2019 December 09/ 05:53: 37am

    धुलिखेल/सिंहदरवारको अधिकार स्थानीय सरकारलाई प्राप्त भए सँगै नागरिकलाई दिनुपर्ने सुविधाका लागि धुलिखेल नगरपालिकाले सुविधा सम्पन्न सभा हलको शिल्यान्यास गरेको छ । 
    ६ सय ब्यक्ति अट्ने क्षमताको सभा हलको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले शिल्यान्यास गरेका थिए । ९ सय ७३ वर्ग मिटर क्षेत्रफल भएको सभा हल बहुउदेश्यीय रहेको छ । एउटै हलबाट धेरै प्रकारको सुविधा लिन सकिने भएकाले नगरबासीहरुका लागि फलदायी हुने नगर प्रमुख अशोक ब्याञ्जुले बताए । ‘धुलिखेल हरेक हिसाबले केन्द्रमा रहेको छ, राजधानीबाट नजिक रहेको धुलिखेल पर्यटकीय हिसाबले पनि अगाडि छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘स्थानीय सरकारको आफ्नै सभा हल हुनु आवश्यक छ । हलबाट धेरै प्रकारको लाभ लिन सकिने इन्जिनियर रोजन ताम्राकारले बताए । ८ मिटर उचाई रहने हलको निर्माण कार्य जेठ २४ गते सम्झौता भएको हो । पहिलो चरणमा ९७ लाख ५१ हजार लागत अनुमान गरिएकोमा ७० लाख ४ हजार रुपैयामा कबोल गरी निर्माण कार्य सम्झौता भएको छ । हल सम्पन्न हुँदा ४ करोड २० लाख लाग्ने अनुमान गरिएको छ । पहिलो चरणको कार्य ६ महिनामै सम्पन्न हुनेछ । 
    बाहिरी ताप्रक्रम नियन्त्रण गर्ने र बाहिरी अवस्था अनुसार प्रयोग गर्न मिल्ने हल स्टिल फ्रेम स्टक्चरमा निर्माण हुनेछ । ६ सय ब्यक्ति अटाउने सभा हलका लागि महिला र पुरुष अलग अलग २६ जना अट्ने क्षमताको शौचालय निर्माण हुनेछ । सभा हलमा भिआईपी पार्किङ्ग सहितको ब्यवस्था गरिएको छ ।