2019 July 22/ 09:44: 24pm

    धुलिखेल/शैक्षिक गुणस्तर सुधारका लागि २०६६ साल देखि शैक्षिक गुणस्तर परिक्षण केन्द्रले २४ जिल्लाका १९ सय ९९ विद्यालयमा आर्थिक वर्ष २०७४÷०७५ सम्म अनुसन्धान गरेको छ भने २०७५÷०७६ मा १ हजार विद्यालयमा अध्ययन अनुसन्धान गरेको छ । 
    काभ्रेपलाञ्चोक जिल्लाको कक्षा ८ मा सन् २०११ देखि नेपाली, अंग्रेजी, गणित र सामाजिक विषयको परिक्षण गरेको थियो । राष्ट्रिय स्तरका ७ वटा परीक्षा संचालन गरी केन्द्रले ७ वटा प्रदेशका १४ सय विद्यालयका १४ सय शिक्षक र २८ हजार ३ सय ८१ विद्यार्थीहरुमा गणित र नेपाली विषयको परीक्षण गरेको थियो । केन्द्रका प्राविधिक अधिकृत लवदेव भट्टका अनुसार शिक्षाको स्वास्थ्य परीक्षणका लागि उक्त कार्यक्रम महत्वपूर्ण मानिएको छ । विद्यालयमा हुने सम्पूर्ण सिस्टमको परीक्षण गरिएको उक्त कार्यक्रमबाट कक्षा ८ को तीन पटक, कक्षा ३ र ५ को ३ पटक र कक्षा १० को १ पटक परिक्षण गरिएको छ । विद्यालयको स्तरीकृत परीक्षण मार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको महानिर्देशक टेकनारायण पाण्डेले बताए । विद्यार्थीहरुको सिकाई उपलब्धीको राष्ट्रिय परिक्षण, विद्यालय तथा शैक्षिक निकायहरुको कार्य सम्पादन परीक्षण, शैक्षिक मुद्दाहरुमा अध्ययन÷अनुसन्धान गर्ने उद्देश्यले यो कार्यक्रम देशका २४ जिल्लाका २ हजार विद्यालयहरुमा शुरु भएको छ । 
    २१ औ शताब्दीका सिपहरु समेत परिक्षण गरिरहेको उक्त केन्द्रले विद्यालयहरुको नियमितता परिक्षण, वित्तिय परीक्षण, कार्य सम्पादन परिक्षण गरिरहेको छ भने मितब्ययी, कार्य क्षमता र प्रभावकारीतालाई विशेष जोड दिएको छ । अध्ययन अनुसन्धानका क्रममा औषध प्रतिशत भन्दा कम प्राप्त भएको महानिर्देशक अर्यालले बताए । अर्यालले ४ वटा मूल प्रश्नका २८ वटा उपप्रश्न र २२८ वटा सहायक प्रश्न मार्फत समग्र शिक्षाको विषयमा सुधार गर्न सकिने बताए ।