2019 November 13/ 05:29: 47am

१) इन्फेक्सियस ब्रोन्काइटिस
Infectious bronchitis (IB) तीव्र अनि संक्रामक रोगको रुपमा लिन सकिन्छ । व्यावसायिक कुखुरा पालनमा आर्थिक क्षति गराउन सक्ने यस रोगले श्वास प्रश्वास सम्बन्धी रोगका साथै मृगौलाको कोषलाई क्षति गर्दछ । IB रोग कोरोना विषाणुले लगाउने गर्दछ । केही पन्छीहरुमा यो रोगले सामान्य लक्षण देखाउछ । विशेष गरेर अण्डा उत्पादनका लागि पालिएका लेयर्स र प्यारेन्टहरुमा अण्डाको सामान्य आकार विगारी चाउरी परेको अण्डा निस्कनुका साथै ब्रोइलरमा पनि समस्या देखाउछ ।  IB का विषाणुहरु संक्रमित पन्छीका ¥याल सुलीमा प्रशस्त मात्रामा पाइन्छन । 
एक बाट अर्को पन्छीमा रोग हावाको माध्यमबाट र संक्रमित दाना—पानी, संक्रमित दानाका फिडर—डिङकर र कपडाहरु बाट सर्न सक्छ । प्राकृतिक रुपमा IB को संक्रमित भएको पन्छी वा जीवित IB खोप लगाएको पन्छीमा २० हप्तासम्म विषाणुहरु रहिरहेका हुन्छन । यस विषाणुले शरीर भित्र प्रवेश पश्चात रोग लगाउने अवधि २४ –४८ घण्टाको रहन्छ भने रोग लागेको कुखुराले ३–५ दिनमा अत्याधिक विषाणुहरु -याल र सुली मार्फत बाहिरी वातावरणमा निकाल्छन ।
रोगको गम्भीरतामा आधारमा विषाणुको स्ट्रेन, कुखुराको उमेर, रोग प्रतिरोधात्मकशक्तिको स्थिति, आहारा रुचिको स्थिति र चिसोबाट उत्पन्न हुने तनावहरु पर्दछन । अझ यो रोग संगै संक्रमण गर्नेमा माइकोप्लाज्मा ग्यालिसेप्टिकम, माइकोप्लाज्मा साइनोभिइ  इ कोलाइ र एभिव्याक्टेरियम प्याराग्यालीनेरम पर्दछन ।
२) गम्बारो 
गम्बारो रोग सन् १९६२ अमेरिकाको गम्बारो डिलावयेर भन्ने ठाउँमा पहिलो पटक देखिएको थियो । गम्बारो रोग बिरनाभिरेडिइ समूह अन्र्तरगत एभिविरना  विषाणुले लगाउने संक्रामक रोगको रुपमा लिइन्छ । गम्बारोको विषाणुलाई २ भागमा विभाजन गरिएको छ । एउटा साधारण  ९क्ष्द्यम्ख्० छ भने अर्को धेरै नै संक्रामक गम्बारो ९ख्भचथ खष्चगभिलत क्ष्द्यम्ख्०  रहेको छ । धेरै नै संका्रमक गम्बारो ९खखक्ष्द्यम्ख्० ले आफ्नो रुप परिवर्तन गरि धेरै नै कडा रोग लगाई आर्थिक नोक्सानी गराउन सक्छन् । 
विशेषगरि ३ देखि ६ हप्तासम्मको हुर्कदै गरेको चल्लाहरुमा यो रोग लाग्ने सम्भावना बढी रहन्छ । यो रोगले रोग प्रतिरोधात्मक शक्ति घटाउने हुनाले एक पल्ट रोग देखिएको फर्ममा बारम्बार अरु रोगहरुको संक्रमणहरुमा जस्तै माइकोप्लाज्मा, साल्मोनेला, कक्सिडियोसिस आदि पनि देखिरहन सक्छ । यो रोगले रोग प्रतिरोधात्मक शतिm बढाउने कुखुराको वर्षा फेब्रिकसमा ९द्यगचकब या ँबदचष्अष्गक० भएको ीथmउजयष्म त्ष्ककगभ मुख्य असर गर्दछ । 
३) रानीखेत
रानीखेत रोग पन्छी वर्गमा घरमा पालिने कुखुरा र जंगली पन्छीहरुमा संक्रमण रोगको रुपमा लिन सकिन्छ । सन १९२६ मा इन्डोनेसियाको जावा भन्ने ठाँउमा पहिलो पटक रानीखेत पत्ता लागेको थियो भने १८९८ ताका उत्तर पश्चिम स्कटल्यान्डमा धेरै पन्छीहरुको नाश यसै रोगबाट भएको थियो भनि अनुमान गरिएको थियो ।
बर्ड फ्लु संग मिल्दो जुल्दो यो रोगले मानिसमा पनि आँखाको संक्रमण गर्नुका साथै इन्फ्लुन्जा जस्तै लक्षणहरु देखाउछन । पारामिक्सो विषाणु ९ एबचबmथहय खष्चगक० बाट लाग्ने यो रोगको विषाणुहरु सिंगल स्ट्राण्डेड ९कष्लनभि कतचबलमभम च्ल्ब् खष्चगक० विषाणु हुन । प्राय धेरै देशहरुमा यसको संक्रमण बर्ष भरिनै देखिने गरेको छ ।
रानीखेतका विषाणुहरु दुई भागमा वर्गीकरण गरिएको छ । भेलोजेनिक ९ख्भयिनभलष्अ क्तचबष्ल० जुन एकदम खतरानाक रुप हुन्छ र धेरै कुखुराको क्षति गर्दछ । 
अर्कोमा मेसोजेनिक ९ःभकयनभलष्अ० जुनको असर मध्यम खालको हुन्छ , यस्तै लेन्टोजेनिक ९ीभलतयनभलष्अ०  जसको असर ज्यादै न्यून रहन्छ । भेलोजेनिक स्ट्रेनले ९ख्भयिनभलष्अ क्तचबष्ल०  स्नायू सम्बन्धि समस्याका साथै श्वासप्रश्वास सम्बन्धि समस्याहरु देखाउछ । यसले चाडो फैलन सक्ने र ९० प्रतिशत मृत्युदर गराउन सक्ने हुन्छ । त्यस्तै मेसोजेनिक स्ट्रेनले ९ःभकयनभलष्अ० कुखुरामा खोकी लगाउने अण्डा उत्पादन घटाउने, अण्डाको गुणस्तर कम गराउनुका साथै कुखुराको १० प्रतिशत जति मृत्यु गराउन सक्छ । लेन्टोजेनिक स्ट्रेनले ९ीभलतयनभलष्अ० सामान्य खालको लक्षणहरु देखाउछ भने मृत्युदर सामान्य रहन सक्छ ।
४) बर्ड फ्लु
बर्ड फ्लु खतरनाक रोग भएकाले पन्छी तथा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ । एकदम चाडो फैलिन सक्ने यो रोगले एकैचोटि एकै ठाउँमा धेरै कुखुरा फर्मलाई संक्रमण गरि आर्थिक नोक्सानी पु¥याउन सक्छ । यो विषाणु २ वटा रुपमा पाइन्छ । 
१) ज्एब्क्ष् ९ज्ष्नजथि एबतजयनभलष्अ ब्खबष्ल क्ष्लागिभलशब० जुन एकदम कडा रुपमा देखिन्छ । यसमा धेरै क्लिनिकल लक्षणहरु देखाउछन । 
२) ीएब्क्ष् ९ीयध एबतजयनभलष्अ ब्खबष्ल क्ष्लागिभलशब० जसमा मध्यम तथा श्वास प्रश्वास सम्बन्धी लक्षणहरु देखाउँछन ।
बर्ड फ्लु संक्रमण गर्न सक्ने प्रजातिहरुमा कुखुरा, हाँस, गिज, टर्की, गिनी फवल, कोयल, फिजेन्टस, परेवा, कोइली र विभिन्न जंगली पन्छीहरुमा पर्दछन । यस्ता पन्छीहरुमा विषाणुहरुले कहिले रोगका लक्षणहरु चाडै देखाउने त कहिले चाडै नदेखाई रिजर्भभायरको रुपमा रही रोग सार्न मद्दत गर्दछन । 
५) लिची रोग
लिची रोग अर्थात क्ष्लअगिकष्यल दयमथ जभउबतष्तष्क(ज्थमचयउभचष्अबचमष्गm क्थलमचयmभ ९क्ष्द्यज्(ज्एक्० कुखुराको ३–६ हप्ताको उमरेमा संक्रमण हुने रोगहरु मध्ये एक महत्वपूर्ण रोगहरुमा पर्दछ । एभियन एडिनो भाइरसबाट लाग्ने यो रोगले कलेजो र मुटुलाई धेरै असर गर्दछ । एसिया तथा अमेरिकामा विद्यमान यस रोगले कुखुरा पालन व्यवसायलाई बेला बेलामा जोखिममा पारेको पाइन्छ । मुटु बाहिरको जालोमा धेरै पानी जम्ने र मुटुको आकार बोक्रा निकालिएको लिची जस्तै देखिने हुनाले यसलाई लिची रोग भनिन्छ ।
लिची हर्ट रोग पहिलो पटक १९८७ मा पाकिस्तानको कराची नजिकै रहेको यानगोरा गोथ भन्ने ठाउँमा रिर्पाेटिङ भएको थियो । त्यसपछि इराक, मेक्सिको, भारत, इक्वेडर, पेरु, चिली, जम्बु काश्मिर, पन्जाब र दिल्लीमा १९७४ मा देखिएको थियो । त्यसैगरि नेपालमा पनि पहिलो पल्ट यो रोग गुण्डु भन्ने ठाउँमा देखिएको थियो ।
लिची रोग ३–६ हप्ताको चाडो तौल लिने कुखुरामा (ब्रोइलर) बढी देखिन्छ । विशेषगरि लिची हर्ट रोगले कुखुराको कलेजो सुन्निने, रङ्ग फिक्का हुने र कलेजो एकदम कमलो हुन्छ भने मुटुको बाहिरी पट्टीको जालोमा ९एभचष्अबचमष्गm० पानी भरिने र भरिएको पानी पराल रङगको हुने जस्ता रोगको विशेषता देखिन्छ । त्यस्तै मृगौला रातो कालो हुन्छ । ब्रोइलरमा मृत्युदर ७०–८० प्रतिशत सम्म रहन सक्छ भने लेर्यसमा १० प्रतिशत भन्दा कम रहन्छ । 
६) फाउल पक्स
फाउल पक्स आर्थिक हिसावले महत्वपूर्ण रोगको रुपमा लिइन्छ । यसबाट अण्डा उत्पादनमा हस आउनुका साथै कुखुराहरुको मृत्युदर पनि बढ्छ । एकदम ढिलो गतिमा फैलिने यो रोगले प्वाँखले नढाकेको छालाका भाग जस्तै सिउर, लोती, खुट्टामा घाउ ९म्चथ एयह ० बनाउछ र घाउ माथि कडा आकारको सुख्खा पदार्थ ९ऋचगकत० जम्मा हुन्छ । यस्तै ध्भत एयह का घाउहरु श्वास नली, त्चबअजभब र खाना नलीमा देखिन्छन । म्चथ एयह को तुलनामा  ध्भत एयह ज्यादै नै गम्भीर प्रकृतिका रुपमा मानिन्छन जसले ५०–६० प्रतिशत सम्म भ्याक्सिन नलगाएका व्याचमा मृत्युदर बढाउन सक्छ । यसका साथ साथै पछि गएर अण्डा उत्पादन घट्ने र हुर्कदै गरेका चल्लाको वृद्धि विकास कम हुन्छ । 
७) एभियन इन्फेक्सिएस ल्या¥याङ्गोट्राकाइटिस
एभियन इन्फेक्सिएस ल्या¥याङ्गोट्राकाइटिस रोग कुखुरा तथा अन्य पन्छीहरुको श्वास प्रश्वास सम्बन्धि रोगहरु मध्ये एउटा रोगमा पर्दछ । विश्वभरि नै विद्यमान यो रोगले कुखुरा उत्पादनमा प्रत्यक्ष क्षति गरेको पाइन्छ । न्बििष्म ज्भचउभक ख्ष्चगक, त्थउभ ज्ञ बिषाणु बाट लाग्ने यो रोग क्ष्तियखष्चगक समूहमा पर्दछ । श्वास प्रश्वास प्रणालीमा यसको विषाणु रहेता पनि त्चष्नझष्लब िनबलनष्बि (स्नायु) मा सुक्षुप्त अवस्थामा रहन्छन । त्यसैले यी विषाणुहरु श्वास प्रश्वास प्रणालीमा बाहेक शरीरको अन्य अंगमा पनि पाइन सक्ने हुन्छन । एभियन इन्फेक्सिएस ल्या¥याङ्गोट्राकाइटिस रोगलाई कुखुराको आँखाको कचेरा र श्वास प्रश्वासबाट निस्केका सिगानले रोग सार्न महत्वपूुर्ण भूमिका खेल्दछ ।
एभियन इन्फेक्सिएस ल्या¥याङ्गोट्राकाइटिस रोगले कुखुरालाई मात्र नभइ भगेरा, कौवा, हाँस, परेवा आदिलाई पनि असर गरेको पाइएको छ । यसबाट मृत्युदर बढ्ने, अण्डा उत्पादन घट्ने, तौल घट्ने र अन्य रोगको संक्रमण बढ्न सक्ने जोखिम हुन्छ ।
रोग सर्ने माध्यम 
संक्रमित हात, जुक्ता, उपकरण, लुगा, सवारी साधन, सुली, मरेको पन्छी, पन्छीबाट निस्केको फोहोर, रोगबाट निको भएका पन्छीहरुले रोग सार्न मद्दत गर्दछन । 
रोकथाम
जैविक सुरक्षामा विशेष ध्यान दिनु पर्छ ।