2018 November 19/ 08:23: 20am

धुलिखेल/बाल दिवसको अवसर पारी जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको छ । क्लासिक स्पिकिङ्ग आईडलको फाईनल चरण पनौती नगरपालिकामा सम्पन्न भएको छ । 
    नगर प्रमुख भिमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, पाँचखाल नगरपालिका उपपप्रमुख लक्ष्मी दनुवार, पनौती नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ध्यान कुमार थापा, प्रशासकिय अधिकृत इन्द्र अधिकारी, जिल्ला बाल सञ्जालका अध्यक्ष रञ्जन पौड्याल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बालबालिका क्षेत्रमा कार्यरत विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । जिल्लाका मण्डन देउपुर, पाँचखाल, नमोबुद्ध, पनौती नगरपालिका र रोशी र खानीखोला गाउँपालिकाबात भाग लिएका ४ सय ६६ बालबालिकाहरुबाट विभिन्न चरणमा सहभागि हुँदै अन्तिम चरणमा १० जना बालबालिकाहरु सहभागि भएका थिए । सहभागि बालबालिकारुबाट विभिन्न विषय दिएर प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा भाग लिएका मध्ये अन्तिम दशमा सविना रिमाल, शिवराज चिमौरिया, तारा तामाङ, सिमन शर्मा, रञ्जना रसाईली, विराज पौड्याल, भुपाल तामाङ र परिचित सापकोटा रहेका छन् । प्रतिस्पर्धा गरिएका मध्ये रञ्जना रसाईली आजको आवश्यकता बालबालिकाको नैतिक शिक्षा भन्ने विषयमा प्रथम भएकी थिईन् । जिल्ला बाल क्लव सञ्जाल, क्लासिक ग्रुपले आयोजना गरेको कार्यक्रममा धिरज जोशी र सञ्जिव न्यौपानेले सहजीकरण गरेका थिए । 
    त्यस्तै धुलिखेलमा जिल्ला बालकल्याण समितिले ¥याली तथा छात्रबृत्ति कार्यक्रम आयोजना गरेको थियो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा लगायतको सहभागिता थियो । कार्यक्रम बालकल्याण समितिका अध्यक्ष रामकुमार मुल्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।