2018 December 15/ 10:00: 35pm

एकका लागि सबै सबैका लागि एक भन्ने सिद्धान्त नै बोकेर सहकारी संस्थाहरुको प्रार्दुभाव भएको पाईन्छ । विश्व सहकारी ईतिहासका पाटाहरुलाई केलाउँदा ब्यक्ति तथा समुदायमा समस्या निराकरणका लागि सबैजना मिलेर गरिएको संघर्ष तथा मिहेनतका परिणाम नै सहकारीताको विकास हो भन्न अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छेन । जिवन धान्नका लागि  विहान बेलुका ज्याला, मजदुरी, मेलापातका काममा तल्लिन रहने र साना तथा ठूला पेशा व्यवसायहरु गर्ने सबै ब्यक्ति वा समुदाय एक अर्काको सहयोग र साथ विना फड्को मार्न सकेका उदाहरुणहरु कमै मात्रामा पाईन्छन । आज भन्दा झण्डै १७३ बर्ष अगाडि बेलायतमा पनि लगभग समान वा उस्तै आर्थिक हैसियत भएका ब्यक्तिहरुले आफ्ना आवश्यकताहरु पुरागर्नका लागि गरिएको प्रयास नै आजको विश्वको सहकारी आन्दोलनको विकसित रुप नै हो । 
नेपालमा सहकारीकै बारेमा बहस हुन थालेको ६२ बर्ष भैसकेको छ । यस अवधिमा धेरै भन्दा धेरै सहकारीका सन्दर्भमा कार्यहरु भएका छन् । नेपाली माटो, यहाँको परिस्थिती र भौगोलिक संरचना र हामी बीचको माया, ममता र भावना आदि जस्ता बिषयहरु अन्य देशको दाँजोमा निकै फरक रहेको महसुश जो कसैलाई पनि हुन्छ । एउटा नेपालीलाई समस्या पर्दा अर्कोलाई दुख्ने र मन छुने अनि रुने हाम्रो मौलिकता छ । आदर र सदुभाव राखि भाइचाराको सम्वन्ध राख्ने हाम्रो बानी रव्यवहारका कारण हामी अरु भन्दा बिल्कुलै पृथक नै छौ. । यो र यस्तै विषयहरुलाई थप टेवा पुर्याउनका लागि सहकारीले अर्को पाटोको रुपमा हामीलाई सहयोग गरिरहेको छ । 
सहकारीताले आफ्ना कार्यहरु लादने भन्दा पनि सिक्ने र सुधार गर्दै धेरै भन्दा धेरै ब्यक्ति तथा समुदायहरुको पहुँचमा बृद्धि गर्ने भन्ने पक्षहरुलाई जोड दिएको पाईन्छ । विभिन्न समयमा विभिन्न ब्यक्तित्वहरुले सहकारीतालाई जे जसरी ब्यख्या गरेता पनि ब्यक्तिलाई स्वावलम्बि कसरीबनाउन सकिन्छ र बन्न सकदछ भन्ने प्रमुख कुरा नै सहकारीता हो भन्ने लाग्दछ । तर मानिस स्वावलम्बन बन्नका लागि समाजबाट धेरै कुराहरु सिक्दछ । समाजमा भएका वा चलेका विभिन्न विधिहरु मध्ये के ? कसरी र कसका लागि ? भन्ने बिषयहरुमा सबैका आफ्ना ब्याख्या तथा विवेचनाहरु पाइन्छन । अध्ययन विनाको यस्ता ज्ञानका कारणले गरिएको विवेचनाले सहकारीको मर्मलाई समाप्त पार्दै मान्छे बाँच्ने, व्यवसाय गर्ने र स्वावलम्बी बन्ने कुरामा बिमुख बन्दछ । सहकारीताको मर्म भावना र सिद्धान्तका आधारमा खारिएको ब्यक्ति नै स्वावलम्बी बन्दछ र यो नै सहकारीताको पर्याय हो भन्न सकिन्छ ।
सहकारी मिलिजुली, बाँडिचुडि गर्दै गोलबन्द भएर पारस्परिक रुपमा एक अर्कालाई दुःख सुखमा साथ र सहयोग गर्ने कडि नै हो । यसबाट नै सबै बर्ग समुदायहरुको हित हुन्छ भन्ने भावना सहकारीताले राखेको हुन्छ । के यस्ता बिषयहरुमा साँच्चै हामीले मनन गरेको सोचेको अनि बुझेको जस्तै व्यवहारहरु हामी सहकारी र सहकारी अभियन्तहरुमा पाउँदछौं त ? देशमा रहेको ३४५१२ सहकारीहरु मध्ये कति सहकारी संस्थाहरुमा सामुहिक भावना र सहकार्यको आभाष पाईन्छ होला त ? के हाम्रा भावना समुदायको हितमा सहभागितात्मक रुपमा अगाडि बढिरहेका छन कि छैनन भन्ने कुराहरु व्यवहारिक रुपमा नै नियाल्न पर्ने त छैन भन्ने बिषय हामी सहकारी अभियन्तहरुले सोच्नै पर्ने भएको छ । 
सहकारीमा एकता, सहभागिता अनि एक अर्काको अस्तित्व बारेमा अभियन्ताहरुबाट नै अस्विकार गर्ने परिपाटि मौलाएको देखिन्छ । एउटा सहकारी संस्था भित्र तथा सस्था संस्था बीचको सम्वन्ध के कस्तो अवस्था छ भन्ने बिषयमा कहि न कहि छलफल सुरुवात गर्दै अगाडि बढ्दै लानका लागि बहस तथा पैरवी सुरु गर्नुपर्ने हो कि भन्ने आवाज सबैतिर सुनिन थालेको छ । धेरै राम्रा कामहरु गर्दा गर्दै पनि सहकारीको भावना तथा मर्म अनुसार हामीले एकता प्रदर्शन गर्न नसकेका कारण पनि मनगढन्ते समस्याहरु सहकारीमा थोपरिएका त हौइनन ?भन्ने धेरैलाई लागेको पनि छ । सहकारी मर्म, ऐन नियम र कानून, मापदण्ड, अनुसार नै सहकारी संस्था दर्ता भई सञ्चालन भएका हुन्छन यसमा कसैको कुनै तर्क नै हुदैन र रहँदैन तर यहाँ एउटा प्रकृतिका सहकारी र अर्को फरक प्रकृतिको सहकारी बीच कता कता तालमेल नभएको पो हो की भन्ने आभाष मिलेको धेरै बुझाइ छ । सहकारी अभियन्ताहरुबाट नै सहकारीकर्मीको हैसियतमा राखिएन भन्ने गुनासाहरु सुन्न आइरहेको र सोहि अनुरुप व्यवहार प्रदर्शन हुन थालेको गुनासो समेत आउन थालेको छ । गहिरिएर सहकारीका क्षेत्रमा भएका र भोगेका सहकारीकर्मीहरुको अनुभवहरु सुन्ने र बुझ्ने गरियो भने यो र यस्तै खालका समस्या सहकारी क्षेत्रमा देखा परेको धेरैको बुझाई पनि छ । सहकारीमा एकता बिना केहि पनि कार्यहरु गर्न सकिदैन भन्ने कुरा सबैले स्विार गर्नुपर्दछ । सहकारीले समुदाय तथा आफ्ना सदस्यहरुको हितमा समग्र पक्षको विकास गर्दै अगाडि बढ्ने लक्ष्य लिएका कारण सहकारीमा प्रवेश गर्ने जो सुकैले पनि एउटै लक्ष्य तथा उद्देश्य बोकि कार्य अगाडि बढाउने प्रण गर्नु नैबुद्धिमानि हुन्छ । ठूला संस्थाका रुपमा परिचित ब्यक्तित्वहरु तथा स साना पूँजीहरु संकलित गर्ने सहकारी संस्थाका ब्यक्तिहरु बीचमा एकता भएका र सहकार्य भएमा सिंगो सहकारी क्षेत्रको समृद्धि ल्याउन धेरै समय पर्खनु पर्दैन । 
किन आवश्यक छ त सहकारीमा एकता ?
आम मानिसहरुमा हिजोका दिनसम्म सहकारीलाई हेर्ने दृष्टिकोण रआजका दिनमा सहकारीलाई हेर्ने दृष्टिकोण नै फरक पाइन थालेको छ । सहकारीको विकास सुस्त ढंगले हुदै गर्दा सबैको ध्यान यता तिर थिएनन तर आज सहकारीका क्षेत्रलाई तिन खम्बे अर्थ नितिका आधारमा संवैधानिक महत्वका साथ राखिएको हुँदा सबैका मन मस्तिष्क यतातिर तानिएका छन् । कूल ग्रहस्थ उत्पादनका हिसावले ४ प्रतिशत हिस्सा र आर्थिक पाटोमा नै पनि २० प्रतिशत ओगटेको यस क्षेत्रको प्रगतीका कारण पनि सहकारीका बारेमा आर्थिक क्षेत्रका निकाय तह र तप्काले खुलेर नै यस क्षेत्रको अनेक हथकन्डा अपनाएर अभियानलाई नै बिचलित पार्न खोजिएको प्रष्टै देखिन्छ । आर्थिक पक्षहरुसँगै कार्य गर्ने विभिन्न निकायहरु, सहकारीता बारे जानकारी नराख्ने केहि संस्था तथा ब्यक्तिहरुले सहकारीमा बारेमा बेलाबेलामा गर्ने गरेका नकारात्मक टिक्का टिप्पणीहरु विभिन्न पत्रपत्रिका तथासञ्जालहरुमा हामीले देखेका र पढेका छौ. । एक दुई वटा सहकारी संस्थाहरुले गरेका नकारात्मक कार्यहरुलाई उछालेर सिंगो सहकारीलाई धमिल्याउने कार्यहरुले सहकारीको क्षेत्र नै धरासयि हो कि भन्ने भ्रम छर्न खोजिएको प्रश्टै देखिन्छ । ३४५१२ को सख्यामा रहेका धेरै भन्दा धेरै सहकारीका राम्रा पक्ष तथा कार्यहरुको खोजि तथा सकारात्मक परिवर्तनहरुको उजागर हामीले गर्न नसकेका कारण पनि सिंगो सहकारीका बारेमा हाम्रा कमजोरीको फाइदा उठाई नकारात्मक टिक्का टिप्पणीहरु गरिरहेका देखिन्छ । जव सम्म हामी एक आपसमा मिलेर अभियानलाई सफल बनाउने कोशिस गर्दैनौ तवसम्म हाम्रो अभियान यसैगरी तुहाउन अनेक तत्वहरु लागि परिरहने निश्चित छ । त्यसैले पनि एउटै संस्था भित्र रहेका वा सहकारी संस्था संस्था बीच सहकारी मर्म, दर्शन, बिचारहरुको एकता जरुरी छ । समुदायस्तर सम्म एकताको सन्देश पुर्याउन हामी किन कोशिस गर्दैनौं ? के ले रोकेको छ हामीलाई ? विभिन्न बहानामा सहकारीलाई ध्वस्त पार्न तल्लिन रहने धमिराहरुको योजनाहरु बिफल बनाउन पनि हाम्रो सहकार्य र एकताको आवश्यकता छ । जसबाट समुदाय स्तरमा पुर्याउने सहयोग र पार्ने प्रभावका बारेमा एकमत र एकसुत्रीय अभियान छेड्न हामी बीचमा एकता आवश्यक पर्दछ । 
कसरी सम्भव छ त एकता 
मिलिजुली सबैजनाले सहकारीको मर्म, दर्शन अनि बिचारलाई समुदायस्तरमा सक्रियतापूर्वक फिजाउनु नै सहकारीता हो भन्ने हामीले बुझेकै छौं । भाइचाराको सम्वन्धलाई स्थापित गर्नका लागि साझा एजेण्डा सहित सहकारीमा आवद्ध भएका हौ भने हामी सबैले एउटा प्रण गर्नु आवश्यक छ । जुन हामीमा भएका स साना बेमेल, बिचार, निति नियमावली, ईमान्दारिता, पारदर्शिता जस्ता बिषयहरुलाई आत्मसात गर्नु नै हो । सहकारीमा बसेर हामीले हाम्रा लागि काम गर्नु हुदैन भन्ने पहिलो स्वार्थ बनाउनु पर्दछ । सबैका लागि सहकारी हो भन्ने बुझेका हामीले आफु र आफ्ना लागि मात्र सोच्दा सिंगो अभियान नै ओझेलमा पर्दछ । त्यसैले सामुहिक भावना सहितको प्रतिबद्धतालाई पहिलो खुड्किलो बनाउन हामी सक्ने कि नसक्ने भन्ने बिषय महत्वपूर्ण छ । शेयर सदस्यहरुको हितमा काम गर्ने, सबैका लागि सहकारी हो भन्ने सोचको विकास गर्ने, समय व्यवस्थापनमा ध्यान दिने , ब्यक्तिगत स्वार्थ त्याग गनर्,े सहकारी सहकारी बीचको सम्वन्ध स्थापित गर्नका लागि प्रयासरत रहने, राजनैतिक आग्रह पूर्वाग्रह त्याग गर्ने, स्वस्थ प्रतिष्पर्धा गर्ने, निति नियमका परिधि भित्र रहेर मात्र कार्य सञ्चालन गर्ने, सहकारी ऐन, नियमावलीहरुलाई आधार मानी कार्यहरु गर्ने, विभिन्न निकायहरुसँग सम्पर्क र समन्वय गर्ने, सहकारी शिक्षा अध्ययन र तालिमहरु उपयोग गर्ने, क्षमता विकास गर्ने, शेयर सदस्यहरुलाई सहकारी प्रति विस्वास सिर्जना गर्ने वातावरण वनाउने आदि जस्ता बिषयमा अभियानकर्ताहरु बडो मसिनो ढंगले लागि पर्ने हो भने हाम्रो एकता सुन्दर छ । यसलाई कहि कतै खोजि गर्नुपर्दैन । यसरी नै हो सबैका सामु हाम्रो एकता प्रदर्शन गर्ने । 
यसरी सहकारीमा एकता प्रदर्शन गर्न सकेमा विभिन्न समयमा सहकारकिा बारेमा यो र त्यो को निहुमा जे जस्ता नकारात्मक रुपमा टिक्का टिप्पणी भइरहेका छन् त्यस्ता सबै खालका कामहरुका बारेमा बोल्न र लेख्न हिम्मत गर्न कसैले सक्ने छैनन । सहकारीले राम्रा राम्रा कामहरु गरेका छन भन्ने सबै पक्षलाई विस्वास दिलाउनका लागि पनि हामो एकता अनिबार्य भइसकेको छ । त्यसैले आजैका दिन देखि अनेक आग्रह पूर्वाग्रह त्यागेर एकताका लागि एकै थलोमा उभिएर शक्ति प्रदर्शन गरौ. देश निर्माण सहकारीबाट मात्र सम्भव छ भन्ने सन्देश दिन एउटै मालामा उनिए झै एक ढिक्का बनौ । यो आजको आवश्यकता पनि हो ।
जय सहकारी