2019 May 23/ 07:04: 59am

कुखुरामा दानाको आकारको प्रभावदानाको साइजले पनि कुखुराको अण्डा उत्पादनमा असर गर्न सक्छ । एउटै अन्न खस्रो र मसिनो बनाउदा पाचन प्रणालीमा असर पु-याइ उत्पादनमा असर गर्न सक्दछ ।
पाचन प्रणालीमा असर 
कुखुराको पाचन प्रणाली विकास हुन दानाको आकारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ठुलो आकारका दाना खाने कुखुराको जातो वा घट्टको मांसपेशीको विकास बढी हुन्छ भने आन्द्रा केही लामो विकसित भएको हुन्छ । ठूलो आकार भएका दानाहरु घट्टमा पिसिइ सानो बन्नको लागि बढी समय लागेकाले घट्टबाट आन्द्रामा जान पनि बढी नै समय लाग्दछ । आन्द्रामा रहेका
Microvilli हरुको लम्बाई ठुलो हुन्छ जसले दाना पचाउन र पोषण सोस्नको लागि महत्वपूर्ण भूमिका खेल्दछन । यदि सानो आकारको मात्र दाना खुवाउने हो भने घट्ट बाट दाना चाडो पास हुन्छ र फलस्वरुप प्रोभेन्टिकुलस ठुलो भएर घट्ट सानो नै रहन्छ र आन्द्राको लम्बाइ पनि कम हुन्छ । त्यसैले एकदम मसिनो दाना धैरै मात्रामा खुवाउन हुदैन । 
दानाका आकार : 
उमेर अनुसार दानाको आकार बढ्दै जादा चुच्चो, घट्ट र आन्द्राहरु पनि विकशित हुदै जान्छन । लेयर्स कुखुराको उमेरको पहिलो ६ हप्ता सम्म
Starch को रुपमा क्रम्बल दिइन्छ जसको आकार १–३ मि.मि को मात्र हुन्छ । चल्लाको लागि क्रम्बल दाना अति नै उपयोगी मानिन्छ । यसको हरेक क्रम्बलको टुक्रामा सन्तुलित पोषण तत्व रहन्छ । लामो समयसम्म क्रम्बल दिइ राखेमा आन्द्रा र घट्टको राम्रो विकाश हुन सक्दैन ।  स्ट्राटर फिड पछि ग्रोअर फिडको लागि मास फिड प्रभावकारी हुन्छ जसले पाचन प्रणालीलाई अझ मजबुत बनाउन मद्दत गर्दछ । यस्ता खाले दाना ५५–८५ प्रतिशत दानाका टुक्राहरु १–३ मि.मि. हुन्छन । प्रि ले दानामा चुन ढुङगा २–४ मि.मि. को प्रयोगले अण्डाको बोक्रा राम्रो गुणस्तरको उत्पादन हुन मद्दत गर्दछ ।

कुखुराले दाना छानेर खाने व्यवहार 
मास फिडमा धुलो र खस्रो गरि दुई थरिका समिश्रण हुन्छ । खस्रा दानाका टुक्राहरुमा शक्ति प्रदान गर्ने श्रोतको रुपमा मकैको मात्रा प्रशस्त मात्रामा रहेको हुन्छ भने धुलोको रुपमा एमिनो एसिड, फोस्फोरस, भिटामिन र खनिज तत्वहरु हुन्छन । भिटामिन र खनिजतत्वको समिश्रण धुलो रुपमा हुदा कुखुराहरुले शक्तिको रुपमा प्रयोग हुने मकै बढी मात्रामा खाएमा प्रर्याप्त मात्रामा पोषण तत्व पाउन सक्दैन । यस्ता धुलो फिडरको तल नै बस्छन । भिटामिन डि, बि कम्पेलक्स, सोडियम, लाइसिन, मिथेयोनिन तिनै धुलोमा प्रशस्त मात्रामा रहेका हुन्छन । यिनै कारणले गर्दा अण्डा उत्पादनमा र अण्डाको गुणस्तरमा असर गर्दछ । 
कुखुरालाई दाना अत्याधिक खुवाएमा वा लगातार दिइरहेमा कुखुराले फिडरको पिधमा रहेको धुलो दाना खान मन पराउदैनन । यसकारण फिडरमा रहेको धुलो दाना सकाउनको लागि २–४ घण्टाको अन्तराल जरुरी पर्दछ जसले गर्दा कुखुराले सबै थरि मिसिएको ठुलो र सानो धुलो दाना खाएमा सन्तुलित पोषण प्राप्त गर्न सक्छन् । पेलेट दानामा
starch को पाचन बढी हुने भएकाले दाना पच्न शक्तिको खपत कम, दाना कम खेर जाने, धेरै शक्ति पाइने, भौतिक रुप परिवर्तन भएकाले दानामा रसायनिक परिवर्तन हुन्छ र दाना खाने समय थोरै भए पुग्छ ।