2020 October 21/ 10:18: 21am

मासु प्रयोजनका लागि पालिएका ब्रोइलर कुखुराको वृद्धि विकाश विभिन्न मौसममा फरक फरक पाइएको छ । वातावरणको मौसम परिवर्तन अर्थात कहिले अत्याधिक चिसो र कहिले अत्याधिक गर्मीले कुखुराहरुमा प्रतिकुल असर पर्दछ । जसबाट लक्षित अनुसारको प्रतिफल लिन सकिदैन । ४ हप्ता माथिका ब्रोइलर कुखुराको लागि उपयुक्त तापक्रम २१–२४ डिग्री सेन्टीग्रेड लाई लिइन्छ । यसलाई Thermo neutral zone को रुपमा लिइन्छ जसमा कुखुराको लागि उपयुक्त तापक्रम र उपयुक्त सापेक्षित आद्रता पर्दछ । Thermo neutral zone मा कुखुराले आफ्नो अनुवांशिक क्षमता राम्रो देखाउछन । बर्षातको समयमा, बर्षात भन्दा अघि र बर्षात भन्दा पछिको समयमा गर्मी बढ्दा लक्षित अनुसारको तौल उत्पादन गर्न गाह्रो पर्दछ । यो समयमा दानाको खपत पनि कम हुने हुदा तौल कम आउने खालका समस्या देखिन्छन । विभिन्न मौसममा ३० वटा ब्रोइलर फर्महरुमा गरिएको एक अनुसन्धानको तथ्याङ्क अनुसार बर्षातको समयमा कुखुराको तौल जाडो समयको भन्दा कम उत्पादन भएको पाइन्छ । 
यस तथ्याङ्कबाट बर्षात समयमा कुखुराको तौल जाडो यामको भन्दा कम उत्पादन भएको देखिन्छ । बर्षातको समयमा वातावरणिय तापक्रम बढी र सापेक्षित आद्रताको प्रतिशत पनि बढी हुने भएकाले दानाको खपत पनि कम भएको पाइन्छ । त्यस्तै बर्षात समय र गर्मी समयमा कुखुराहरुमा हिट स्टे«स हुदा कुखुराको रगतमा
Cortisol Hormone को मात्रा बढ्न जान्छ । अधिक Cortisol Hormone ले शरिरमा ग्लुकोजको मात्रा बढाउन गयर कार्बोहाइड्रेट श्रोतको (प्रोटिन) प्रयोग गर्दछ जुन प्रक्रियालाई Gluconeogenesis भनिन्छ । यो प्रक्रियाबाट मासुमा भएको प्रोटिन नासिन्छ र तौल बढ्न सत्तैmन । तर जाडो याममा हिट स्टे«स नहुनाले दाना खपत बढ्नुका साथै तौल पनि राम्रो उत्पादन हुन्छ ।
४२ दिन अवधिको FCR हेर्दा राम्रो FCR (अर्थात कम FCR) बर्षातको अगाडि र बर्षातको पछाडिको समयमा  पाउन सकिन्छ । बर्षात र जाडो याममा ँऋच् बढेको पाइन्छ । जाडो याममा कुखुराले खाएको दानाको शक्ति शरिरको तापक्रम सन्तुलन राख्न पनि प्रयोग हुदा दानाको खपत बढ्छ भने विभिन्न संक्रामक रोग जस्तै इकोलाइ, सि.आर.डि आदि जस्ता रोगहरुको जोखिम बढ्नाले मृत्युदर पनि बढेको पाइन्छ । प्रति किलो ब्रोइलर उत्पादन लागत बर्षातको समयमा बढी देखिन्छ । त्यस्तै दोस्रोमा जाडो याम, तेस्रोमा बर्षात अगाडिको समय र चौथोमा बर्षात पछाडिको समय पर्दछन । यसका साथ साथै यदि चल्लामा नै कम बढ्ने गुण भएमा वा चल्ला भित्र कुनै बढ्न कम गराउने रोग भएमा कुनै पनि ऋतुमा वा समयमा कुखुराको वृद्धि विकाश राम्रो हुदैन र लक्षित तौल उत्पादन गर्न सकिदैन ।