2018 November 19/ 08:50: 33am

क्याल्सियम र फोस्फोरस दुवैले शरीरका हड्डी विकाशको लागि महत्वपूर्ण भुमिका खेल्दछन । यसको साथैक्याल्सियमले स्नायु प्रणाली, रगत क्षय भएको ठाँउबाट रगत रोक्न र मांसपेशी संकुचनमा महत्वपूर्ण काम गर्दछन । क्याल्सियम र फोस्फोरस हड्डीमा जम्मा भर्ई शारीरिक शक्ति प्रदान गर्छन । शरीरमा पोषण तत्वको कमी भएको बेला र अण्डा उत्पादनको बेला हड्ड्ीले नै क्याल्सियमको श्रोतको रुपमा काम गर्छ ।
शरीरलाई बलियो बनाउने क्याल्सियमको कमी भएको खण्डमा अस्थिपन्जर प्रणालीमा असाधारण परिवर्तन आउँछ । हुर्कदै गरेको चल्लाको खुट्टा बांगिनु ९च्ष्अपभतक० र माउ कुखुरामा हड्डी कमजोर हुनु९इकतभयउयचयकष्क० देखिन्छन ।
खु्ट्टा बांगिनु अर्थात च्ष्अपभतकक्याल्सियम संगै भिटामिन म्घ को कमीले लाग्छ  भने इकतभयउयचयकष्क शरीरका लामो हड्डीबाट निरन्तर क्याल्सियमको शरीरमा आवश्यकता अनुसार खपत भएमा हड्डीहरुमा प्वाल पर्दछन र देख्दा बलियो देखिएता पनि कमजोर हुन्छन । हुर्कदै गरेको चल्लामा क्याल्सियमको कमी भएमा साधारण चल्लामा पनि केहि परिवर्तन आइ खोरको भुस ख्रोसन थाल्दछन । हुर्कदो उमेरमा क्याल्सियमको मात्रा थोरै भए पुग्छ तर उसको पोषणमा क्याल्सियम र फोस्फोरसको आवश्यकता सन्तुलित रुपमा हुनु पर्दछ । कुखुराले अण्डा उप्पादन सुरु गरे पश्च्यात  साधारणतया भन्दा ४ गुण बढी क्याल्सियम कुखुराको शरीरमा आवश्यकता पर्दछ । अण्डाको बोक्रा जुन क्याल्सियम कार्वोनेट ९ऋबअिष्गm अबचदयलबतभ० बाट बन्दछ, यो निमार्ण हुनको लागि पनि क्याल्सियम बढी जरुरी पर्दछ । अण्डा कमलो हुनु र पातलो हुनै क्याल्सियम कमीका लक्षणहरु हुन ।
क्याल्सियमको कमीले देखिने लक्षणहरु
ड्ड    लङ्गडोपना
ड्ड    हिड्न नसक्नु
ड्ड    झुसिलो प्वाख हुनु
ड्ड    जोर्नी सुन्निनु
ड्ड    पक्षघात भइ मर्नु
शरीरले क्याल्सियमको पोषण सन्तुलित तरिकाबाट सोस्नको लागि फोस्फोरसको मात्रा पनि सन्तुलित हुन पर्दछ । अन्यथा एकको अनुपातमा अर्को अत्याधिक बढी वा कम भएमा शरीरले क्याल्सियम लिन सक्दैन र उत्पादनमा गिरावट आउदछ । फोस्फोरस कमी भएमा हड्डी कमजोर हुने,इकतभयउयचयकष्क हुने, हिड्न र उठ्न नसक्ने जस्ता समस्याहरु देखिन्छन। फोस्फोरसको अन्य कामहरुमा कार्वोहाइड्रेट मेटाबोलिजम, फ्याट मेटाबोलिजम , शरीरमा क्षार र अम्लको सन्तुलन राख्ने जस्ता कार्यहरु पर्दछन ।
रोकथाम तथा नियन्त्रण 
कुखुराको दानामा प्रयोग हुने अन्नमा क्याल्सियमको मात्रा कमी हुन्छ । त्यही भएर दानामा क्याल्सियमको मात्रा बाहिरी श्रोतबाट थप्नु पर्ने हुन्छ । दाना बनाउदा चुन ढुङ्गाको ग्रिट, ओइस्टर सेल ग्रिट ९इथकतभच क्जभिि नचष्त० हरु क्याल्सियमको श्रोतको रुपमा प्रयोग गरिन्छ । म्यबिmष्तभ ष्mिभकतयलभ कुखुराको दानामा प्रयोग गर्न त्यति उचित मानिदैनन । यिनिहरुमा म्याग्नेसियम १० प्रतिशत भन्दा कम हुनाले क्याल्सियम शरीरमा सोस्नलाई अनुकुल वातावरण दिदैन ।यदि दानामा अत्याधिक क्याल्सियम प्रयोग भएको खण्डमा मृगौला बिग्रने, भिसरेल गाउट र मुत्रनलीमा क्याल्सियम जम्नुका साथै मृत्युदर पनि बढाउँछ । 
त्यस्तै शरिरमा क्ष्यमष्लभको मात्रा बढी भएमा पनि शरिर भित्र क्याल्सियम सोस्न दिदैन । द्यघ, द्यछ, म्याग्नेसियम, सोडियम, पोटास, जिन्क, आइरन, एल्मोनियम, म्याग्निज र फोस्फोरसहरुले क्याल्सियम शरिरमा सोस्नका निम्ति महत्वपूर्ण भूमिका खेलेका हुन्छन ।


अण्डा उत्पादनमा कुखुराको उमेर अनुसार आवश्यक क्याल्सियमको मात्रा
दानाको प्रकार    उमेर    ऋब    ए    म्घ
स्टाटर    ० देखि ६ हप्ता    ०.९ ५    ०.४ ५    २०० क्ष्ऋग्
ग्रोअर    ६ देखि २० हप्ता    ०.८ ५    ०.३ ५    २५० क्ष्ऋग्
लेयर्स    २० हप्ता माथि    ४ ५    ०.३१ ५    ३७५ क्ष्ऋग्
ब्रिडर    २० हप्ता माथि    ३.२५ ५    ०.३५ ५    ३०० क्ष्ऋग्