2018 December 15/ 09:49: 29pm

मृगौला सम्बन्धि समस्याहरु  धेरै पन्छीहरुमा विद्यमान समस्याहरु हुन जसले गाउट रोगको सृजना गर्दछ । मृगौलाले आफ्नो कार्य क्षमता कुनै रोगले गर्दा कम भएमा शरीरमा जम्मा भएका युरिक एसिड मृगौलाले शरीर बाहिर फ्याक्न सक्दैन र तीनै युरिक एसिडको मात्रा रगतमा बढी भएर शरीरको विभिन्न ठाउँ जस्तै मुटु, कलेजो, मृगौला, आन्द्रा, फोक्सोमा जम्मा भइ असर गर्दछन भने त्यसलाई नै गाउट भनिन्छ ।
शरीर बाँच्नको लागि शरिर भित्रका सबै कोषहरुमा रसायनिक प्रतिक्रिया हुनुपर्छ । यसरी हुने रसायनिक प्रतिक्रिया लाई दुई भागमा बाड्न सकिन्छ । 
१) क्याटाबोलिजम : यसमा शरिरका कोष भित्र उर्जा प्राप्त हुन अणुहरु टुक्रिन्छन् ।
२) एनाबोलिजम : कोषहरुले चाहेको कम्पाउन्डहरु आफैले सृजना गर्छन ।
शरीरका कोष भित्र उर्जा प्राप्त गर्ने प्रकृया जहिले पनि सन्तुलित हुनुपर्छ । यदि सन्तुलन बिग्रन गएमा मेटाबोलिक डिस्अर्डर भई विभिन्न रोग लाग्ने तथा समस्याहरु आउन सक्छ । जुन शरीर भित्रका कुनै अत्यावश्यक अंगहरु जस्तै मुटु , कलेजा,े मृगौला, फोक्सोको सन्तुलन बिग्रन्छ तब शरीर भित्र जैविक रसायनिक प्रतिक्रियाको  पनि सन्तुलन बिग्रन्छ । फलस्वरुप विभिन्न मेटाबोलिक डिस्अर्डरहरु देखिन थाल्छन । यीनै मेटाबोलिक डिस्अर्डरहरु मध्ये आज कुखुराको गाउटका बारेमा चर्चा गर्न गइरहेको छौ ।
मृगौलाको काम भनेको शरीरमा जम्मा भएका शरीरलाई नचाइने तत्वहरुलाई छानेर शरीर बाहिर फ्याक्ने, अन्तरबिष जन्य पदार्थलाई शरीर बाहिर फ्याक्ने, रक्त संचारको चापलाई नियन्त्रण गर्ने, रगतको घनत्व स्थिर राख्ने र शरीरमा पानी र इलेक्ट्रोलाइट लाई संरक्षण गर्नु हो । दानामा भएको प्रोटिन कलेजोमा मेटाबोलिजमको बेलामा युरिक एसिडको उत्पति हुन्छ र यिनीहरु मृगौलाको माध्यमबाट शरीर बाहिर फ्याकिन्छन । युरिक एसिडमा नाइट्रोजनको मात्रा बढी हुने र कुखुरामा युरिकेस ९ग्चष्अबकभ० इन्जाइम नहुने हुंदा यी युरिक एसिडहरु शरीरको पानीलाई संरक्षण गर्दै दिसामा अर्ध तरल अवस्थामा शरीरबाट बाहिर निस्कन्छन । 
जब त्यहा मेटाबोलिक कार्यमा खलबल आउँछ तब गाउटको सृजना हुन्छ । गाउट हुने कारणहरुमा मृगौलाले युरिक एसिड फ्याक्ने क्षमता भन्दा बढी युरिक एसिड कलेजोले उत्पादन गर्नु वा मृृगौलाले कुनै कारणबस  काम गर्न नसक्नु पर्न आउँछन । यी दुवै कारणले रगतमा युरिक एसिडको मात्रा बढाइ शरीरको विभिन्न अंगहरुमा असर गर्न थाल्छ । फलस्वरुप शारीरिक वृद्धिदर नहुने र धेरै मृत्युदर हुने जस्ता समस्याहरु देखिन्छन । 
असर गर्ने स्थानको आधारमा गाउटलाई २ भागमा वर्गिकरण गरिएको छ । 
१) भिसेरल गाउट 
हुर्कदै गरेको चल्लाहरुमा यो समस्या देखिन्छ । १५ – ३५ प्रतिशत मृत्युदर हुन्छ भने युरिक एसिडहरु मुटु, कलेजो, मृगौला र आन्द्रमा  देख्न सकिन्छ ।
२) आर्टिकुलर गाउट : यस्तो समस्या कहिले काही मात्र देख्न सकिन्छ । वंशाणुगत समस्या पनि हुन सक्छ । युरिक एसिड हड्डीको जोर्नी, लिगामेन्टस र मासुमा देख्न सकिन्छ । 
माथि उल्लेखित दुवै थरिको गाउटमा सेतो चकको धुलो जस्तो तीखो सिया जस्ता  चम्किला कणहरु देख्न सकिन्छ । 
साधारणतया कुखुराको रगतमा युरिक एसिडको मात्रा छ हुन्छ भने गाउट भएको अवस्थामा हुन्छ ।
गाउट लगाउने कारणहरु के के हुन ?
१) पोषण
२) संक्रमण 
३) व्यवस्थापन 
४) अन्य
१) पोषण ः 
क्याल्सियम र फोस्फोरसको अनुपात नमिल्दा क्याल्सियम सोडियम युरेट क्रिस्टल बन्दछ । फोस्फोरसले  एसिडिफायरको काम गर्छ र यदि फोस्फोरस कम भएमा गाउटको सृजना हुन्छ । त्यसैगरि सोडियमको मात्रा बढी भएमा मृगौलामा कार्यभार बढी पर्दछ ।
दानामा भिटामिन म्घ को मात्रा बढी हुंदा आन्द्राबाट धेरै क्याल्सियम सोसिन्छ । लामो समयसम्म  भिटामिन A को कमीले मृगौलाको  भाग बिर्गदै जान्छ । 
३० प्रतिक्षत प्रोटिन भन्दा बढी प्रोेटिनले धेरै युरिक एसिड उत्पादन गर्ने हुनाले चाडो मृगौला बिग्रन्छ । दानामा युरिया मल मिसावटले पनि मृगौला बिग्रन्छ ।
२. संक्रमण कारण 
निम्न अनुसारका भाइरल कारणले मृगौलाको क्षति भइ गाउट भएर हुर्कदै गरेको चल्लाहरुको मृत्युदर बढी हुन्छ ।
*   
Infectious Bronchitis Virus (IB) ले 
*   गम्बरो रोग 
*    एमियन एस्ट्रोभाइरस 

मेटाबोलिक कारणमा पानी भरिने समस्या पर्छ अर्थात असाइटिसमा चल्लाहरुलाई पर्याप्त अक्सिजन नपाएको अवस्थामा गाउट देखिन्छ ।
माइकोटक्सिन भित्र किरा मार्ने विषादीका केही अंशहरुका  साथै माइकोटक्सिनमा
OchratoxinCitrinin ले मृगौलालाई असर पु-याउँछन । 
३. व्यवस्थापनका कारण 
निम्न कारणले चल्लाहरुले पानी कम खाएमा गाउट देखिन सक्छ । 
-    ब्रुडिङका बेला धेरै तातो र धेरै वातावरणको सृजना भएमा
-    पानीको भाडाको कमी भएमा
-    प्रयाप्त पानी खान नसकेमा वा ड्रिङ्करको उचाइ बढी भएमा
-    भ्याक्सिन गर्दा पानी धेरै समय रोकेमा
-    पानीको एज् धेरै घटाउदा कुखुराले धेरै पानी खान नसकेमा 
अव्यवस्थित ह्याचरी व्यवस्थापनमा
-    अण्डाका उचित भण्डारण नहुनु
-    इन्क्यिुवेट ९क्ष्लअगदबतभ० अवस्था राम्रो नहुनु
-    चल्ला होल्डिङ रुममा रहदा बढी गर्मी भइ निर्जलिकरण ९म्भजथमचबतष्यल० हुनु
-    चल्लालाई लामो समय सम्म पानी नदिई ढुवानी गर्नु
४. अन्य कारणहरु 
-    एन्टिवायोटिकको अत्याधिक प्रयोग
-    निलोतुथोको लामो समय सम्मको प्रयोग
रोकथाम
-    रोग व्यवस्थापनमा क्ष्द्य विरुद्वको भ्याक्सिन लगाउने
-    पानीमा एसिडिफायर र टक्सिन बाइन्डर औषधिको प्रयोग गर्ने 
-    एन्टिबायोटिक, एन्टिकक्सिडोस्ट्याट र पानी सफा गर्ने औषधिहरु आवश्यकता भन्दा बढी प्रयोग नगर्ने
-    ह्याचरी तर्फ तापक्रम र सापेक्षित आद्रता ठीक राख्ने
-    अण्डा भण्डारण सहि तरिकाले गर्ने 
-    चल्लाहरुलाई जति सक्दो चाडो फर्म भित्र लेराएपछि पानी दिने ।
-    फर्म भित्र तापक्रम सन्तुलन कायम राख्ने र ठिक तरिकाले ब्रुडिङ गर्ने,
-    शरिरमा जम्मा भएका युरिक एसिडलाई बाहिर फ्याक्न पानीमा इलोक्ट्रोलाइट मिसाएर दिने
-    धेरै मृत्युदर भएको खण्डमा पानीमा चिनी र भिटामिन सि पनि मिसाएर दिने