2019 May 23/ 06:26: 43am

       नेक्रोटिक इन्टेरिराइटिस क्लोस्ट्रिडियम परफ्रिन्जेन्स नामक जीवाणुबाट हुने गर्दछ । विश्वभरि नै पाइने यस जीवाणुले मुख्यतया कुखुरा, टर्की, हाँसको आन्द्रामा असर गर्दछ । आन्द्राको लम्बाईको बीच भागमा असर गर्ने र मृत्युदर ५–५०% सम्म गराउन सक्छ । विशेष गरेर संक्रमित दिसा मुख बाट प्रवेश हुदा रोग सजिलै सर्न सक्छ । यी जीवाणुहरु माटो, धुलो, सोत्तर आदिमा सजिलै पाउन सकिन्छ । 
क्लोस्ट्रिडिम परफ्रिन्जेन्स लाम्चो आकार, अक्सिजन बिना बाच्न सक्ने जीवाणुहरु हुन । यिनिहरुले आन्द्रामा अन्तर बीष उत्पादन गर्दछन । क्लोस्ट्रिडियम  परफ्रिन्जेन्सको संख्या बढ्नाको लागि दानाको गुणस्तर, रोग प्रतिरोधात्मक शक्तिको स्थिति, तनाव युक्त वातारण, आन्द्राको अन्य संक्रमण र कक्सिडियोसिस पर्दछन ।
१) दाना ः
दानामा भएको विभिन्न पदार्थले आन्द्राको जैविक विविधतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्ता पदार्थहरुले आन्द्राका सुक्ष्म किटाणुको संख्यालाई प्रत्यक्ष असर गर्दछ । दानामा मिसाउने अन्न जस्तै जौ, जै र गहँुमा प्रशस्त मात्रामा अपाच्य पदार्थ, जो पानीमा घुल्ने र नन् स्र्टाच पोलिस्याकाराइडले ९ल्यल क्तबचअज एयथिकबअअजबचष्मभ० नेक्रोटिक इन्टेरिराइटिस  बढाउन मद्दत गर्दछ । आन्द्रामा अपाच्य पदार्थको गति कम हुने, आन्द्राबाट म्युकस ९ःगअगक० बढी निस्कनाले क्लोस्ट्रिडियम परफ्रिन्जेन्स  सुक्ष्म जीवाणुको संख्या बढ्ढै जान्छ ।  
दानामा मिसाउने प्रोटिनका श्रोतमा माछाको सिद्रा, मिट मिल र बोन मिलबाट पनि नेक्रोटिक इन्टेरिराइटिस  बढ्न सक्छ । यी प्रोटिनका श्रोतहरु सानो आन्द्रामा पुगेपछि एमोनिया र एमाइनम मा परिणत हुन्छन र क्लोस्ट्रिडियम परफ्रिन्जेन्स  बढाउन सहयोग पु¥याउछन । 
दानामा क्याल्सियमको मात्रा बढी भएमा पनि क्लोस्ट्रिडियम परफ्रिन्जेन्स बढ्न मद्दत गर्दछ । एक अध्ययन अनुसार ०.९ % क्याल्सियम खुवाएको कुखुराको संख्यामा, ०.६% क्याल्सियम खुवाएकोमा भन्दा बढी मृत्युदर देखिएको थियो । 
२) रोग प्रतिरोधात्मक शक्ति र तनाव 
रोग प्रतिरोधात्मक शक्ति कम गराउने कारणमा कक्सिडियोसिस, गम्बारो, चिकेन एनेमिया भाइरस र मरेक्स रोग पर्दछन । त्यसै कुखुरालाई पर्ने तनाव जस्तै दाना परिवर्तन, सोत्तरको स्थिति, कुखुराको घनत्व, भ्याक्सिनेसन गर्दाको तनाव आदिले रोग प्रतिरोधात्मक शक्ति कम गराउँछ र क्लोस्ट्रिडियम परफ्रिन्जेन्स बढ्न मद्दत गर्दछ ।
३) आन्द्राको अवस्था
यदि आन्द्रामा रहेको दानाको पदार्थको गति ढिलो भएमा, आन्द्राको एज् परिवर्तन भएमा र आन्द्राको म्युकोसा ९ःगअयकब अर्थात आन्द्राको माथिल्लो तह ० धेरै क्षति भएमा नेक्रोटिक इन्टेरिटआइटिस हुने सम्भावना रहन्छ । 
४) कक्सिडियोसिस 
कक्सिडियोसिसले आन्द्राको माथिल्लो भागलाई क्षति गर्दछ र क्षति भएको आन्द्रा भरि प्लाज्मा प्रोटिनको ९एबिकmब एचयतभष्ल०  मात्रा बढ्छ । यस्ता प्लाज्मा प्रोटिनहरुमा भिटामिन, एमिनो एसिड र हुर्कन मद्दत गर्ने खालका तत्वहरु हुन्छन, जसले क्लोस्ट्रिडियम परफ्रिन्जेन्सलाई बढाउन मद्दत गर्दछन ।
५) क्लोस्ट्रिडियम परफ्रिन्जेन्सको अन्तर विष 
क्लोस्ट्रिडियम परफ्रिन्जेन्सले १७ थरिका अन्तरवीष वा टक्सिन निकाल्दछन । यी जीवाणु टक्सिन उत्पादका हिसाबले ब्, द्य, ऋ, म्, भ् गरि ५ भागमा वर्गीकरण गरिएको छ भने उत्पादित टक्सिनहरु प्रमुख अल्फा ९α०, बेटा ९β०, इप्सन ९ε०, लोटा ९ι० गरि ४ रहेका छन । यिनीहरुले कलेजोमा र आन्द्रामा बढी असर गर्दछन ।
लक्षण
    पानीको मात्रा कमी भई छालामा मासु टासिने र सुक्दै जाने 
    प्वाँख झुसिलो हुने 
    दाना अरुचि हुने 
    आखा बन्द गरेर बस्ने 
    हिड्डुल गर्न मन नगर्ने 
    कालो रंगको छेर्ने
    २५ हप्ता नाघेका प्यारेन्ट कुखुरामा अण्डा उत्पादको नजिकको समयमा यस्ता समस्या देखिएमा कलेजो गाढा रातो रंगको वा कालो हुने 
    आन्द्रामा रक्तश्राव हुने 
    आन्द्रा भित्र खैरो रंगको तरल पदार्थ जम्मा हुने
रोकथाम 
दाना वा पानीमा प्रोवायोटिक मिसाएर खुवाउनाले नेक्रोटिक इन्टेरिराइटिस जोखिम कम हुन्छ । कक्सिडियोसिसको समयमा नै उपचार गर्नुपर्छ । दानामा लिन्कोमाइसिन, ब्यासिट्¥यासिनको प्रयोगले यस रोगको जोखिम कम गराउन सकिन्छ ।