2018 December 15/ 09:23: 45pm

उच्च तापक्रमले कुखुराको उत्पादनमा प्रत्यक्ष असर गर्दछ । उच्च तापक्रम र उच्च सापेक्षित आद्रताले गराउने हिट स्ट्रेसले कुखुराको मृत्युदर बढाउने मात्र होइन, अझ उत्पादन क्षमतामा पनि हस गराउछ जसले व्यवसायमा जति फाइदा हुनु पर्ने हो त्यती गराउन सक्दैन । यसले कर्टिकोस्टोरोइड हर्मनको उत्पादन बढाइ रोग प्रतिरोधात्मक शक्ति कम गराउछ । हिट स्ट्रेस  भनेको शरीरमा ताप उत्पादन हुनु र उत्पादित तापलाई वातावरणमा छोड्न नसक्नु वा वातावरणमा ताप क्षय गर्न नसक्नु भन्ने बुझिन्छ । विस्तृत रुपमा भन्दा शरीरमा उत्पादित तापलाई सन्तुलित रुपमा बाहिरी वातावरणमा छोड्न नसक्नु अथवा शरीरले तापक्रम उत्पादन गर्ने र त्यही अनुसारले बाहिरी वातावरणको तापक्रमको आधारमा शरीरले तापक्रम सन्तुलन गर्न नसकेको भन्ने बुझिन्छ ।

Thermoneutral zone  मा हिट स्ट्रेस हुदैन । त्यतिबेला कुखुराको शरीरमा उत्पादन भएको तापक्रम साधारण रुपमा वातावरणमा गइरहेको हुन्छ । जब वातावरणीय तापक्रम बढ्न थाल्दछ, कुखुराको शरीरमा पनि तापक्रम वृद्धि हुन्छ । उसले आºनो तापक्रम स्थिर राख्नको निम्ति मुख खोलेर श्वास फेरी (स्वाँ स्वाँ गरेर) आºनो शरीरको ताप वातारणमा फ्याकी अनुकुल गर्न खोज्दछ । यदि शरीरको उच्चतम तापक्रम क्षय भन्दा पनि शरीरमा तापक्रम उत्पादन बढी लामो समयसम्म भएमा वा एक्कासी भएमा कुखुराहरु मर्न थाल्दछन । वयस्य कुखुराको तापक्रम ४१ डिग्री सेन्टिग्रेट (१०६ फरेनहाइट) हुनु पर्दछ । यदि शरीरको तापक्रम ४ डिग्री सेन्टिग्रेट मात्र बढेमा पनि कुखुराहरु मर्न सक्दछन ।
शरीरमा तातो उत्पादन ः
शरीरमा मेटाबोलिजम हुदा शरीरको तापक्रमको उत्पादन हुन्छ । मेटाबोलिजममा शरीरको नियमित गति, बृद्धि विकास र अण्डा उत्पादनका लागि शारीरिक तौल, प्रजाति, जात, उत्पादनको क्षमता, दाना खपत, दानाको गुणस्तर र तिनिहरुको कार्य गति तथा अभ्यासहरु पर्दछन । 
कुखुराहरुले ताप वातावरणमा ४ तरिकाहरुबाट ºयाक्ने गर्दछन । 
-    रेडियसन : कुखुराको तापक्रम भन्दा वातारणको तापक्रम चिसो भएमा  कुखुराको तातो वा ताप वातावरणमा नाश हुन्छ । यदि खोरको भित्ता र छाना तातो भएमा कुखुराले त्यस ठाउँमा तातो आºनो शरीरमा लिन्छन ।
-    कन्भेक्सन  ः कुखुराको शरीरको तातो हावा वा ताप वातावरणमा नाश हुदा कुखुराले तातो क्षय गरिरहेको हुन्छ ।
-    कन्डक्सन : कन्डक्सनमा कुखुराबाट उत्पन्न भएको तापहरु चिसो सोत्तर, चिसो केज आदिमा प्रत्यक्ष सम्पर्कबाट शरीरले ताप क्षय गरिरहेको हुन्छ ।
-    इभापोरेसन : गर्मी समयमा कुखुराहरुले प्यान्टिङ अर्थात धकेर (मुख खोलेर स्वाँँ स्वाँँ गर्ने) शरीरको तापक्रमलाई सन्तुलन राख्न खोज्दछन । सापेक्षित आद्रता बढी भएको समयमा धक्ने क्रम बढ्दछ । कुखुराको पसिना आउने ग्रन्थी नभएका कारण गर्मी काट्नेको लागि धक्ने गर्दछन । यसरी धक्दा वा प्यान्टिङ  गर्दा श्वास नलीबाट पानीको बाष्पिकरण भइ ताप बाहिर गइरहेको हुन्छ । १ ग्राम पानी बाष्पिकरण हुदा ४५० क्यालोरी बराबरको जीवन धान्ने शक्ति खर्च भइरहेको हुन्छ ।
गर्मी हुदा कुखुराले देखाउने व्यवहार 
-    चिसोतिर जान मन गर्नु, चिसो हावा आएको ठाउँ वा शितल तिर गएर बस्नु
-    कुखुराहरु हुलबाट टाढा जानु 
-    प्वाख भएको छालालाई नढाकी पखेटा फिजाएर बस्नु
-    एकै ठाउमा बस्ने र हिड्न मन नगर्ने
-    धक्न सुरु गर्ने र पछि अत्याधिक धक्ने 
-    पानीको खपत बढ्ने 
-    छाला निलो हुदै जाने
कुखुराले मुख खोलेर धक्दा (स्वाँ स्वाँ गर्दा) देखिने नतिजाहरु 

-    कुखुराको शरीरबाट श्वास फेर्दा निस्केको बाफको सयोगले शरीरको तातो वातावरणमा क्षय हुन मद्दत गर्दछ ।
-    कुखुराहरुले वेस्सरी धक्दा यस संग सम्बन्धित मांसपेशीहरुको पनि सक्रिय हुन्छन । जसले शक्ति खपतका साथै केही मात्रामा फेरी ताप उत्पादन गर्दछन । यसरी उत्पादन भएको ताप जहिले पनि इभापोरेसनबाट क्षय हुने ताप भन्दा न्यून हुन जरुरी हुन्छ ।
-    साधारण विस्तारै धक्दा कुखुराहरुलाई तनाव न्यून मात्रामा रहन्छ । 
-    यदि धेरै गर्मी भएर कुखुराले साधारण श्वास प्रश्वास भन्दा १० गुणा बढी श्वास प्रश्वास गरेमा उनीहरु थकित हुन्छन र लामो समयसम्म बाच्न सक्दैनन । 
-    सापेक्षित आद्रता बढी भएमा इभापोरेसनबाट ताप न्युन मात्रामा क्षय हुन्छ र हिट स्ट्रेस बढ्छ । 
-    श्वास प्रश्वास बढी मात्रामा भएमा शरीरबाट कार्वोनडाइ अक्साइड बढी मात्रामा उत्पादन हुन्छ र वातावरणमा ºयालिन्छ । फलस्वरुप रगतको प्लाज्मामा रहेको एज् बढी च्भकउष्चबतयचथ ब्पिबयिकष्क गराउँछ । रगतमा  रहेको पोटासियम र पोस्पेट घट्छ भने सोडियम  र क्लोराइडको मात्रा बढ्छ ।
-    कुखुराको शारीरिक वृद्धिदर कम हुन्छ भने अण्डा उत्पादन पनि घट्छ ।
हिट स्ट्रेस न्यूनिकरणका उपायहरु 
-    गर्मी समयमा रातको बेला पनि  पर्याप्त भेन्टिलेसन दिने र हावाको बहव नभएमा एक्जस्ट ºयान राख्न जरुरी हुन्छ । हावाको बहाव कुखुराको घनत्व  अनुसार ०.७ देखि ३ मिटर प्रति सेकेण्डका दर हुन आवश्यक रहन्छ ।
-    कुखुराहरुले हिट स्ट्रेस भएको बेला साविकको भन्दा कम दाना खान्छन भने पानी बढी खान्छन । सामान्यतया २१ डि.से भएको बेला पानी र दानाको खपत २ः१ हुन्छ भने ३८ डि.से भएको बेला पानी र दानाको खपत ८ः१ हुन्छ । त्यस कारण कुखुरालाई पिउने पानी पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्छ । हिट स्ट्रेसले ँऋच् राम्रो हुदैन र शारीरिक वृद्धिदरमा हस आउछ । दिनको अधिक गर्मी हुनु पूर्व दाना दिइसक्ने र अधिक गर्मीको समयमा दानाको भाडा माथि उचाल्नु पर्छ । यस्तो समयमा कुखुराको घनत्व पनि कम गराएमा वा पातलो भएमा बेश हुन्छ । कुखुराहरुलाई  हिट स्ट्रेसको बेला दाना नदिएमा तिनिहरुको शरीरमा मेटाबोलिक ताप कम उत्पादन हुन्छ । हिट स्ट्रेसबाट आराम नमिले सम्म दाना दिनु हुदैन र यदि दाना दिएमा हिट स्ट्रेस ह्वातै  बढ्छ र कुखुराहरु फेरी मर्न थाल्दछन ।
-    हिट स्ट्रेसको बेला पर्याप्त चिसो पानी दिएमा हिट स्ट्रेस न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्दछन । कुखुराहरुले धेरै धक्दा फोक्सोबाट धेरै पानी बाफ बनेर वाष्पिकरण मार्पmत वातावरणमा क्षय हुन्छ । चिसो पानीले पर्याप्त पानी खानको लागि प्रोत्सान गर्दछ । यसले शरीरको तापलाई घटाउन पनि मद्दत गर्दछ । चिसो पानीमा इलेक्ट्रोलाइट र भिटामिन सी पनि मिसाउदा प्रभावकारी हुन्छ । त्यस्तै पानीको ड्रम वा ट्याङ्की नतात्ने ब्यबस्था मिलाउनु पर्छ ।
-    हिट स्ट्रेसको बेलामा यदि कुखुराहरु हिडडुल गर्न सक्दैनन र एकै ठाउँमा बस्न मन गर्दछन् भने त्यतिबेला तिनिहरुलाई धपाउने वा लख्ेट्ने कार्य गर्नु हुदैन । तर हिट स्ट्रेसमा नभएका बेला कुखुराहरुलाई हिडडुल गराउदा त्यहा वरिपरि जम्मा भएको तापलाई वायुमण्डलमा घुल्न मद्दत गर्दछ ।
-    कुखुराहरुलाई विहानी पख बजारीकरण गर्दा वेश हुन्छ ।
-    अत्याधिक गर्मी भएमा छाना माथि स्पिङ्कल घुमाउने वा छाना माथि वा तल स्थानिय रुपमा उपलब्ध हुने पराल वा छ्वाली राख्न सकिन्छ ।
-    कुखुरा पाल्ने खोरको लम्बाई पूर्व पश्चिम दिशा तर्पm भएमा हिट स्ट्रेस कम हुन्छ ।