2019 October 17/ 12:53: 43am

पानी जीवनका लागि अमूल्य तत्व हो । शरिरको विभिन्न कार्य गतिमा पानीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । जस्तै 
    पाचन प्रणालीमा खाना पचाउन, पोषण सोस्न, पोषण शरीरको विभिन्न भागहरुमा पु¥याउन र इन्जाइमको कार्यलाई बदवा  दिन ।
    शरीरमा ताप सन्तुलन राख्न ।
    जोर्नीहरुमा घर्षण कम र आन्द्रामा खानाको चाल कायम राख्न ।
    आन्द्रामा पचेको पदार्थ बाहिर निकाल्न ।
    रगत र शरीरको तन्तुहरु निर्माण गर्न ।
साधारणतया एउटा चल्लाले दाना खपतको दुई गुणा बढी पानी खानुपर्दछ । गर्मीको समयमा यसको अनुपात बढ्न सक्छ । लगभग चल्लाको तौलको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ भने भर्खर ह्याच भएको चल्लामा पानीको मात्रा ८५ प्रतिशत जति हुन्छ । यही भएर चल्लाले केही कारणले पानी खान नसकेको खण्डमा यसको असर जीवनभर पनि रहन सक्छ । यस कारण पानीले शरीरको फिजीयोलोजिको कार्यलाई बढवा दिने हुदा चल्लाको लागि स्वच्छ सफा पानीको व्यवस्था गर्नु पर्दछ । 
पानी शरीर भित्र कम हुने (डिहाइड्रेसन) 
पानी खाएर डिहाइड्रेसन हुन नदिन शरीर भित्र पानी सन्तुलित रुपमा रहनु पर्दछ । शरीरबाट पानी खेर जाने बाटाहरुमा श्वासप्रश्वास, पसिना र दिसा पिसाब हुन्छन । दिसाबाट २० देखि ३० प्रतिशत पानी बाहिर जान्छ भने धेरै मात्रामा पिसाब बाट जान्छ । वातावरणीय तापक्रम बढेको खण्डमा धेरै मात्रामा पानी शरिर बाहिर जान्छ । उदाहरणका लागि १० डिग्री सेन्टिग्रेटमा १२ प्रतिशत मात्र इभापोरेटिभ हिट लस ९भ्खबउयचबतष्खभ ज्भबत ीयकक० बाट पानी शरीर बाहिर जान्छ भने ३० डिग्री सेन्टिग्रेटमा ५० प्रतिशत सम्म रहन्छ । यिनै कारणले शरीरका कुनै कोष नबिग्रियोस भन्नका लागि चल्ला खोरमा राखे पछि १ घण्टा सम्मको पानीमा ग्लुकोज युक्त पानी मात्र दिनु राम्रो मानिन्छ र त्यसपछि दाना दिनु पर्छ ।
चल्लामा पानी खपतका अवस्था 
क) उमेर 
उमेर अनुसार चल्लाले पानीको खपत बढाउदै लैजान्छ । चल्लाको उपयुक्त विकासको लागि पर्याप्त पानीको भाडाको उपलब्धता नभएको खण्डमा वृद्धि विकासमा बाधा पु¥याउछ ।
ख) लिङ्ग
पहिलो हप्तामा भालेहरुले पोथीको दाजोमा पानी बढी खपत गर्दछन । दाना पानीको अनुपात भालेमा बढीमा रहन्छ, यसको कारणमा एडिपोज तन्तुहरु हुन जसमा पोथीहरुमा बढी फ्याट जम्मा भई प्रोटिनको तुलनामा कम पानी लिन सक्दछन । 
ग) वातावरणीय तापक्रम
वातावरणीय तापक्रम बढ्दा पानीको तापक्रम पनि बढछ ।
घ) पानीको तापक्रम
पानीको तापक्रम बढी भएमा पानी खपत घट्छ । १० देखि २२ डिग्री सेन्टिग्रेट तापक्रम उपयुक्त मानिन्छ । पानीको तापक्रम नियमित रुपमा अनुगमन गर्नु पर्छ भने पानीको ड्रम तात्न नदिने व्यवस्था मिलाउनु पर्दछ । भ्याक्सिनेसनको बेला पानीको तापक्रम २० डिग्री भन्दा कम उपयुक्त हुन्छ । पानी तातो भएमा आइस राखेर पानी चिसो गराउन सकिन्छ । 
ङ) पानीको प्रणाली 
पछिल्लो समयमा निप्पल प्रणाली धेरै चलनमा आएको छ । यसले रोग फैलन नियन्त्रण गर्दछ । श्रम कम लाग्ने र सफा गर्न सजिलो भएकाले यसको प्रभावकारिता बढेको पाइन्छ । बेल ड्रिङकर भन्दा निप्पल प्रणालीमा रोग सर्न सक्ने सम्भावना कम हुन्छ । निप्पल प्रणालीमा पानीको चाप चल्लालाई कम र ठुलोलाई केही बढी हुदा उपयुक्त हुन्छ । चल्लालाई कम पानी आवश्यक भए पुग्दछ भने ठुलो लाई बढी चाहिन्छ । चल्लाको लागि एउटा निप्पल बाट प्रति मिनेट ६० एमएल पानी आउनु पर्दछ भने २ किलो भन्दा माथिका कुखुरालाई ८० एमएल प्रति मिनेट पानी आउनु पर्दछ । बेल ड्रिङकरलाई सधै सफा गर्नु पर्दछ र १८ दिन माथि उमेर भएका कुखुराको खोरमा कुखुराको ढाड बराबरले बेल ड्रिङकर झुन्डाउनु पर्दछ । 
पानी र दानाको अन्तरसम्बन्ध 
दानामा अत्याधिक खनिज तत्व चाहिने भन्दा बढी भएमा तिनिहरु मृगौला मार्फत बाहिर फ्याकिन्छन भने त्यति बेला पानीको खपत पनि बढछ । दानामा धेरै प्रोटिन हुनु र प्रोटिन सिन्थेसिस हुन नसक्नुले पानी शरीरबाट धेरै फ्याकिन्छ । 
यदि दानामा सोडियम, पोटासियम, क्लोराइडको मात्रा बढी भएमा पानीको बढी खपत हुन्छ र कुखुराले पातलो दिसा गर्छन । यदि प्राकृतिक रुपमा सोडियमको मात्रा बढी भएमा कुखुरालाई प्रतिकुल असर पर्दछ । 
पोषणमा पोटासियमको मात्रा ०.४२ – ०.९ % रहेमा उचित हुन्छ र प्रतिशत बढेमा पानी खपत बढछ र ठाउ चाडै हिलो हुन्छ । यदि गर्मी महिनामा हिट स्टे«स भएको खण्डमा पोटासियमको मात्रा १.५–२ % सम्म पु¥याउनु पर्छ किनकी यति बेला पानी शरीरबाट बढी क्षय भइरहेको हुन्छ । 
पानीको गुणस्तर 
पानी सफा स्वच्छ र कुनै पनि सक्रमण नभएको हुनु पर्दछ । पानीमा भएको क्याल्सियम (कडा पानी), नाइट्रेट्स चेक गराउनु पर्दछ । 
PH
पानीको क्षार वा अम्ल मापन गर्ने इकाइलाई एज् भनिन्छ । यस्तो एज् ०–१४ सम्म हुन्छ भने ७ लाई साधारण एज् को रुपमा लिन सकिन्छ । ७ भन्दा तल एज् भएमा अम्ल र ७ भन्दा माथि एज् क्षार भन्ने बुझिन्छ । एज् भनेको वास्तवमा पानीमा रहेको फ्रि हाइडा«ेजन र हाइड्रोकसिल आयोनको संख्यालाई बुझाउछ । पानीमा बढी हाइड्रोजन आयन भएमा अम्ल र धेरै हाइड्रोकसिल आयन भएमा क्षार भन्ने बुझिन्छ । PH बढी भएमा क्याल्सियम र म्याग्नेसियमको मात्रा बढी भएको हुन्छ । कुखुराको लागि क्षार भन्दा अम्ल पानी उपयुक्त हुन्छ । 
कडापन 
पानीमा धुलेको क्याल्सियम र म्याग्नेसियमले पानीको कडापन बढाउन मद्दत गर्दछ । यस्ता क्याल्सियम, म्याग्नेसियम अबअिष्गm ायचm अथवा क्गािबतभ ९ऋबअिष्गm द्यष्अबचदयलबतभ० रुपमा रहन्छन । कडा पानीमा घुलेका खनिजहरु थिग्रीएर बस्न खोज्दछन र साबुन पनि थिग्रीन सक्दछ । धेरै कडा पानी पनि कुखुराको लागि हानिकारक हुन सक्दछ , जस्तै ःनक्यद्ध ले पानीको खपत बढाउछ, फलस्वरुप छेर्छ र उत्पादन घटाउछ । त्यसै गरि आइरन, एल्मुनियम, जिङ्क आदिको मात्रा बढी भएमा पानीको कडापन बढछ । त्यसै गरि पानीमा क्याल्सियम र म्याग्नेसियमको मात्रा कम भएमा नरम पानी भन्न सकिन्छ । 
धमिलोपना
पानीमा माटो हिलो र केही प्राङगरिक तत्व घुलेमा धमिलोपना देखिन्छ यस्तो धमिलो ५ पि पि एम ९उऊ० भन्दा बढी भएमा कुखुराले पानी खपत कम गराउछन ।
पानी शुद्धिकरण 
पानी शुद्धिकरणको लागि
Sodium Hypochlorite, Hydrogen Peroxide, Chlorine dioxide, Paracetic acid, Iodophors प्रयोग गर्न सकिन्छ ।