2018 November 19/ 09:34: 29am

 राज्य पुनर्संरचनासँगै जिल्ला सुरक्षा समितिले बढ्दो जनघनत्व तथा पुरानो चौकीहरुको कार्यशैलीलाई परिवर्तन गर्दै नयाँ संरचना प्रस्ताव गरेको छ। समितिले गरेको प्रस्तावलाई जिल्लाका १३ वटै स्थानीय सरकार तथा जिल्ला समन्वय समितिले परिमार्जनका साथ अनुमोदन गरेको छ। उक्त संरचनाले १३ वटै सरकारका वडाहरुमा समेत नागरिकले प्रहरीको सेवा प्राप्त गर्ने अवसर हुनेछ। गृह मन्त्रालयले उक्त प्रस्तावलाई कार्यान्वयनमा सहयोग पु¥याएको अवस्थामा प्रहरीको जनशक्ति र भौतिक संरचना समेत अभाव हुनेछ। अहिले पनि धेरै प्रहरी चौकी भाडामा, पाल भित्र र अस्थायी रुपमै बसिरहेका छन्। नागरिकलाई सुरक्षा दिने प्रहरी आफै असुरक्षित अवस्थामा रहेको भन्दै पटक पटक संरचनामा फेरबदल र सुरक्षाको माग हुँदै आईरहेको सन्दर्भमा नयाँ संरचनाको प्रस्ताव सान्दर्भिक देखिन्छ। 
    जिल्लामा हाल जिल्ला प्रहरी कार्यालय मार्फत तीनवटा ईलाका प्रहरी कार्यालय छन् । कोशिपारीमा रहेको कात्तिकेदेउराली, मंगलटार र बनेपा ईलाका भए पनि बनेपाबाट मात्रै मुद्दा दायर हुँदै आएको छ। भौगोलिक अवस्थाले पनि बनेपालाई मुद्दा दर्ताको अनुमति प्रदान गरिएको हो। केहि स्थानमा ‘ख’ श्रेणीका इलाका छन्। ‘ख’ श्रेणीका इलाकालाई ‘क’ श्रेणीको इलाका बनाउन तथा नयाँ इलाका थप गरी सशस्त्र द्वन्द्वका क्रममा विस्थापित भएका चौकीहरुलाई समेत पुनस्र्थापना र पुनर्निर्माण गर्न समितिले प्रस्ताव गरेको छ। बनेपा अरनिको र विपी राजमार्गको केन्द्र हो। ब्यापारीक नगरीको रुपमा रहेको बनेपामा इलाकालाई स्तरबृद्धि गरी दरबन्दी थपको प्रस्ताव गरिएको छ। इलाका कार्यालयको आफ्नै जग्गा अपर्याप्त छ। भवन छैन। असुविधा नै असुविधाका बीच जिल्लाको जस्तै चाप धानिरहेको छ। थुनुवा तथा हिरासत कक्ष समेत नहुँदा इलाका प्रहरी कार्यालयले बनेपामा पक्राउ भएका ब्यक्तिहरुलाई पनौती चौकी पु¥याउँदै आएको छ। यस्तो असुविधा हुँदा समेत सरोकारवाला निकायहरुले बर्षाैसम्म भवन निर्माणका लागि जग्गा ब्यवस्थापन गर्न सकिरहेका छैनन्।
    प्रस्तावित संरचनामा ‘क’ श्रेणीको ईलाका प्रहरी कार्यालयहरुमा पाँचखाल नगरपालिकामा रहेको प्रहरी चौकी पाँचखाल, पनौती नगरपालिकामा रहेको प्रहरी चौकी पनौती, मण्डन देउपुर नगरपालिकामा रहेको प्रहरी चौकी हिगुवापाटी र नमोबुद्ध नगरपालिकामा रहेको प्रहरी चौकी मेच्छे पौवा हाल भकुण्डे रहेका छन्। ‘ख’ श्रेणीको ईलाका प्रहरी कार्यालयमा बेथान्चोक गाउँपालिकाको ढुंखर्कमा रहेको प्रहरी चौकीलाई ‘ख’ श्रेणीको इप्रकामा स्तरोन्नती रहेको छ। नयाँ प्रहरी चौकी सिफारिसमा धुलिखेलको १० र १२ शंखुपार्टीचौर, भिमखोरी गाविस ९ शिखरपुर हालको रोशी गापा १२ मा पुनःस्थापना, नमोबुद्ध नगरपालिका ५ कानपुरमा नयाँ स्थापना र प्रहरी चौकी बनखुचौर रहेका छन्। तेमालको पोखरी नारायणस्थान, तेमालकै मेच्छेपौवामा पुरानै प्रहरी चौकी पुनःस्थापना, चौरीदेउरालीको ढाडखर्कलाई नयाँ चौकीका रुपमा सिफारिस गरिएको छ। भुम्लु गाउँपालिकाको फलाँटेमा रहेको प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्र भुम्लु ५ सल्ले भुम्लुमा स्थानान्तरणको सिफारिस गरिएको छ। स्थानीय सरकारहरुले समेत अनुमोदन गरेको उक्त निर्णय तत्काल कार्यान्वयन गर्नु आवश्यक छ। समितिले अहिले गर्दै आएको सुरक्षाको रेखदेख तथा अनुसन्धानको क्षेत्रलाई समेत स्थानीय तह अनुसार बदलेको छ। यसले नागरिक र सुरक्षा निकायलाई समेत सहज हुने छ।