2019 July 22/ 09:44: 03pm

फ्याटी लिभर हेमोरेजिक सिन्ड्रोमलाई फ्याटी लिभर सिन्ड्रोम पनि भनिन्छ । यो एउटा मेटाबोलिक अथवा पोषण संग सम्बद्ध रोग हो जुन व्यवसायिक अण्डा उत्पादनका लागि राखिएका कुखुरामा यस्ता समस्या देखिन्छ । पन्छी प्रजातिमा विशेष गरेर पोथी जातमा मात्र देखिने यस रोगमा धेरै मात्रामा पेटमा बोसो जम्मा हुने र कलेजोमा पनि बोसो जम्ने यसको विशेषतामा पर्दछन । कलेजो सामान्य भन्दा ठुलो भई रगत निस्कन लागेको जस्तो देखिने र कहिले काही रगत बढी निस्केमा वा रक्तश्राव भइ पन्छीको मृत्यु पनि हुन्छ । अण्डा खसाल्ने बेलामा कुखुराले अत्याधिक बल प्रयोग गर्दा कलेजोमा रक्तश्राव हुने सम्भावना बढ्छ । 
ँबततथ ीष्खभच ज्बझयचचजबनष्अ क्थलमचयmभ पहिलो चोटी १९५० मा वर्णन गरिएको थियो । गर्मी मौसम र उच्च उत्पादनको बेला यस्ता खालका समस्या आउछन । कलेजो सुनिन्ने र एकदम कमलो हुन्छन भने डिम्बहरु राम्रो नै हुन्छन । पन्छीहरुको साधारण तौल भन्दा २० प्रतिशतले तौल बढी भएमा अण्डा उत्पादन घट्छ ।  शारीरिक तौल नियमित अवलोकन गर्नुका साथै दैनिक दाना खपत र वातावरणिय तापक्रम ध्यान दिन जरुरी पर्दछ । क्याल्सियम मेटाबोलिजममा समस्या पार्ने हुदा अस्थिपन्जरमा समस्याका साथै अण्डाको बोक्रामा असर पर्दछ । यो रोग भएका लेयर्समा भ्कतचयनभल हर्मोनको मात्रा बढीका साथै इकतभयअबअिष्ल र ीभउतष्ल को मात्रा पनि अधिक हुन्छ । 
यो रोग संक्रामक रोग होइन । कलेजो र पेटमा अत्याधिक बोसो जम्म भई कलेजो फुटी रक्तश्राव भएर कुखुरा मर्ने यस रोगबाट कुखुराहरुको मृत्युदर पनि बढी हुन्छ भने आर्थिक नोक्सानी पनि गराउछ । केज प्रणालीमा ४० प्रतिशत सम्म मृत्युदर हुन्छ भने डिप लिटर प्रणालीमा ५ प्रतिशत भन्दा बढी हुदैन ।
प्याथोलोजी
कुखुराको निश्चित उमेरमा शारीरिक तौलको २० प्रतिशत भन्दा बढी तौल भएमा कुखुराले अण्डा उत्पादन घटाउछन र मरेका कुखुराको सिउर, लोती र छाला फुस्रो देखिनु, कलेजो नरम, ठूलो र बोसो जम्मा हुन्छ । संक्रमित कलेजोले आफ्नो आकार परिवर्तन गर्छ र फुट्न खोजेको जस्तो देखिन्छ ।
अण्डाको बोक्रा पनि कमलो हुन्छ । यसको पछाडिको कारणमा कलेजोले भिटामिन डि लाई सक्रिय गराउछ । ँबततथ ीष्खभच ज्बझयचचजबनष्अ क्थलमचयmभ ले गर्दा रगतको प्लाज्मामा ९एबिकmब० क्याल्सियमको मात्रा बढ्छ र भिटामिन डि ले आफ्नो कार्य गर्न नसक्नाले अण्डाको बोक्रा बलियो बन्नको लागि बाधा पु¥याउछ ।
कारण ः
धेरै मात्रामा दाना अथवा पोषण बढी भएमा यस्ता समस्या आउन सक्छ । अर्थात प्रोटिन १७ प्रतिशत भन्दा कम र कार्वोहाइड्रेट बढी हुन्छ । अर्को कारणमा वंशाणुगत हुन सक्छ तर बंशाणुगत नै रोग लगाउने सबै कारण होइन । उच्च अण्डा उत्पादनको बेला यस्तो समस्या देखिन्छ भने जति बेला कुखुराले राम्रो संग हिडडुल गर्दैन तब पनि देखिन्छ । विशेष गरेर केजमा राखिएका लेयर्समा यस्ता समस्या देखिन्छ । बढी क्यालोरी शक्ति भएको दाना प्रमुख कारण भएता पनि अन्य कारणहरुमा माइक्रोटक्सिन, अल्फाटक्सिन, क्याल्सियमको कमिले पनि हुन्छ । दानामा प्रोटिन र शक्तिको सन्तुलन नहुनु पनि कारण हुन सक्छ ।
पोषणमा रहेको शक्ति शरीरको विभिन्न कार्यहरुको लागि खर्च हुन्छ र खर्च हुन नसकेको शक्ति फ्याट (बोसो) भई शरीरमा बस्छ । शक्तिलाई अथवा कार्बोहाइड्रेटलाई फ्याटमा परिणत गर्ने कार्य कलेजो मार्फत हुन्छ । यदि शरीरमा धेरै कार्बोहाइड्रेट भएमा फ्याट बन्ने प्रक्रिया तीव्र हुन्छ र अन्तमा कलेजोमा नै फ्याट जम्मा हुन थाल्दछ ।
हर्मोनको प्रभाव 
भ्कतचयनभल ज्यचmयलभ ले वयस्क हुन र अण्डाको पहेलो भाग बन्नको लागि कलेजोले बढी फ्याट वा बोसो बनाउन मद्दत गर्दछ । जब लेयर्स अण्डा उत्पादनमा आउँछ, तब कलेजोको आकार बढ्छ र संगै भ्कतचयनभल ज्यचmयलभ पनि बढेको हुन्छ । दानामा शक्ति बढी हुनु, भ्कतचयनभल को. मात्रा बढ्नुले ँबततथ ीष्खभच ज्बझयचचजबनष्अ क्थलमचयmभ बढाउन मद्दत गर्दछ ।
हिट स्ट्रेस ९ज्भबत क्तचभकक०    
वातावरण तातो भएमा एयकष्तष्खभ भ्लभचनथ द्यबबिलअभ हुन्छ । शरीरले गर्ने क्रियाकलापहरुमा धेरै शक्ति खर्च हुदैन । पन्छीले गर्मी कम गराउनको लागि श्वास प्रश्वासबाट इभापोरेटिभ कुलिङ ९भ्खबउयचबतष्खभ ऋययष्लिन० मार्पmत शरिरको तापक्रम सन्तुलन राख्न खोज्दछन । पेटमा बोसो जमेमा यसले सामान्य श्वास प्रश्वास कार्यमा बाधा पु¥याउछ र पन्छीलाई हिट स्ट्रेस र कलेजो फुट्ने समस्या हुन्छ ।
माइकोटक्सिन
अल्फा टक्सिनले कलेजोमा फ्याट जम्मा हुन मद्दत गरी कलेजोमा रक्तश्राव गराउछ । त्यस्तै रेपसिडमा भएको भचगअष्अ बअष्म वा अन्य अन्तरबीषले कलेजोको तन्तुहरुलाई असर गरि त्यहाको कोषलाई फुटाएर रक्तश्राव  गराउछ ।
लक्षणहरु ः
लेयर्सको तौल बढ्ने, सिउर फुस्रो देखिने हुन्छ । कलेजो सुन्निने, फुस्रो, कमलो, हेमोटोमा ९ज्बझबतयmब० देखिने, सुरुवातीमा कलेजो गाडा रातो देखिने र केही समय पश्चात हरियो देखि खैरो देखिन्छ । त्यस्तै श्वास फेर्न गाहे, सिउरमा चाया, हरियो पहेलो छेर्ने, आलश्यता, असाधारण नङ र चुच्चा, दाना खपत कम र पानीको खपत बढी, प्वाख असामान्य जस्ता लक्षणहरु देखिन्छन ।
उपचार ः
-    अल्फाटक्सिन घटाउने र क्याल्सियम ठीक राख्नु पर्छ । लेर्यसमा बढी बोसो लाग्न नदिने र दानामा क्याल्सियमको टुक्राहरु ठुलो राख्ने ।
-    कलेजो स्वस्थ राख्ने पोषण जस्तै ीष्उयतचयउष्अ ल्गतचष्भलतक ९ःभतजष्यलष्लभ, ऋजयष्लिभ, क्ष्लयकष्तय,ि ख्ष्तबmष्ल द्यज्ञद्द, द्यष्यतष्ल, ी(त्चथउतयउजबल, ऋबचलष्तष्लभ, क्भभिलष्गm० दिन सकिन्छ ।

रोकथाम
-    कुखुराको निश्चित उमेरको तौल अत्याधिक तौल बढ्न नदिन दानामा शक्ति  को ९भ्लभचनथ० मात्रा कम गर्ने । दानामा मकैको सट्टा गहु र जौको प्रयोगले शक्ति कम गराउन सकिन्छ ।
-    पोषणमा रहेको कार्बोहाइड्रेटलाई फ्याटले सट्टा गर्न सकिन्छ । फ्याट प्रयोगले नयाँ ँबततथ बअष्मक को उत्पादन कम हुन्छ । कलेजोले अण्डाको पहेलो भाग बन्नका लागि थोरै फ्याट बनाउछ र कलेजोलाई हुने मेटाबोलिक भार कम पर्दछ ।
-    मास दानाको दाँजोमा पेलेट दानामा ँबततथ ीष्खभच ज्बझयचचजबनष्अ क्थलमचयmभ बढी देखिने सम्भावना हुदा मास दाना खुवाउन उपयुक्त हुन्छ ।
-    तन्तुको नविग्रनको लागि ब्लतष्यहष्मभलत को रुपमा ख्ष्तबmष्ल भ् ९छण्(ज्ञण्ण्रिप्न० र क्भभिलष्गm ण्।घ उऊ राख्नु पर्दछ । त्यस्तै ऋजयष्लिभ ९छण्ण् mनरप्न०, ःभतजष्यलष्लभ ९ण्।ज्ञ५०, ख्ष्तबmष्ल द्यज्ञद्द ले कलेजोमा जम्मा भएको फ्याट शरीर तिर जान मद्दत गर्दछ र संक्रमित कुखुराहरु निको हुदै जान्छन ।
-    दानामा ठूलो साइजको क्याल्सियमको प्रयोगले कुखुराले शक्ति प्रदान गर्ने अन्नको तुलनामा क्याल्सियमको खपत बढी गर्दछन ।
-    हिट स्ट्रेसबाट बचाउनु पर्छ ।
-    दाना खपत प्रति कुखुरा र कुखुराको तौल प्रत्येक ३० दिनमा १ पटक हेर्दा राम्रो मानिन्छ । कुखुरा मोटाएमा वा मृत्युदर बढेमा अण्डा उत्पादनमा गिरावट आउछ ।