2019 August 19/ 11:23: 04am

दोश्रोपटक समातिए ‘जमिन’
    बनेपा/विप्लब समुहका गतिविधि बाक्लिदै गए पछि सरकार कठोर बन्दै अपराधिक कृयाकलाप रोक्न धमाधम नेता तथा कार्यकर्ता पक्राउ अभियानमा लागेको छ । रामेछाप इन्चार्ज यादव ढुङ्गेल ‘जमिन’ सहित अन्य दुई जना जिल्ला सदस्य पक्राउ परेका छन् । जमिन दोश्रो पटक पुनः पक्राउ परेका हुन् । 
    यसअघि पक्राउ परेका नेताहरु कुनै न कुनै बाहनामा अदालतबाट छुट्दै पत्रिकामा प्रेस विज्ञप्ती निकाल्दै खुल्ला राजनीतिमा रहे जस्तो गरेर पार्टीको काम गर्ने गरेको भन्दै पक्राउ गरेको प्रहरीले बताएको छ । पछिल्लो समय पक्राउ परेका जिल्ला नेता सुन्दर रायमाझीले पनि पत्रिकामा विज्ञप्ती प्रकाशन गरेका थिए । जिल्लामा सशस्त्र प्रहरी बलको कार्यालय समेत स्थापना भए पछि जिल्लामा जनपथ र सशस्त्र प्रहरीले विप्लब माओवादीका नेता कार्यकर्ताहरुको खोजीलाई तिब्र बनाएको छ । ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति घरमै बसिरहेको अवस्थामा जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको छ । ‘राज्य विरुद्धका गतिविधिमा संलग्न भएको अभियोेगमा रायमाझीद्वयलाई पक्राउ गरी आईतबार ७ दिनको म्याद लिई अनुसन्धान शुरु गरिएको छ’–इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक निराजन भट्टराईले जानकारी दिनुभयो । 
    २०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सुन्दर भुपु शिक्षक समेत हुन् । उनले केहि दिन अघि विज्ञप्ती प्रकाशन गरी आफु पार्टीमा नरहेको जानकारी गराएका थिए  । असार २५ गते मात्रै जिल्लाबाट प्रकाशन हुने एक पत्रिकामा उनले विज्ञप्ती प्रकाशन गरेका हुन् । प्रहरीले पक्राउ गरेका दुबै जनालाई विस्फोटक पदार्थ सम्वन्धी मुद्दामा म्याद थप गरेको होे । 

घरबाटै ‘जमिन’ पक्राउ
    नेकपा माओवादी विप्लप समुहका नेता  यादव ढुंगेल ‘जमिन’लाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले धुलिखेल ५ स्थित घरमै रहेको बखत आईतबार साँझ पक्राउ गरेको छ । सरकारले विप्लव समुहका गतिविधिहरुमा प्रतिवन्ध लगाएसँगै पक्राउ परेका नेता कार्यकर्ताहरु अदालतको आदेशमा छुट्न थालेपछि प्रहरीले पुरानै मुद्दाहरुको पुनरावलोकन गरेको हो । 
    चौरीदेउराली गाउँपालिका माझिफेदा घर भएका यादव ढुंगेल २०५७ साल देखि सशस्त्र युद्धमा सहभागि भई भुमिगत भएका थिए । शशस्त्र युद्धमा उनले कम्पनीको भाईस कमाण्डर हुँदै कमाण्डर समेतको भूमिका निभाएका थिए । केहि समय निश्क्रिय रहेका ढु्ंगेल पुनः क्रान्तिकारी धार समातेको नेकपा माओवादी नेत्र विक्रम चन्द समुहको विप्लव माओवादीमा आवद्ध भएका थिए । पछिल्लो समय उनि रामेछाप जिल्लाको इन्चार्ज भई कार्य गरिरहेका थिए । सोहि क्रममा उनलाई २०७५ चैत्र १५ गते भक्तपुरको सुर्यविनायकबाट साँझ पक्राउ गरी भक्तपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । २४ दिन भक्तपुर राखिएका ढुंगेललाई २ हजार धरौटीमा छाड्ने आदेश भए सँगै उपचारका लागि लैजाने भन्दै २०७६ बैशाख ८ गते रामेछाप जिल्ला प्रहरी कार्यालयमा पु¥याईयो । रामेछाप जिल्ला प्रहरी कार्यालयमा पनि पुनः २४ दिन हिरासतमा राखियो । उनी शारिरीक रुपमा अस्वस्थ पनि थिए । रामेछाप जिल्ला अदालतले ढुंगेललालई १ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । 
    रामेछापको २४ दिनको बसाई पछि उनलाई पुनः सिन्धुली जिल्ला पु¥याईयो । २०७६ साल जेष्ठ १ गते सिन्धुली ल्याए सँगै जेष्ठ २ गते ढुंगेललाई सुनसरी जिल्ला कार्यालय धरान पु¥याईएको थियो । धरानमा ढुंगेल विरुद्ध २०५८ सालमा  दर्ता भएको हातहतियार तथा खरखजना सम्वन्धी मुद्दा दर्ता गरिएको थियो । त्यो मुद्दाबाट उनी रिहा भई एक महिना देखि उनी घरमै बसिरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ । घरमा बसे पनि उनले पार्टी परित्याग गरेका थिएनन् तर निश्क्रिय थिए । शशस्त्र युद्धमा उनलाई त्यहि मुद्दा लगाईएको थियो । विप्लव समुहका नाममा उनले गरेका अभियानमा पुष्टि हुन नसकेपछि प्रहरीले शशस्त्र युद्धकै मुद्दाको पुनरावृत्ति गरेको बताईएको थियो । विप्लव समुहका नेताहरुले तत्काल ढुंङ्गेल लगायतका नेताहरुलाई विना शर्त छाड्न माग गरेको छ । युद्धकै मुद्दा ब्यँुत्याएर आफ्ना नेता कार्यकर्ताहरुलाई दुःख दिएको भन्दै विप्लव समुहका नेता कार्यकर्ताहरुले आपत्ति जनाएका छन् । कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेपछि विप्लव समुहले रणनीति परिवर्तन गरेको छ । विद्यालय तथा गाउँ र नगर क्षेत्रमा कमिटीहरु निर्माण गर्ने, निर्माण गरिएका कमिटीहरु गोप्य रुपले परिचालन गर्ने, पक्राउ परेका नेता कार्यकर्ताहरुको जिम्मेवारी हस्तान्तरण गर्ने र तालिम तथा प्रशिक्षण दिने कार्य गरिरहेको छ । पार्टी संगठन चलाउन स्थानीय सरकारका प्रतिनिधिहरु तथा उपभोक्ता समितिहरु र शिक्षकहरुसँग चन्दा उठाउने अभियान पनि तिब्र बनाईएको छ । वडा कार्यालयमा चेतावनी
    विप्लब माओवादीका कार्यकर्ताहरुले स्थानीय तहमा भ्रष्टाचार, अनियमितता र गुण्डागर्दी मौलाएको भन्दै त्यसको नियन्त्रणका लागि अभियान शुरु गरेको बताएको छ । धुलिखेल–नमोबुद्ध नगर समितिका इन्चार्ज रमेश नेपालीले नमोबुद्ध नगरपालिका वडा नम्वर १ मा सूचना टाँस गरी चेतावनी दिएको बताए । 
    वडा कार्यालयमा गुण्डागर्दी बढेको, हैकमबादी सोच हावी भएको, योजनाहरुमा अनियमितता गरेको आरोप लगागाउँदै तत्काल सच्याउन चेतावनी दिईएको छ । वडा कार्यालयमा टाँस गरिएको सूचनामा अनिश्चितकालिन वडा कार्यालय बन्द गरिएको बताएको थियो । उसले वडा कार्यालयमा ताला बन्दी गरेको जनाएको छ । विप्लब माओवादीका कार्यकर्ताहरुले लगाएको ताला सुरक्षाकर्मीको टोलीले फुटाएको छ । 
    मण्डन देउपुर नगरपालिकाको वडा नम्वर १० चण्डेनीमा पनि नेकपा माओवादी विप्लब समुहले ताला बन्दी गरेको छ । वडामा भएको भ्रष्टाचार रोक्न माग गर्दै उसले तालाबन्दी गरेको जनाएको छ ।