2018 November 19/ 09:19: 37am

धुलिखेल/निर्माण ब्यवसायी संघ काभ्रेको नऔ साधारण सभा तथा छैटौ अधिबेशनबाट नवनिर्वाचित कार्य समितिको पदस्थापन तथा प्रमाणपत्र वितरण शुक्रबार भएको छ । 
    प्रदेश सभा सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै सासंद लामाले निर्माण र सम्वृद्धीको अभियानमा निर्माण ब्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसलाई समयमै सम्पन्न गरी जवादेहिता हुनु पर्ने बताए । राज्यले ल्याएका नीति नियमहरुले ब्यवसायीहरुलाई अफ्ठयारो परेको भए समाधानका लागि पहल गर्ने बताउँदै सांसद लामाले ब्यवसायीहरु पनि जिम्मेवार हुनु पर्ने बताए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष उपेन्द्र घिसिङ्ग, निर्माण ब्यवसायी संघको केन्द्रिय सदस्य रमिला लामा, हस्त लामा, मध्यमाञ्चल प्रमुख मुकुन्द गौतम, प्रदेश सदस्य राजकुमार बुढाथोकी, पुर्व अध्यक्षहरु ज्ञानबहादुर लामा, राकेश लामा र रत्न लामा लगायतको सहभागिता रहेको थियो । अधिबेशनबाट निर्विरोध रुपमा उपेन्द्र घिसिङ्गको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । समितिमा बरिष्ठ उपाध्यक्ष विजय लामा, प्रथम उपाध्यक्ष लनम दोङ्ग, द्धितिय उपाध्यक्ष अनिश बल रहेका छन् । त्यस्तै महासचिव चेतप्रसाद गौतम, सचिव अमित लामा, कोषाध्यक्ष विष्णुहरी जोशी र सह कोषाध्यक्ष सुवास श्रेष्ठ रहेका छन् । सदस्यहरुमा प्रदिप गौतम, रोशन तिमल्सिना, विक्रम चौलागाई, पशुपतिबहादुर पन्त, हिराकुमार बल, अरुणकुमार गौतम, झलक लामा, उमेश तौजले, प्रेमबहादुर वाईवा, सुर्वण लामा, सुजन लामा, दर्म सिं लामा (डिएस), ङेमा सिं लामा, कृष्ण लामा र विदुर केसी रहेका छन् ।