2026 April 21/ 10:31: 19am

६६ दिनको जेल बसाइपछि सुसन (नाम परिवर्तित) बेल (धरौटी)मा रिहा भएको केही दिन मात्र भएको छ। उनको बेल कन्डिसन सीड्नीभन्दा बाहिर बस्नुपर्ने मात्र होइन, जेलको चार दिवारभन्दा फरक खुला सास फेर्ने वातावरण मात्रै हो। अरू सबै कानुनकै परिवन्द भित्र छन् उनी।