्यक्त गर्नु पर्छ । र सबैले सन्देश दिनु पर्छ कि सुरक्षित पानी प्रयोग गरौं ।