2019 July 22/ 09:52: 49pm

    बनेपा/नेपाल योग खेलकुद संघ काभ्रेको आयोजनामा काठमाडौमा सम्पन्न दोश्रो राष्ट्रिय योग खेलकुद प्रतियोगितामा काभ्रेबाट बिजयी योग खेलाडीलाई सम्मान गरिएको छ । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब के.सि.को प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश ३ का अध्यक्ष ग्रुवेन तौजले, जिल्ला अध्यक्ष दमनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्ष एवं जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष सचितानन्द केसी, वडा अध्यक्ष शेरबहादुर सुवाल, भेषराज शाह लगायतले योगले पारेको प्रभाव र योग खेलकुदले जिल्ला र नेपालमा पहिचान बनाउन सफल उत्कृष्ट खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष पूर्णचन्द्र सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रम बनेपा नगरपालिका ९ श्रीकृष्ण प्रणामी मन्दिर योग साधना केन्द्रमा आयोजना गरिएको थियो । 
    जिल्लाबाट सहभागी भई राष्ट्रिय स्तरमा १४ जना खेलाडीहरुले विभिन्न विद्यामा पदक प्राप्त गरेका थिए ।