2018 October 18/ 07:13: 31am

शरिरको विभिन्न प्रणाली संचालनको लागि विभिन्न भिटामिन र खनिज पदार्थहरु आवश्यक पर्दछन । कुनै भिटामिन वा खनिज पदार्थ शरिरमा आवश्यक मात्रा भन्दा कम भएमा ठुलै समस्याको रुपमा आउन सक्तछन । त्यस्तै आज हामी भिटामिन बि कम्पेलेक्स अन्तर्गतको भिटामिन द्यज्ञको चर्चा गर्न गइरहेका छौ । भिटामिन B1 अर्थात थायामिन  आठ ओटा पानीमा घुल्ने भिटामिनहरु मध्ये एक हो । कहिले काहि भिटामिन B1 अर्थात  लाई तनाव कम गराउने भिटामिनको रुपमा पनि लिइन्छ । यसले तनावलाई कम गराइ रोग प्रतिरोेधात्मक शक्तिलाई पनि बढाउन मद्दत गर्दछ । भिटामिन बि कम्पेलेक्स अन्तर्गत सबैभन्दा पहिला पत्ता लागेको भिटामिन हो । कुखुरामा B1 को कमीले स्नायुमांसपेशी समस्याहरु अरु स्तनधारी जनावरको भन्दा बढी देखिन्छ ।  को कमीले कुखुराको शरीरको धेरै प्रणालीहरुमा असर पु¥याउछ । असर हुने प्रणालीहरुमा जस्तै रक्तसंचार (मुटु), मांसपेशी, स्नायु प्रणाली र पाचन प्रणाली पर्दछन र यिनीहरुको कार्यलाई पुरै क्षति गर्दछ ।
Thiamineको प्रमुख काम भनेको शरीरको कोषमा अथवा  त्एएकोकाम गर्दछ जसले शक्ति  उत्पादनको लागि ग्लुकोजसंग प्रतिकुल प्रतिक्रिया गर्दछ र ग्लुकोज बाट चिल्लो पदार्थ बनाइ तन्तुमा चिल्लो पदार्थ भण्डारणमा भूमिका खेल्दछ । साधारण तया भन्नुपर्दा कार्बोहाइड्रेटलाई अर्थात ग्लुकोजलाई शक्तिमा परिणत गर्नु हो जसले विशेष गरि मस्तिक र स्नायू प्रणालीलाई शक्ति प्रदान गर्दछ । त्यसैगरित्जष्बmष्लभ को अरु कार्यहरुमा मांसपेशीको संकुचन र स्नायु तरङ्गलाई संचार गर्ने पर्दछन ।

भिटामिन B1  कमीले चल्लामा देखिने समस्याहरु 
-    हिड्न नसक्नु
-    काम्नु र तर्सेको बेला झनै काम्नु
-    धेरै नै द्यज्ञ को कमी भएमा मांसपेशीहरुको पक्षघात हुनु, खुट्टाको मांसपेशी शरीर तिर बटारिदै बढ्नु, जसको असर शरीर तन्काउन खुम्चाउन सहयोग गर्ने मांसपेशीमा असर गरि खुट्टा, पखेटा र घाँटी बटारिदै जानु ।
-    चल्लाहरु खुट्टा हल्का अगाडितिर र टाउको पछाडितिर फर्काएर बस्छन । यसरी टाउको पछाडि जानुमा घाटीको अगाडिको मांसपेशी पक्षघात भएको हुन्छ । यसलाई
Star Grazing  रोग पनि भनिन्छ ।
-    उभिन असक्षम हुन्छन र साधारण तरिकाले बस्न सक्दैनन ।

B1 को कमीलेठुला कुखुराहरुमा देखिने समस्याहरुमा 
-    खान मन नगर्ने, आलस्यता 
-    टाउको काम्ने 
-    साधारण कमजोरी 
-    पाचन प्रणाली सक्रिय नहुने 
-    Thiamine नदिए सम्म दाना खान मन नगर्ने 
-    सुक्दै जाने 
-    शरिर पुरै काम्ने
-    पक्षघात हुने, टाउको पछाडि बटारिने
-    चल्ला उत्पादनको लागि इन्क्युवेटरमा ९क्ष्लअगदबतयच०मा राखेको अण्डामा भु्रण मर्ने

कुखुरालाई Thiamine आवश्यकता
उमेर    एम.जी प्रति के.जी ९mनरप्न०
०—१० हप्ता सम्मको लेर्यस कुखुरा    २.०—२.५
१०—२० हप्ताको हुर्कदै गरेको लेर्यस कुखुरा    २.०—२.५
२० हप्ता माथिको अण्डा पार्ने लेर्यस कुखुरा    २.५—३.०
२० हप्ता माथिको अण्डा पार्ने लेर्यस प्यारेन्ट कुखुरा    २.५—३.५
०—१८ हप्ता सम्मका ब्रोइलर प्यारेन्ट    २.०—३.०
१९ हप्ता माथिका ब्रोइलर प्यारेन्ट    ३.०—३.५