2019 November 13/ 05:03: 01am

धुलिखेल/धुलिखेल नगरपालिकाले जनस्वास्थ्य क्षेत्रमा अर्को नयाँ कार्यको सुरुवात गरेको छ । स्थानीय सरकारले स्वास्थ्यको क्षेत्रमा गरेको यो नमुना कार्य सम्भबतः नेपालकै पहिलो कार्य हो । 
स्वास्थ्यको सम्पुर्ण जानकारी तथा तथ्यांकहरु एकै स्थानमा उपलब्ध गराउन तथा कार्यक्रमहरुबारे जानकारी दिने उध्देश्यले  धुलिखेल नगरपालिका वडा नं. ८ स्थित धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले स्वास्थ्य सुचना केन्द्र ९ज्भबतिज क्ष्लायचmबतष्यल ऋभलतभच० सुरु गरेको हो । यहि २०७६ आषाढ ९ गते सोमबारका दिन धुलिखेल नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्यञ्जुले उद्घाटन गर्नु भएको हो ।  उक्त स्वास्थ्य सुचना केन्द्रको उद््घाटन सत्रमा  उध्देश्यमाथि प्रकाश पार्दे नगर  स्वास्थ्य संयोजक सन्दीप के.सी.ले धुलिखेल भित्र रहेका धुलिखेल अस्पताल, धुलिखेल प्राथमिक स्वास्थय केन्द्र, आयुर्बेद औषधालय, ६ वटा स्वास्थ्य चौकीहरु, ३ वटा नगर स्वास्थ्य केन्द्र तथा  सम्पुणर््ा निजी, सरकारी तथा गैह्र  सरकारी निकायहरुको स्वास्थ्य संग सम्बन्धित  प्रदान गरिने सेवा बारेका सुचना तथा जानकारीहरु उपलब्ध गराउने केन्द्रको रुपमा सञ्चालन गरिने बताउनु भयो । साथै आगामि दिनमा यस केन्द्रलाई स्वास्थ्य सुचनाको लागि सिकाइ केन्द्र (ीभबचलष्लन अभलतभच ) रुपमा विकसीत गरिने नगरपालिकाको सोच रहेको समेत जानकरी गराउनु भयो । कार्यक्रममा बोल्दै स्वास्थयकार्यालय काभ्रेका प्रमुख नन्दराज अवस्थीले धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालको रुपमा पोष्टमार्टम सेवा लगायत प्रहरी केश फाराम लगायतका सेवा प्रदान गरिरहेकोले जिल्ला अस्पतालको रुपमा विकास गर्नुपर्ने बताउँदै सस्थ्य सुचना केन्द्र नयाँ सोचका साथ कार्य गरिएकोमा सफलताको कामना गर्नु भयो । 
    वडा नं ८ का वडा अध्यक्ष  तथा प्रथमिक स्वास्थ्य केन्द्र ब्यबस्थापन समिति अध्यक्ष श्री निराजन जंगमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका उप प्रमुख बिमला कुमारी शर्मा, सामाजिक बिकास समिति संयोजक बिष्णु धिताल, प्रा. स्वा.के. प्रमुख डा.मुनु महत, तथा  धुलिखेल नगरपालिकाका स्वास्थय सह संयोजक सरदचन्द्र थापा, ब्यबस्थापन समितिका पदाधिकारीहरु, स्वास्थ्य कार्यालय काभ्रेका क्षय कुष्ट अधिकृत, परिवार नियोजन अधिकृत  लगायत महिला स्वास्थ्य स्वयं सेबिकाहरुको उपस्थिति रहेको थियो ।  
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले जनस्वासथ्यको क्षेत्रमा धुलिखेल नगरपालिकाले स्वस्थ शहर ९ज्भबतिजथ ऋष्तथ० निर्माणको परिकल्पना साथ कार्य गरिरहेकोमा यस  स्वास्थय सुचना केन्द्र थप बिकासको आधार भएको र स्वास्थ्यको अध्यययन कर्ताहरुको लागि समेत यसले नमुनाको रुपमा भुमिका खेल्न सक्ने बताउनु भयो । उहाँले नगरपालिका ले बालमैत्री नगर, वातावरण मैत्री नगर संगै धुलिखेललाई स्वस्थ शहर बनाउने नीति अनुरुप स्वास्थ्य सुचना केन्द्रको थालनी गरिएको प्रष्टपार्नु भयो । कार्यक्रम संचालन धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रका सि. अ.हे.ब. अधिकृत तथा  स्वास्थय सुचना केन्द्रका फोकल पर्सन कृष्ण बहादुर आलेले गर्नु भएको थियो । हाल यस केन्द्रका कार्यलाई प्रभावकारी बनाउन १ थान ल्यापटप तथा अन्य आवस्यक सुचना तथा सैक्षिक सामाग्रीहरु धुलिखेल नगरपालिका बाट उपलब्ध गराइएको छ ।