2026 August 13/ 11:27: 57pm

    रयाले/विश्व पशु अधिकार दिवसको अवसरमा पनौती नगरपालिका पशुपंन्छी शाखाको आयोजनामा   भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धुलिखेल, प्राविधिक तथा व्यवसायिक शिक्षालय बनेपा र पाराभेटेरीनरी जिल्ला समितिको प्राविधिक सहयोगमा पनौती नगरपालिका वडा नं १ को ढाँडाचौर र माने दोभान रयालेमा एक दिने बृहत्त पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । 
    शिबिरमा पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपानेले नगरपालिका भित्र रहेका सम्पुर्ण जनताको आयस्तर उकास्नका लागी सधै लागिरहने बताए । नगरपालिका अहिले शिक्षा स्वास्थ्य, भौतिक र सामाजिक क्षेत्रमा काम गर्न लागिरहेको बताए । कृषकहरुको समस्यामा नगरपालिका सगै रहेको र पशु स्वास्थय शिबिर, एउटा उदाहरण मात्र भएको उनले बताए । पशु पन्छी शिविरका कार्यक्रमहरु नगरले गर्दे आएको र आगामी दिनमा सबै वडामा गरिने नगर प्रमुख न्यौपानेले बताए ।  
    शिबिरमा ६ सय ५ पशुधनिका ८ सय पशुहरुलाई सेवा उपलब्ध गराउनु साथै आवश्यक औषधी निशुल्क वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला भेटेनरी अस्पतालका प्रमुख एवं बरिष्ठ पशु विकास अधिकृत डा. नाराण बहादुर श्रेष्ठ, पशु विकास अधिकृत राजकुमार हुमागाई, पनौती नपाका पशुंन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटा, पशु चिकित्सकद्धय डा गणेश बञ्जारा र डा अमृत देउजा लगायतको सहभागिता रहेको थियो । शिबिरको संयोजन रयाले पशुधन सुरक्षण (विमा) समितिले गरेको थियो । शिबिर कार्यक्रमको सभापतित्व वडा नं. १ का वडा अध्यक्ष तथा कृषी समिति संयोजक गुणनाथ सापकोटाले गरेका थिए ।