2018 November 19/ 08:54: 25am

बनेपा/बनेपा ब्वाईज क्लव (बी.बी.सी.) को आयोजनामा असोज ११ देखि २१ गतेसम्म बनेपा महोत्सव आयोजना गरिएको छ । महोत्सवका बारेमा जानकारी दिन बनेपामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका आर्कषण र तयारीका बारेमा जानकारी गराईएको थियो । 
    मेलामा कृषि, घरेलु सामाग्री लगायत एक सय भन्दा धेरै ब्यापारीक स्टलहरु राखिने अध्यक्ष महेश कर्माचार्यले बताए । महोत्सव सम्पन्न गर्न बीवीसी क्लवका उपाध्यक्ष हरिकुमार कर्माचार्यलाई मुख्य संयोजक बनाईएको छ । महोत्सवको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गर्नेछन् । महोत्सवको उद्घाटन समारोहमा स्थानीय कला संस्कृती झल्क्ने बाझागाजा नाच, झाँकी प्रदर्शन गरिनेछ । हाम्रो अभियान खेलको शासन, सस्कृति र सम्वृद्धी बनेपाको पहिचान भन्ने नारा सहित ब्यापारीक, सांस्कृतिक र मनोरञ्जनात्मक खेल मेला समेत आयोजना गरिने अध्यक्ष कर्माचार्यले बताए । पत्रकार सम्मेलनमा बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष वर्ण शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले महोत्सवका तयारी र आर्कषणमा ध्यान दिनु पर्ने विषयबस्तुका बारेमा जानकारी गराएका थिए ।