2018 December 15/ 10:28: 35pm

हरेक बर्षको अक्टुबर ४ मा अन्तरराष्ट्रिय विश्व पशुपन्छी दिवस मनाउदै आइरहेको छ । पशुपन्छीका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्यमा रहन्छन । विश्वले पशुपन्छी दिवस मनाइरहदा पशुपन्छी सम्बन्धि कल्याणकारी कामको एकबद्धता हुने र पशु पन्छी पृथ्वीमा बाँच्न अझ सहज वातावरण हुने देखिन्छ । विश्वका विभिन्न देशहरुले विभिन्न तरिकाबाट यो दिवस मनाउदै  आइरहेका छन जसमा धर्म, विश्वास वा राजनितिक विचारधाराहरु पनि पर्दछन । यो दिवस विभिन्न स्कुल, संघ संस्था, संगठित समूह, क्लव र व्यक्तिहरु जो पशु संग सम्बन्धित छन उनीहरुले विशेष तरिकाबाट मनाउदै आएका छन । जनावर प्रति गरिने क्रुर व्यवहार लाई समाप्त पारी पशु सम्बन्धी कल्याणकारी कामलाई बदुवा दिने र पशुको सुधारात्मक स्थितिलाई बढाउनु यो दिवसले मुख्य सन्देश दिएको छ ।
विश्व पशुपन्छी दिवस सुरुमा २४ मार्च १९२५ जर्मनीको बर्लिन मा मनाइएको थियो । उक्त कार्यक्रम बर्लिनको स्र्पोट्स प्यालेसमा भएको थियो जहा ५००० भन्दा बढी मानिसहरुको उपस्थिति रहेको थियो । यो दिवस मनाउने सुरुवात गर्ने व्यक्ति हेन्रिच जिम्बरम्यान  जो जर्मनी लेखक थिए र मानिस र कुकुर  भन्ने पत्रिकाका प्रकाशक थिए । उक्त पशुपन्छी दिवसलाई उनले पहिलो पल्ट अक्टुबर ४, १९२९ मा पहिलेको मितिबाट सारेका थिए । त्यस लगत्तै जर्मनी, अस्ट्रेलिया, स्विजरल्याण्ड र चेकोस्लाभियामा विश्व पशुपन्छी दिवसलाई प्राथमिकता दिदै पशुपन्छीका अधिकारका कुराहरु अगाडि बढ्न थाले । सन १९३१ को मे महिनामा इटलिको ºलोरेन्समा रहेको वर्ड एनिमल प्रोटेक्सन संस्थामा उनले अक्टुबर ४ लाई विश्व पशुपन्छी दिवसको प्रस्ताव राखे जुन स्वीकृत भयो र त्यसपछिका वर्षहरुमा विश्वभरि अक्टुबर ४ लाई पशुपन्छी दिवसको रुपमा मनाउन थालियो । 

Heinrich Zimmermann पशु संरक्षण कार्यमा अगाडि थिए । उनले पशु प्रति हुने क्रुरता रोक्ने महत्वपूर्ण भुमिका खेलेका थिए । उनले आºनो  पत्रिकामा  पशुको अधिकारको बारेमा उल्लेख गर्दथे । अक्टुबर ४ तारिख ँFrancis of Assisi    को सम्झनामा राखिएको छ । उनको मृत्यु अक्टुबर ४ तारिखमा भएको थियो ।Francis of Assisi (११८१—१२२६) जीव र जीवको अन्तर सम्बन्धको ज्ञाता थिए । उनी धेरै जनावरको भाषा बुझ्न र तिनिहरु संग कुरा गर्न सक्थे । ब्वासो लगायत अन्य जनावरहरुको भावना बुझ्नसक्ने क्षमता उनीमा थियो । 
विश्व पशुपन्छी दिवसले पशुपन्छीहरुको महत्वलाई आत्मसाथ गर्दछ । पशुपन्छीले मानिसहरुको जीवन समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पशुपन्छीले मानिसको दैनिक क्रियाकलापमा साथ दिइ कसैले आम्दानीको बाटो खुलाएका हुन्छन त कसैले यो प्रकृतिका शोभा बढाइरहेको हुन्छन । यो पृथ्वी भनेको सबै प्राणीहरुको एक असल स्थान हो । यहा मानिसको बाँच्ने जति अधिकार छ त्यती नै अधिकार यहाका जीवजन्तु तथा पशु पन्छीलाई पनि छ । पशुपन्छीले देशको पहिचान गराउँदछ । यस्ता पशुपन्छीको भावना बुझ्नु, क्रुरता व्यवहार नगर्नु उनीहरुको दुखाइको महसुस गर्नु नै मानवीय व्यवहारमा पर्न आउछन । विश्व पशुपन्छी दिवस विश्व भरि निम्न कार्यक्रमहरु गर्दै मनाउदै आएको पाइन्छ ।
-     ¥याली निकाल्ने 
-     शैक्षिक तथा जनचेतनामुलक कार्यक्रम
-    कार्यशाला गोष्ठी
-    विद्यालय कार्यक्रम
-    पशु धनीको लागि चेतनामुलक कार्यक्रम 
-    पशु बन्ध्याकरणका कार्यक्रम 
-    काममा लगाइने पशुहरुको निम्ति स्वास्थ्य शिविर
-    रेविज भ्याक्सिन लगाउने कार्यक्रम
अतः जनावरहरुलाई मानवीय भावनाले हेर्ने, क्रुर व्यवहार नगर्ने र उनीहरुको भावना बुझ्नुले नै विश्व पशुपक्षी दिवसले नै सार्थकता पाउदछ । सामाजिक कार्यहरुमा पशुपक्षीको पनि अधिकारको कुरा अगाडि बढाउने र उनीहरुको मर्म बुझ्ने हो भने एक असल समाज र राष्ट्रको निर्माण हुनलाई मद्दत पुग्दछ ।