2018 December 15/ 09:41: 02pm

धुलिखेल/शैक्षिक सशक्तिकरण केन्द्र धुलिखेलको दोश्रो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन धुलिखेलमा प्रदेश सभा सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष नमराज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभाले पुनः नमराजकै अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । 
    समितिमा उपाध्यक्ष नानिराम धिताल, सचिव विद्यालक्ष्मी देउजा, कोषाध्यक्ष श्याम ढलकुटी र सदस्यहरुमा राजेन्द्र कर्माचार्य र चन्द्रकला श्रेष्ठ रहेका छन् । सदस्य सचिवमा कार्यकारी निर्देशक दिपक रोक्का रहेका छन् । कार्यक्रमको उद्घाटन सभामा बोल्दै सांसद लामाले शिक्षा राज्यको दायित्व भएकाले राज्यले गर्नु पर्ने काममा सहयोगी बनेकोमा धन्यवाद दिएका थिए । प्रदेशको जिम्मेवारीमा रहेका हरेक गतिविधिहरुमा सरकारले ध्यान दिने बताउँदै लामाले लगानी अनुसारको गुणस्तरमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख डिकबहादुर राई, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, शिक्षकहरुका नेता नारायणप्रसाद तिमल्सिना, जनप्रतिनिधिहरु, एमजिएमल कार्यक्रमका केदार तामाङ लगायतले विद्यालयहरुमा भईरहेको शिक्षाको अवस्थाका बारेमा चित्रण गरेका थिए । 
    उक्त संस्थालाई जर्मन नेपलिज हेल्प एशोसिएसन काठमाडौको सहयोगमा बहु कक्षा बहु स्तर सिकाई पद्धती कार्यान्वयन गर्दै आएको छ । जिल्लाको धुलिखेल, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा रोशी, चौरीदेउराली, बेथान्चोक र खानीखोा गाउँपालिका सँगको सहयर्कामा १२ वटा सामुदायिक विद्यालयहरुमा बहु कक्षा बहु स्तर कार्यक्रम संचालन गर्दै आएको छ । यो कार्यक्रम नेपालका ५ सय वटा विद्यालयमा कार्यान्वयन भईरहेको छ । ८५ वटा सामुायिक विद्यालयमा जर्मन नेपलिज हेल्प एशोसिएसनले सहयो गरेको छ । ३७ वटा विद्यालयमा शैक्षिक सशक्तिकरण केन्द्रले सहयोग गर्दै आएको छ । २ वटा दुई भन्दा बढी शिक्षकहरुलाई एउटै कक्षामा राखी बालबालिकाहरुको ब्यक्तिगत रुची र क्षमता अनुसार सिकार्य गरिने यो प्रणालीमा सिकाई कार्डहरुकै प्रयोग गरी पाठ्यक्रमले तोकेको सिकाई उपलब्धी हासिल गराईन्छ । 
    संस्थाले शिक्ष्ँकहरुलाई तालिम, खेलकुदका सामाग्री वितरण, शिक्षणका सामाग्रि वितरण, शिक्षणका सामाग्री वितरण, एमएजीएमएल सामाग्री र कार्यपुस्तिका वितरण, विद्यालय आर्थिक अनुदान, क्लस्टर बैठक तथा कार्यशाला, विद्यालय अनुगमन निरिक्षण तथा पृष्ठपोषण, आमा समुह गठन र परिचालन, प्रवद्र्धनात्मक कार्यहरुमा प्रोत्साहन, संयुक्त अनुगमन, छात्रवृत्ति वितरण, विद्यालय भवन मर्मत तथा पुन निमार्ण, होमस्टे सञ्चालनमा सहयोग र तालिम केन्द्र सञ्चालन लगायतका कार्यहरु गरेको अध्यक्ष तिमल्सिनाले बताए /