2018 November 19/ 08:29: 34am

धुलिखेल/धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय अस्पताल अन्तर्गत नर्सिङ्ग विभागको आयोजनामा मधुमेह भएका व्यक्तिहरुलाई लक्षित गरी “मधुमेहको उचित व्यवस्थापन सम्बन्धी शैक्षिक कार्यगोष्ठी” आयोजना गरिएको छ । 
    मधुमेह भएका व्यक्तिहरुलाई रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न चाहिने आवश्यक ज्ञान र सिप सिकाईएको थियो । कार्यक्रममा धुलिखेल, बनेपा, पनौती, काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक लगायत ललितपुरबाट ६७ जनाको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रमको सुरुवातमा मधुमेह भएका व्यक्तिहरुको तौल, उचाईं, कम्मरको गोलाई, रक्तचापको परीक्षण गरिएको थियो । सोहि अवसरमा ग्लुकोमेटरबाट रेण्डम ब्लड सुगर जाँच गरिएको थियो । कार्यक्रममा धुलिखेल अस्पतालका मेट्रोन विष्णु सिंह प्रमुख अतिथी रहेकी थिईन् । सोहि कार्यक्रममा धुलिखेल अस्पतालका प्रशासक प्रधुम्न श्रेष्ठ, इन्टरनल मेडिसन विभागका प्रमुख  एशोसियट प्रोफेसर  डा. राम बहादुर गुरुङ, एसिस्मेन्ट मेट्रन सुवास्ना श्रेष्ठ र ओटी सुपरभाईजर सुलेखा श्रेष्ठ रहेकी थिईन् । 
    कार्यक्रममा डा. राजेन्द्र ताम्राकार द्धारा मधुमेह र यसको व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । श्री सेरिमा प्रधान द्धारा मधुमेहमा देखिने दीर्घकालीन जटिलताहरु र यसको व्यवस्थापनका लागि चाहिने उपकरणहरुको प्रयोगका बारेमा प्रकाश परेका थिए । धुलिखेल अस्पतालका न्यूट्रनिष्ट सन्जु कर्माचार्यले मधुमेह लागेका व्यक्तिहरुले आहारमा अपनाउनु पर्ने सावधानी र यसको व्यवस्थापनका बारेमा बताएका थिए । निस्ठा श्रेष्ठले मधुमेहको व्यवस्थापनमा व्यायामको भुभिका तथा श्रीणा श्रेष्ठले औषधीको भुमिकाको बारेमा प्रकाश पारेका थिए । त्यस्तै रन्जना न्यौपानेद्धारा प्रस्तुत गरेको “मधुमेहमा देखिने तीव्र जटीलताहरुका साथै खुट्टालाई दिनुपर्ने स्याहारको बारेमा” कार्यपत्र उपर छलफल भएको थियो । कार्यक्रममा सहभागीहरुलाई अझ प्रभावकारी ढंगले बुझाउनका लागि कौशल ठाँउहरु राखिएको थियो । सहभागीहरुले आफ्ना प्रश्न तथा जिज्ञासाहरु राख्न सक्ने व्यवस्था हुनका साथै अन्र्तक्रिया मार्फत व्यवहारिक ज्ञान हाँसिल गर्न सकिन्थ्यो । सहभागीहरुलाई प्रमाण–पत्रका साथै खुट्टाको स्याहार सामाग्री वितरण गरिएको थियो /