2025 April 19/ 08:03: 45am

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने संघीय संरचनाका खाका तय गरेको नेपाल सरकारले सहकारीलाई एउटा पाटोको सिव्कार गरेको छ । सहकारीकर्मीका अभिभारा देश समृद्ध बनाउने अभियान नै हो । यो र यस्तै खाका कोरेका हामी र हाम्रा सपना कहिले पुरा हुने हुन् भन्ने झिनो समृद्धिका आशाका साथ हामी अभियानकर्ताहरुलाई पर्खिबसेका छन् समुदायहरु । कुनै न कुनै माध्यमबाट समृद्ध नेपाल र सुखि नेपालीका सपना सजाएर ग्रामीण समुदाय हामीलाई नियालिरहेका छन् । देशमा व्याप्त बेरोजगारीको अन्त्य र रोग व्याधि निर्मूल पार्ने अठोटका साथ दीगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने मूल नारालाई आत्म सात गर्दै देशको विकासका लागि सहकारी, निजि तथा सरकारी तवरबाट मात्र दीगो विकासका लक्ष्य पुरा गर्न सम्भव छ र गर्न सकिन्छ भन्ने मान्यता संवैधानिक व्यवस्थामा समेत अंगिकार गरिरहेको परिपे्रक्ष्यमा हाम्रा काम कर्तब्य र अभिभाराहरु कता थन्किएका छन त भन्ने प्रश्नको उत्तर समुदायमा रहेका त्यसमा पनि दुर दराजमा रहेका आम नागरिकहरुले खोजिरहेका छन् । 
दैनिक रुपमा एक आपसमा मेलापात, मजदुरी, लेनदेन, सहयोग, सहकार्य र भाईचाराको सम्वन्ध स्थापित गर्दै मर्दाको मलामी तथा जिउँदाको जन्ति बनेर एउटै लगभग समान आर्थिक हैसियतमा दैनिकि चलाईरहेका हाम्रा समुदायका ब्यक्तित्वहरु माझ हामीले सहकारी सिद्धान्त, आचरण, मर्म र भावना अनुसार के कति र कसरी समुदायका हितमा सहकारीका कार्यक्रमहरु सञ्चालन गरी व्यवस्थित गर्न सक्यौं ? हाम्रा अभिभाराहरु र दायित्वहरु यसका लागि कति उपर्यूक्त छन वा छैनन भन्ने बिषयमा हामीहरुले एकपटक छलफल गर्नैपर्ने अवस्था भएको हो की ? यसमा सबैको ध्यान आकृष्ट हुन जरुरी भएको छ । बैंक तथा बीत्तिय संघ÷संस्थाहरुको उपस्थिती नै ग्रामीण समुदायमा छैनन । बचत गर्नुपर्दछ र यसले जीवनमा महत्वपूर्ण योगदान गर्दछ भन्ने सिकाइको पखाईमा बसेका हाम्रा आम नागरिकहरुलाई सहकारी अभियान सहर केन्द्रित गरेका सहकारीकर्मी तथा अभियानकर्ता जो सुकैले पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । सरकारी तथ्यांकका आधारलाई हेर्ने हो भने ३४५१२ वटा सहकारी संस्थाहरु नेपालभर फैलिएर रहेको अवस्थामा काभ्रे जिल्लामा मात्र १५०० को संख्यामा रहेका सहकारी संस्थाहरु १३ वटा स्थानीय तहमा डिभिजन सहकारी कार्यालयले हस्तान्तरण गरेको पनि बर्षौ हुन लागिसकेको छ । उक्त संस्थाहरु स्थानीय तहमा के कसरी सञ्चालन तथा क्रियाशिल अवस्थामा छन् भन्ने आधार कहिँ कतै आधिकारिक आधारहरु र तथ्यांक भेट्टिएका छैनन । त्यस मध्ये पनि जहाँ स साना पैसाको जोहो गर्ने परिपाटिको विकास गर्नुपर्दछ वा जरुरी छ त्यस स्थानमा हाम्रा सहकारीहरुको उपस्थिती र कार्यहरुले के कति प्रवेश सहित नयाँ सोचका साथ अगाडि बढ्दै छन् र घनिभूत रुपमा प्रवेश पाएका छन वा क्रियाशिल छन वा छैनन भन्ने प्रश्नका बारेमा स्थानीय स्तरमा जनप्रतिनिधिको चासो बढेर जानु पर्ने अवस्था देखिन्छ । यसमा स्थानीयस्तरमा नै समाजसेविहरु जागरुक हुनु भई छलफल चलाउनु पर्ने ढिला भइसकेको छ । दैनिक रुपमा आफ्ना घरायसि गर्जो टार्ने देखि लिएर स साना आइपर्ने खर्च तथा केटाकेटिहरुलाई शिक्षा, दिक्षाका लागि सहकारीको उपस्थिती अपरिहार्य समेत रहेको छ । 
 शहर बजारमा भएका सहकारीहरुको तुलनामा गाउँमा सहकारीहरुको उपस्थिती कमी हुनु स्वभाविका मानिएला तर क्रियाशिलताका आधारमा र दर्ता पश्चात सञ्चालनमा नै नआएका सहकारीहरुका अवस्थाका बारेमा विश्लेषण तथा घनिभूत रुपमा छलफल गराई सक्रिय रुपमा सञ्चालनमा ल्याउनका लागि स्थानीयस्तरमा नै सहकारीका संयन्त्रहरु मार्फत छलफल÷अन्र्तक्रिया गराई निचोडमा पुग्नु पर्ने अर्को दायित्व हामी माझ थपिएको छ । जुन जसले जसरी सहकारीका बिचार, सिद्धान्त, मर्म र भावनाहरुलाई आत्म सात गर्दै अगाडि बढीरहेको किटानी गरेपनि अहिलेको अवस्थामा दुर दराज तथा कुना कन्दरासम्म अभियान चलाई समुदायमा रहेका आम नागरिकहरुले यसको प्रत्याभूति गर्न स्थानीय जन प्रतिनिधि तथा सिंगो अभियानकर्ताहरुको बाक्लो उपस्थिती जनाउनु नै उक्त क्षेत्रका लागि ठूलो कार्य हुनेछ । हाम्रो अभियान समृद्ध नेपाल सुखि नेपाली बनाउने अभियानमा केन्द्रित हुन अव ढिला गर्नु हुदैन । 
स्थानीय तहमा सहकारी संस्थाहरु गठन(दर्ता) भई सञ्चालनमा नै नआएका त पक्कै होइन तर पनि उक्त स्थानमा रहेका सहकारी प्रति आस्था र विस्वास हुनेहरु सहकारी भनेको धेरै ठूलो कुरा हो यसलाई सञ्चालन गर्नका लागि हाम्रो भूमिका संम्भव छैन भन्ने ज्ञान धेरै स्थानमा छरिएको आभाष भएको हो की भन्ने मनशाय प्रष्टै देखिन्छ । माथि उल्लेख भए अनुसार सहकारीको इतिहास र कस कसले कसरी सहकारी संस्था सञ्चालन गर्न सक्दछ र यसको मक्सद के हो भन्ने बुझाउन पनि अभियानकर्ताहरुले नसकेको हो की भन्ने देखिन्छ । आफुसँग भएको फजुल खर्च तथा स साना पैसालाई सदुपयोग गर्दै बचत गर्ने र मितब्ययी बन्ने सपना साकार बनाउनका लागि न त उक्त स्थानमा प्रशिक्षण नै छ न त छलफल र जानकारी दिने कुनै निकाय नै छन् । समुदायमा रहेका केहि ब्यक्तिहरु यस क्षेत्रमा लागे पनि सहकारी संस्थाहरु आफ्नो अधिनमा राखेर यसको क्रियाशिलता तथा सञ्चालनका पद्धतीहरुलाई अगाडि बढाउनका लागि योगदान नै गरेको पाईदैन । सबै क्षेत्रमा संस्था सञ्चालनका आ आफ्ना विधि तथा प्रकृयाहरु हुन्छन् नै यसैमा सहकारी संस्था सञ्चालनका पनि आफ्नै विधि तथा प्रकृयाहरु छन् । निति तथा विधिमा कामहरु गर्दा ठूलो रुपमा समस्याहरु आउदैन भन्ने विस्वासहरु समुदायस्तरमा दिनु र विस्वासका साथ संस्था सञ्चालन गर्न सहजिकरण गर्न सबैको उत्तिकै दायित्व तथा जिम्मेवारीहरु छन् । समुदायस्तरमा रहेका केहि ब्यक्ति बिशेषले संस्था आफुले होल्ड गरेर सञ्चचालनलाई निरन्तरता दिन नसक्नु एउटा समस्या पनि स्थानीयस्तरमा रहेको छ । धेरै स्थानमा सञ्चालन भएका सहकारी संस्थाहरु सामान्य रुपमा समुह सञ्चालनका अवस्थामा मात्र रहेको जस्ता देखिन्छन । यस्ता संस्थाहरुलाई विधि, निति तथा पद्धतीहरुका बारेमा सिकाउने अभ्यास गराउने परिपाटिको सुरुवात आजै देखि गर्नु पर्दछ । हामीले गर्दै आएका विस्वास, आदर सत्कार, माया ममता तथा प्रेम भावना नै सहकारी हो यसलाई विधि अनुसार अलिकति सहजिकरण गर्न सकिएको खण्डमा सहकारी स्थानीयस्तरमा मौलाएर आउँछ । जसका कारण समुदायमा व्यवसाय, रोजगारी, सहित आर्थिक हैसियतमा बृद्धि हुदै समाज रुपान्तरण हुन्छ । 
स्थानीय तहहरुमा जनप्रतिनिधिहरुको उपस्थिती सहित कार्य सञ्चालन भइरहँदा सहकारी भनेको छुट्टै निकाय हो की समुदायमा यसले खासै महत्व राख्न सक्दैन भन्ने आभाष भएको हो की भन्ने आम मानिसहरुको बुझाई रहेको देखिन आउँदछ । सहकारी संस्थाहरुलाई क्रियाशिल बनाई समाजमा बाक्लो उपस्थिती सहित कार्य सञ्चालन गर्नका लागि स्थानीय जनप्रतिनिधिहरुले त्यती धेरै ठूलो समस्या मान्न पर्दैन होला जस्तो लाग्दछ । किनभने स्थानीय तहमा हाल क्रियाशिल रहेका सहकारी र त्यससँग सम्वन्धित ब्यक्तित्व जो सहकारी अभियानकै क्रममा धेरै प्रशिक्षित भई सहकारीका न्यूनतम आधार सहित संस्था सञ्चालन गर्नका लागि सक्षम रहेको पनि धेरै स्थानमा पाइन्छ । त्यस्ता ब्यक्तित्वहरुलाई साथमा लिएर स्थानीय तहमा यसको विकास तथा प्रवद्र्धनमा गोष्ठि, अन्र्तक्रिया तथा छलफललाई घनिभूत रुपमा अगाडि बढाउन सकिन्छ । उक्त कार्यहरु गर्नका लागि स्थानीय तहहरुले धेरै खर्च गरी बजेट विनियोजन गर्न समेत नपर्ने हुन सक्दछ । तर यहाँ त सहकारी क्षेत्रको विकासका लागि काम गर्ने सोच नै विकास नभएको, कोशिस नै नगरेको पो हो कि भन्ने देखिरहनु उदेक लाग्दो बिषय बनेको छ । हामी नारामा तथा सहकारी संस्थाहरुको बार्षिक कार्यक्रममा जाँदा सहकारीलाई देश विकासको लागि एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको प्रष्ट सँग ब्यख्या पनि गर्दछौं तर बोलेको बिषयहरुलाई व्यवहारमा उतार्नका लागि किन कोशिस गर्दैनौ । कहिले कर्मचारीको दरवन्दि नभएको बहाना हाम्रा सामु उभिन्छ भने कहिले बजेटको बहाना बनाईन्छ अभियान सञ्चालन गर्नका लागि बिषेश रुपमा केहि गर्न पर्दैन आवश्यक वातावरण बनाइ छलफलमा सहभागिता मात्र सुनिश्चित गर्ने वातावरण बनाएको खण्डमा सहकारीहरु आफै सञ्चालन हुन सक्षम हुन्छन । यसका लागि आवश्यक कार्यको थालनी आजैबाट गर्नु नै उपर्यूक्त हुन्छ । मानिस सामाजिक प्राणी भएकाले समाजमा रहेका हरेक गतिविधिहरुसँग उसको सामिप्यता रहन्छ त्यसैले थोरै भएपनि सामाजिक विकासका लागि उसको योगदान महत्वपूर्ण हुने भएकाले थोरै लगानी र कोशिसले ग्रामीण समुदायको विकास सहकारीबाट नै सम्भव छ र यसले नै समृद्धिको खाका कोर्न सक्दछ भन्ने विस्वास गर्न सकिन्छ ।