2019 November 13/ 05:18: 42am

कुखुरापालन व्यवसाय देशको आत्मनिर्भर व्यवसाय भई सकेता पनि बजारको उतारचढाव र पर्याप्त जनचेतनाको अभावले कुखुरा पालन व्यवसायीहरुले उल्लेखनिय प्रतिफल लिन सकिरहेका छैनन । कुखुरा उत्पादन राम्रो हुनका लागि धेरै वटा तत्वहरुले प्रभाव पार्ने हुदा त्यस तर्फ कुखुरा पालन व्यवसायीहरुले ध्यान दिएमा कुखुरा उत्पादन राम्रो गर्न सकिन्छ । कुखुराको उपचार भन्दा रोग लाग्न नदिने उपायहरु अपनाउदा कुखुराको उत्पादन लागत कम हुन्छ । जस्तै जैविक सुरक्षा अवलम्बन गर्ने, उपयुक्त ब्रुडिङ गर्ने, आदि ।
ब्रुडिङ के हो ?
१ दिन देखि १४ दिन सम्मको चल्लालाई उपयुक्त तापक्रम, भ्यान्टिलेसन सापेक्षित आद्रता दिने प्रक्रिया नै बु्रडिङ हो । बु्रडिङमा प्रर्याप्त दाना पानीको उपलब्धता, प्रकाशको व्यवस्था, स्वस्छ हावाको व्यवस्था, उचित तापक्रम महत्वपूर्ण रहन्छन । आवश्यक तातो नभएमा चल्लाहरुमा तनाव उत्पन्न भइ पछिल्ला दिनहरुमा उत्पादकत्व घटाई उचित प्रतिफल आर्जन गर्नमा असर पु¥याउदछ ।
जसरी नवजात शिशुलाई जन्मे पछि तातो र न्यानो आवश्यक पर्छ त्यसरी नै भर्खरै निस्केका १ दिने  चल्लालाई पनि न्यानो राख्नु जरुरी छ । चल्लाको शरीरको सुरुको १४ दिन चल्लाका जीवनको संवेदनशील दिनहरु हुन जसमा चल्लाले आफ्नो शरीरको तापक्रमको विकास गर्न थाल्छन् र वातावरणमा अनुकुलित हुदै जान्छन ।
ब्रुडिङ किन ?
चल्लाको तौलको अनुपातमा शरीरको आकार ठुलो भएकोले ठुलो कुखुराको  दाजोमा सानो चल्लाले वातावरणमा आफ्नो शरीरको तापलाई बाहिरी वातावरणमा छाड्छन । सानो चल्लाको  भुवाले शरीरको प्रर्याप्त मात्रामा तातो संचय गर्न नसक्नाले शरीरको ताप चिसो वातावरणमा  जान्छ  । त्यही  भएर चल्ला राख्नु २४ घण्टा अगावै ब्रुडिङ गर्ने कोठा तताउनु पर्छ ।
एउटा सामान्य चल्लाले आफ्नो नाकको प्वाल बाट श्वासफेर्दा  २४ घण्टामा १– २ ग्राम पानीको मात्रा (बाफ) वातावरणमा छाड्छ । चल्लाको पेटमा रहेको अण्डाको पहेलो भागको पानीले चल्लाको शरीरमा पानीको मात्रा घट्न दिदैन । यदि चल्लाहरुलाई चिसो वातावरणमा राखेको खण्डमा चल्लाहरु एकै ठाउमा थुप्रियर बस्ने, दाना पानी कम खाने, लंगडा देखिने, धेरै मर्ने हुनाले ँऋच् मा असर गरी कुखुरा पालन व्यवसाय महगो पर्न जान्छ ।
२६ डिग्री सेन्टिग्रेट अर्थात पर्याप्त तातो नपुगेमा चल्लाहरुको पेटको पहेलो भाग ठुलो रहन्छ र चाडो नपचेको बुझिन्छ । यदि चल्लाहरु लाई बढी तातो दिएमा चल्लाहरु मुख खोलेर श्वास फेर्ने अथवा धक्ने गर्छन । यसरी गर्मीे हुदा शरीरको पानीको मात्रा श्वासको माध्यमबाट वातावरण्मा निस्कन्छ र फलस्वरुप दाना कम खाने, कमजोर हुने गर्छन । यसरी मुख खोलेर धक्दा २४ घण्टामा ५– १० ग्राम पानी वातावरणमा फ्याक्छन । त्यही भएर उत्तम तापक्रमले चल्लालाई स्वास्थ्य र रोग प्रतिरोधात्मक शक्तिको विकास गर्छ ।
चल्लाको मलद्धारको तापक्रम ४०.४–४०.६ डिग्री सेन्टिग्रेट (१०४.७–१०५.१ डिग्री फरेनहाइट) हुदा उपयुक्त हुन्छ । ४०ड्ढ से (१०५.८̊ फरेनहाइट भन्दा माथि भएमा चुच्चो अथवा मुख आँ गरेर धक्ने गर्छन । यसको साथ साथै तापक्रम घट या बढ भएमा चल्लाहरुको बृद्धि राम्रो संग नहुने हुन्छ । चल्लाको लागि प्रर्याप्त तापक्रम  ३२ डिग्री सेन्टिग्रेट (८९.६ डिग्री फरेनहाइट) का साथै सापेक्षिक आद्रता ३० देखि ५० प्रतिशत हुनु जरुरी छ । चल्लाको देखाउने व्यवहार नै खोरको उचित तापक्रमको माप मानिन्छ । त्यस्तैे  पहिलो १ दिने चल्लाको २४ घण्टामा दाना खपत आफ्नै शरिरको तौलको २० देखि २५ प्रतिशत र पानी ४० देखि ५० प्रतिशत रहन्छ । यदि चल्ला नया प्यारेन्टबाट निस्किएका खण्डमा चल्ला साना हुने भएको हुदा त्यस्ता चल्लाहरुलाई सामान्यतया भन्दा बढी तातो र बढी रेखदेख गर्न जरुरी छ ।
चल्लाहरुलाई बुकिङ्ग कसरी गर्ने ?
चल्ला आउनु १२ देखि २४ घण्टा अगाडी देखि बुकिङ्ग गर्ने कोठामा पर्याप्त मात्रामा तातो दिने उपकरणहरुको व्यवस्था गर्नु पर्दछ । बुड्रिङ गर्ने कोठाको तापक्रम ९० देखि ९५ डि.फरेन्टहाईड हुन जरुरी छ भने प्रयोग गरिएको भुसको तापक्रम ८५ डि.फरेन्टहाईड हुनु पर्दछ ।
कोठाको तयारी
    ४ चल्ला/१ वर्ग फिट र उमेर अनुसार क्षेत्रफल बढाउदै लैजाने
    १०० चल्ला/नाङ्गलो
    १०० चल्ला/३ पानीको भाडा
चल्ला आएपछि के कुरामा ध्यान दिनु पर्छ ?
    चल्ला खोरमा ल्याई सकेपछि ९० देखि ९५ डि.फरेन्टहाईड तापक्रमलाई घट्न नदिने र यदि तापक्रम घट्ने क्रम भएमा तातो बढाउने उपकरण जस्तै ग्याँस ब्रुडर, भुकारी वा चिम थप्नु पर्दछ ।
    दाना र पानीको भाडा पर्याप्त मात्रामा राख्नु पर्दछ  ।
    चल्ला खोरमा छोड्दा भिटामिन “बी”कम्पेल्कस र ग्लुकोज मिसिएको पानी चल्लाको ठुड डुबाएर छाड्नु पर्दछ ।
    पानीको भाडाहरु र दानाका भाडाहरु सबैतिर बाट बराबर लाईन अनुसार मिलाएर राख्नु पर्दछ ।्
    भुकारी मुनी जाडो याममा चल्ला थिचिएर मर्न सक्ने हुनाले भुकारी वरिपरि ईट्टा वा तारको जालीले बार लगाउनु पर्दछ ।
    ब्रुडरको तल दानापानीका भाडाहरु राख्नु हुँदैन ।
बुडिङ किन आवश्यक छ ?
    भर्खरै लेराएका १ दिने चल्लाको ३ डिग्री फरेनहाइट तापक्रम सामान्य कुखुराको भन्दा कम हुन्छ । चल्लाको चौथो दिन देखि १४ औ दिन सम्म शारीरिक तापक्रम बढ्दै जान्छ । यसरी १० दिनको अवधिमा चल्लाको लागि राम्रो बुडिङ वातावरण दिएमा चल्लाको रोग प्रतिरोधात्मकशक्ति बढ्ने, स्वस्थ र बलियो हुने गर्दछ   ।
    १० औ दिन पछि चल्लाको व्यवहार अनुसार विस्तारै तापक्रम घटाउदै लैजानु पर्छ ।
    बु्रडरलाई चल्ला भन्दा १५ इन्च माथि राख्दा इन्धनको खपत कम हुन्छ । धेरै तल राख्दा दुर्घटना हुन सक्ने हुनाले यसमा सजक हुन जरुरी छ ।
    सुख्खा भुस (३–४ इन्च) प्रयोग गर्नुपर्छ । ओसिलो भुस प्रयोग गरेमा खोरमा बाफको मात्रा बढाउछ, खोर हिलो भई एमोनिया ग्यास उत्सर्जन हुन्छ ।
    टहरामा बुडिङ गर्दा प्लाष्टिकले वरिपरिबाट बार्नु भन्दा जुटको बोराले वरिपरि बाट घेरेमा खोरमा तातो संचित रहन्छ र पर्याप्त मात्रामा हावाको संचार हुन्छ ।
    बु्रडर कहिले काही सानो बल्ने वा बल्दै नबलने समस्या आएमा बु्रडरमा जमेको धुलोलाई सफा गर्नु पर्छ
    बुडिङ समयमा तातो बनाउने प्रक्रियामा खोरलाई चारैतिरबाट प्लाष्टिकले बार्नु हुदैन । यसो गरेमा निम्न समस्याहरु देखा पर्न थाल्छ ।
    खोर बाफले चिसो हुन्छ । 
    सोत्तर हिलो र चल्ला भिजेका जस्ता देखिन्छ ।
    चल्लामा निमोनिया अथवा श्वास प्रश्वास सम्बन्धी संक्रमण देखिन थाल्छ ।
    अत्याधिक गर्मी भएमा चल्लाहरुको शरीरमा पानीको मात्रा कम भई
Dehydration हुने तथा लुला, र बेहोसीपना देखिन्छ । चल्लाहरुले दाना कम र पानी बढी खान्छन । 
    अक्सिजनको मात्रा कमी भएर रक्त संचार प्रक्रिया बढ्छ । फलस्वरुप उच्च रक्तचापका कारणले पानी भरिने समस्या देखिन थाल्छ ।
अन्तत्वगत्वा उपयुक्त ब्रुडिङ गर्नाले चल्लाहरुको वृद्धि एकनाशको रहने, छिमले कम देखिने हुदा पहिलो १४ दिनको ब््ुडिङ एकदम महत्वपूर्ण रहन्छ । त्यस्तै खोरलाई जति सक्दो ओभानो राख्न सकिएमा कुखुरामा रोग जन्य समस्या धेरै न्यूनिकरण हुन्छ । जब खोरमा चिस्यान धेरै हुन्छ तब एमोनिया ग्यास बढी उत्सर्जन हुन थाल्छ । फलस्वरुप कुखुराको श्वास प्रश्वास प्रणालीमा असर पु¥याएर रोग प्रतिरोधात्मक शक्ति कम गराई कुखुरालाई एकैचोटि धेरै संक्रामक रोगहरु देखिन सक्छ ।