2020 May 31/ 06:03: 09pm

तनाव भनेको दबाब, बोझ र बाध्यताले शरिरको शक्ति खपत गरि शरिरलाई हुने नकरात्मक असर भनेर बुझिन्छ । तनावलाई मौन हत्यारा रुपमा पनि लिइन्छ । तनावले पन्छीको रोग प्रतिरोधात्मक शक्ति कम गराइ कुखुराबाट प्राप्त हुने लक्षित उत्पादनमा गिरावट गराउछ । पन्छीको तनावको अवस्थामा ब्गतयलयmष्अ ल्भचखयगक प्रणाली, प्रतिरक्षा प्रणाली  सक्रिय भइ अन्तमा व्यवहारिक प्रतिक्रिया देखाउछन । प्रत्येक प्राणीले सिमित मात्रामा विभिन्न खाले तनावहरु झेल्न सक्दछन । 
यदि तनाव एकदम बढेर गएमा कुखुराहरुमा रोग प्रतिरोधात्मक शक्ति घट्ने, तौल कम हुने,  अण्डा उत्पादनमा ह्रास आउछ । कुखुराको विभिन्न खाले तनावहरुमा मौसममा फरक हुनु, भ्याक्सिनेसन गर्नु, ठुड डाम्नु, पर्याप्त ठाउ नहुनु आदि पर्न आउछन । यस्ता प्रतिकुल वातावरणबाट सृजित तनावहरुलाई पन्छीहरुले न्युनिकरण गर्न खोज्दछन ।
तनावले कुखुराहरुलाई कस्तो असर गर्छ ?
 
Adrenal Glands  बाट निस्केको corticosterone Hormone  ले पन्छीलाई उड्ने वा जुध्ने  स्थितिको सृजना गर्दछ । पन्छी तनावमा जाने बित्तिकै मांसपेशी र कलेजोमा जम्मा भएको ग्ल्याइकोजन ९न्थिअयनभल० ह्रास भएर ग्लुकोजको रुपमा रगतमा आउछ । फलस्वरुप मांसपेशीलाई बलियो बनाई प्रतिकुल अवस्था संग जुध्न मद्दत गर्दछ ।  श्वासप्रश्वासको दर परिवर्तन हुन्छ । हर्मोनले आन्द्राको एज् लाई फरक बनाउछ र आन्द्राको सुक्ष्म जीवाणुहरुको सन्तुलन बिग्रन गई पखाला गराउछ । यसको साथै आन्द्रामा केही नकारात्मक जीवाणु र ढुसीको संख्याको वृद्धि गराइ पाचन प्रणाली सम्बन्धि रोग निम्त्याउन सक्छ । पन्छीहरुमा लामो समयदेखि मुटुरोग, पाचन प्रणाली सम्बन्धित रोग आदिबाट मेटावलिक असन्तुलनले गर्दा कर्टिकोस्टोरोइड हर्मोनको निस्काशन बढी हुन्छ । तनाव लामो अवधि सम्म रहेमा शरिरको सामान्य गतिविधिमा धेरै असर पु¥याई पन्छीहरु मर्ने स्थितिमा नै पुग्न सक्दछन ।
कुखुराहरुले तनावको स्थितिमा देखाउने प्रमुख लक्षणहरुमा तौल घट्ने, अण्डा उत्पादन घट्ने, मृत्युदर बढ्ने, ँऋच् अनुपात बढ्ने, रोग प्रतिरोधात्मक शक्ति घटेर रोगको जोखिम बढ्ने र दानापानी खपत कम हुने हुन्छ । तनाव न्यूनिकरणका लागि सफा स्वच्छ पानी रोग रहित वातावरण आवश्यक पर्दछ । पन्छीहरुले कडा ध्वनी र कडा घाम मन पराउदैन । त्यस्तै कुखुरालाई गर्मीबाट भन्दा चिसो बाट हुने तनाव बढी हुन्छ । जाडो समयमा दाना बढी खाने, शरीरको तापक्रम सन्तुलन राख्न मेटावोलिक हिट बढी उत्सर्जन गर्नु पर्ने, छाला मुनि फ्याट जम्मा हुने जस्ता समस्याले दीर्घकालीन समस्याको सुरुवात भई आर्थिक नोक्सानी गर्छ । 
तनावको प्रकारहरु
१) वातावरण ः अत्याधिक प्रकाश, चिसो हावा, हिलो ठाउ, प्रतिकुल भेन्टिलेसन 
२) शारीरिक ः अत्याधिक वृद्धि विकास भई चाडै वयस्क हुनु ।
३) भौतिक तनाव ः ढुवानी, भ्याक्सिन लगाउदा समाउने र धपाउने 
४) सामाजिक ः कुखुराको ठाउमा घनत्व बढी हुनु, बु्रडिङमा गुम्साउनु, सानो कुखुरामा ठुलो कुखुरा मिसाउनु, भाले पोथीको अनुपातमा भालेको संख्या बढ्नु । 
५) मनोविज्ञान ः जंगली जनावर (स्याल, बन बिरालो, चितुवा), घर पालुवा जनावर (बिरालो, कुकुर) र केटाकेटीले तर्साउनु, धपाउनु वा लखेट्नु ।
६) विभिन्न रोग ः कक्सिडियोसिस, ढुशीबाट निस्केको अन्तर विष आदिले रोग प्रतिरोधात्मक शक्ति कम गराउनु । 
यसका साथै समग्रमा भौतिक, पोषण, स्नायू, मानसिक, मौसम, निन्द्रा नपाउनु, प्रकाश उपलब्ध गराउने समय एकनासको नहुनु, पर्याप्त दाना पानीको व्यवस्था नहुनु, दानाको गुण र स्वादमा फरक पर्नु, एउटा समूहको कुखुरा अर्को समूहमा मिसाउनाले पनि तनावको वातावरणको सृजना गर्दछ ।
तनाव न्यूनिकरणका उपायहरु 
१) खोरको भुई तातो बनाउनका लागि पर्याप्त मात्रामा भुस हाल्ने ।
२) निश्चित ठाउमा निश्चित संख्याका कुखुराहरु हाल्ने ।
३) निश्चित कुखुरालाई पर्याप्त मात्रामा दाना पानीका भाडा उपलब्ध गराउने र सफा पानी खुवाउने ।
४) गर्मी समयमा चिसो पानीको व्यवस्था गर्ने ।
५) जाडो समयमा तातो ज्बयिनभल चिमको प्रयोगले कुखुरा खोर न्यानो गराउने ।
६) दाना परिवर्तन गर्दा दाना मिसाएर परिवर्तन गर्ने ।
७) कुखुरालाई नतर्साउने, नभट्काउने ।
८) मौसम अनुसार भ्यान्टिलेसन कायम गर्ने ।