2020 February 18/ 09:33: 36pm

कुखुराहरुको मृत्युदर बढ्नुमा धेरै कारणहरु पर्न आउछन । कहिले काहि रोगले ग्रसित भएर धेरै कुखुराहरु एकै चोटी मर्छन भने कहिले कुनै कारण नदेखाइ अचानक मर्दछन । आज यहाँ त्यस्तै कुखुराहरुमा अकस्मात मर्ने समस्या अर्थात Sudden Death Syndrome (SDS) बारेमा चर्चा गर्दैछौ । थोरै समयमा पनि शरिर धेरै वृद्धि विकास भई धेरै तौल आउने ब्रोइलर प्रजाती कुखुरामा Sudden Death Syndrome (SDS) को समस्या आउछ । यो समस्याले गर्दा किसानलाई आर्थिक नोक्सानी त गरेकै छ साथ–साथै पोल्ट्री उद्योगलाई पनि असर गरेको छ । बिना कुनै रोगको लक्षण देखिने यस समस्यामा कुखुराको सुरुको दोस्रो दिन देखि नै समस्या सुरुवात भएर बजारीकरणको समय सम्म देखिन सक्छ । २१ दिन देखि २८ दिनको उमेरसम्म  दैनिक १.५–२ प्रतिशत कुखुराहरु मर्दछन । विशेष गरेर चार हप्ता भन्दा माथिका भाले कुखुराहरु बढी मर्दछन । दैनिक मरेका कुखुराको प्रतिशत हेर्ने हो भने ७०–८०%५ भाले ब्रोइलर हुन्छन भने २०–२५% पोथी हुन्छन । तर लेर्यसमा यो खालको समस्या आउदैन । कुखुराहरु थरथर काम्ने, पखेटा भ्याट्–भ्याट् गर्ने, उत्तानो पर्ने, पखेटाले भुईमा हान्ने जस्ता लक्षणहरु देखिन्छन । यस्ता समस्या आउनुमा प्रमुख कारणहरु भनेको प्रतिकुल व्यवस्थापन, पोषण, मेटाबोलिक असन्तुलन र शरिरको चाडो वृद्धि विकास पर्दछन । यो समस्या भएका कुखुराहरुमा मांसपेशीको राम्रो विकास भएको, देख्दा स्वस्थकर र पाँचन प्रणालीमा टन्न पचेको दाना भेटिन्छ । समस्या भएपछि कुखुराहरु लगभग १–२ मिनेट भित्र मर्छन । पोष्टमार्टममा मुटुमा जमेका रगतका टुक्रा भेटिने र भेन्ट्रिकलहरु खाली हुन्छन । फोक्सो सुन्निएको हुन्छ । यस्तो खालको अवस्था आउन नदिन कुखुराहरुलाई सुरुवात देखिने नियन्त्रित दाना उपलब्ध गराउदा समस्या कम हुन्छ । जस्तै उज्यालो समय घटाउने, दाना दिने समयको दुरी बढाउने र पोषण कम भएको धेरै दाना खुवाउने आदि ।
यो रोग मेटावोलिक रोग अन्र्तगत पर्दछ भने वशांणुत, वातावरण र व्यवस्थापनले समस्या बढाउन मद्दत गर्दछ । क्ग
Sudden Death Syndrome (SDS)  को प्रभावकारी उपचार नभएको हुँदा व्यवस्थित पालन प्रविधि नै प्रभावकारी हुन्छ । 
खासगरि क्म्क् बाट मर्ने कुखुराहरुले खासै अरु रोगको जस्तो निश्चित लक्षणहरु देखाउदैनन । औषत तौल भन्दा माथि तौल भएका स्वस्थ भाले कुखुराहरु यसको शिकार बन्दछन । मर्नु भन्दा केहि समय अगाडि यिनिहरु दानापानी खाइरहेका,  हिडिरहेका देखिन्छन । त्यसपछि घाटी तन्काउछन, क्वाक्क कराउछन, पखेटा भ्याट्–भ्याट् गरेर खुट्टा तन्काउछन र उत्तानो परेर मर्छन । धेरै किसानहरुले यसलाई हृदयघातको संज्ञा दिएता पनि वास्तविकता त्यो हैन । यस्तो समस्याको प्रारम्भिक पहिचान भएको खण्डमा कुखुराको ढाड र छातीमा छिटो छिटो कडा मसाज गर्दा कुखुरालाई बचाउन सकिन्छ । 
लक्षणहरु
फोक्सो सुन्निनु, फोक्सोमा रगतको चाप बढ्नु, आन्द्रा भरि पचेको दाना हुनु, पित्त थैली खाली हुनु, कलेजो र मृगौला सुन्निनु र बाहिर पट्टीको भागमा रक्त श्राव हुनु मुटुको
Atria मा जमेको रगत हुनु, भेन्ट्रिकलको आकार ठूलो हुनु आदि देखिन्छन । त्यस्तै कलेजो ठुलो हुनु र मृगौला सुन्निनुको लक्षणहरु Haemmorrhagic Fatty Liver Syndrome संग मिल्दोजुल्दो हुन्छन । तर आन्द्रामा भएको पचेको वा अपच दानाले मृत्युको कारण पत्ता लगाउन सजिलो हुन्छ । 
तन्तु विश्लेषण
SDS बाट प्रभावित पन्छीको मुटुको मांसपेशीमा पोटासियम K घटेको र सोडियम बढेको पाइन्छ । त्यस्तै कलेजोमा क्याल्सियम बढी र फोक्सो र मृगौलामा आइरन Fe कम हुन्छ ।
Na, K, Clइलेक्ट्रोलाइटहरुको शरिरमा असन्तुलन हुन्छ ।
रगत प्रोफाइल
प्रभावित भाले कुखुराको रगतमा पोथीको भन्दा ग्लुकोजको मात्रा बढी हुन्छ । यसैगरि त्यहा
Blood Uric Acid र ीLactate dehydrogenase level पनि बढ्छ ।
SDS का कारणहरु 
क) पौष्टिक कारण
१) दाना कटौती 
जुनसुकै बेला लगातार दाना दिनु भन्दा निश्चित समयमा निश्चित दाना दिदा मृत्युदर लाई ७५ प्रतिशत सम्ममा घटाउन सकिन्छ । 
२) आहाराको किसिम
मास फिडको तुलनामा पेलेट फिडको पाचन क्षमता बढी हुन्छ । पेलेट दानाले कुखुराको विकाश बढी गराउछ र केही अन्तरबिष भएको खण्डमा SDS बढाउछ । 
३) आहार संरचना
आहारमा बायोटिनको कमी भएमा क्म्क् समस्या निम्त्याउन सक्छ । शक्तिको श्रोतको रुपमा भएका ग्लुकोज दोब्बर, फ्याट २.१५ र कर्न स्टार्च
Corn Starch  २.५% ले पनि मृत्युदर फरक पर्न सक्छ ।
४) प्रोटिन र एमिनो एसिड
प्रोटिन र एमिनो एसिडले पनि SDS लाई थोरै प्रभाव बनाउन सक्छ तर  मिट मिलमा भएको तर थाहा नभएको तत्वले SDS बाट बचाउन मद्दत गर्दछ ।
५) भिटामिन र मिनरल
दानामा
Thiamine Biotin Pyridoxic acid  बढी भएको खण्डमा SDS बढ्न मद्दत गर्दछ । त्यसैगरि Fatty Liver Kidney Syndrome  मा B Complex को मात्रा बढी भएर समस्या बिग्रिएर जान्छ ।
६)
Lactate Metabolism
कुखुराको मुटु, कलेजो, फोक्सो, मृगौलाको तुलनामा मांशपेसीको भाग बढी हुन्छ र अक्सिजनको कमी भइ aerobic metabolism कम हुन्छ । शरीर भित्र aerobic metabolism लाई प्रर्याप्त मात्रामा अक्सिजन नभएको खण्डमा lactate जम्मा हुन्छ । Pyruvate भन्दा lactate बढी उत्पादन हँुदा acidosis को अवस्था आउँछ । यसले एज् परिवर्तन गरि मुटुको गतिमा गडबड गरि SDS निम्त्याउछ ।
ख) व्यवस्थापकिय कारण 
१) प्रकाश  
हर्कदै गरेको कुखुरालाई कम प्रकाश दिने पद्धतिले SDS को समस्या कम गराउन सकिन्छ । ५–६ दिन देखिनै दैनिक ६ घण्टा अध्यारो बनाउदा क्म्क् बाट मर्ने संख्याको ३०–६०% सम्म न्यूनिकरण गर्न सकिन्छ । कडा र चहकिलो प्रकाशले ठुगाठुगको समस्या, झगडा गर्ने, बढी थुप्रनेका साथै आकस्मिक कडा ध्वनीले तर्सिदा SDS को समस्या बढाउछ ।
२) घनत्व
घनत्व बढी राखेर कुखुरा पाल्दा कुखुराहरुमा तनाव उत्पन्न भई मुटुको कार्यगतिमा असर गर्दछ । तनावले मुटुको मांशपेसीमा CA++ मात्रा बढ्छ र मुटुको धड्कनमा गढबढ गराउछ ।
३)औषधीहरु 
मुटुको कार्यगतिलाई विभिन्न औषधीहरुले असर गर्दछन । SDS को अवस्थामा
Anticoccidial Ionophores compounds (Monesin and Maduramicin) ले कोषको सतहमा Metal ion  लाई चलायमान गराउछन ।
४) प्याथोजेनिसिस
SDS समस्या तनावले बढाउछ । तनावमा
Lactic acid बढी उत्पादन भइ रक्तचाप बढाउछ । रक्तसंचार प्रणालीमा असर भएर मुटुले प्रभावकारी काम गर्न सक्दैन ।
५) कसरत
कसरत र तनावले रगतमा
Catecholamines को मात्रा बढाउछ र भित्री अंगहरुमा रगतको चाप बढाउछ ।
रोकथाम र नियन्त्रण
कुनै एक उपायबाट मात्र क्म्क् लाई रोकथाम गर्न सकिदैन । कुखुराको अधित्तम वृद्धि विकास लाई नियन्त्रित गर्नको निम्ति व्यवस्थापकिय पक्षलाई जोड दिनु पर्छ ।
१) पेलेट फिडको तुलनामा क्रम्मल फिडको प्रयोगले दाना खपत कम हुन्छ । कुखुराले दाना कम खान्छन र शारीरिक तौल पनि विस्तारै बढदै जान्छ ।
२) पहिलो १४ दिन सम्म कम प्रोटिन र कम शक्तिबद्र्धक दाना दिदा शरीर लाई चाहिने अक्सिजनको आवश्यकतामा कम गराउन सकिन्छ । सोया मिल र फिस मिल प्रयोग गरिएको मास दानाले क्म्क् घटाउन सकिन्छ । 
३) दैनिक कुल दाना खपतको १० प्रतिशत कटौती गर्दा क्म्क् लाई कम गराउन सकिन्छ । कुखुराहरुलाई इलेक्ट्रोलाइट दिन सकिन्छ । 
४) टक्सिन बाइन्डर र रोग प्रतिरोधात्मक शक्ति विकास गर्ने औषधी खुवाउन सकिन्छ । 
५) प्रकाश व्यवस्थापनमा ५ देखि १८ दिन सम्म कम उज्यालो समय दिनु पर्छ । ६) कुनै रोगको संगै सक्रमण भएमा एन्टिवायोटिकको प्रयोग गर्न सकिन्छ ।