2018 December 15/ 10:26: 12pm

बनेपा/युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपाको २२ औ बार्षिकोत्सव तथा २० औ बार्षिक साधारण सभा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालले सहकारीहरुले ल्याएको सम्वृद्धी र सदस्यहरुलाई दिएको सेवाले नगरबासीहरुको आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताईन् । नगरपालिका नगर भित्र रहेका सहकारीहरुको ब्यवस्थापन, नियमन र अनुगमन गर्ने दायित्ववाट पन्छन नमिल्ने  बताउँदै उपप्रमुख सापकोटाले सहकारी मार्फत युवा तथा महिला लक्षित कार्यक्रम संचालन गर्ने, सहकारी हेर्ने जिम्मेवारी छुट्टै शाखा ब्यवस्थापन गर्ने बताईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला सहकारी सघंका सचिव दिलीप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तीर्थमाया प्रधान, सहयोगी साकोसका माधवमणी हुमागाई लगायतले सहकारी क्षेत्रमा युवा साकोसले पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा उपाध्यक्ष भिमप्रसाद शर्माले स्वागत गरेका थिए । 
    सहकारीले निशुल्क स्वास्थ्य परिक्षण, सदस्यहरुलार्ई विना ब्याजमा रिक्सा वितरण, माटो परिक्षण, दुर्घटना विमा, रक्तदान, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ब्याग वितरण, छात्रवृत्ति वितरण, झोल साबुन बनाउने तालिम, बुहारी सम्मान, महिला सदस्यहरुका लागि विशेष अभियान लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको अध्यक्ष उदयराम कायश्थले बताए । सचिव सरोजकुमार तिमल्सिनाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ५ हजार ३ सय १५ शेयर सदस्य र १६ सय ९२ बाल बचत सदस्य रहेको बताए । मोवाईल एप्स मार्फत सबै खालका महसुल भुत्तानीमा सहयोग पुगिरहेको तिमल्सिनाले बताए । कोषाध्यक्ष रामशरण राउतले ३ करोड १४ लाख ७९ हजार शेयर पुँजी, २१ करोड ४२ लाख ५७ हजार बचत संकलन, २६ करोड ४८ लाख ३९ हजार ऋण लगानी गरी खुद मुनाफा ६८ लाख ६६ हजार गरेको बताए । 
    लेखा समिति संयोजक विकास पन्तले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको ५७ लाख जगेडा कोष, ४४ लाख जोखिम कोषमा र २ करोड २६ लाख अन्य कोषमा जम्मा गरेको बताए ।