2019 July 22/ 10:46: 38pm

धुलिखेल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिकाले नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । पनौती, पाँचखाल र बनेपा नगरपालिकाले परिषद् शुरु गरे पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छैन । महाभारत, रोशी, बेथान्चोक गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भुम्लु, खानीखोला, तेमाल, चौरीदेउराली गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत भएन । 

    असार ९ गते बनेपा नगरपालिकाले नगरको पाँचौ अधिबेशन शुरु ग¥यो । नगर सभाका अध्यक्ष एवं नगर प्रमुख लक्ष्मी नरसिं बादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर सभा सदस्यहरुले धारणा राखेका थिए । अर्काे बैठक असार २० गते बस्ने गरि स्थगित भएको छ । सोहि बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्य सूची तय भएको छ । सभा अध्यक्ष लक्ष्मीनरसिं बादेले आगामी वर्षका लागि संचालन गर्ने नीति तथा कार्यक्रमका बारेमा संक्षिप्तमा भनाई राखे पछि त्यसकै आधारमा सदस्यहरुले सुझाव प्रस्तुत गरेका थिए । ‘सुझावलाई समेत समेटेर नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ’– नगर प्रमुख लक्ष्मी नरसिं बादेले भने । 
    पनौती नगरपालिकाले केहि दिन अघि देखि नै सभाको बैठक प्रारम्भ भएको जानकारी दिएको छ । ‘हामीले धेरै अघि देखि बैठक प्रारम्भ गरेका छौं’–नगर प्रमुख भिम न्यौपानेले भने–‘असार २३ गते दोश्रो बैठकमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दछांै ।’ 
    पाँचखाल नगरपालिकाले औपचारिक बैठक शुरु नगरे पनि अनौपचारिक छलफल, विषयगत समितिका बैठकहरु, राजश्व परिचालन तथा ब्यवस्थापनको खाका तयार गरिसकेको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा पाचौँ नगर सभा सम्पन्न गर्ने गरी तयारी गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । 
    धुलिखेल, मण्डन देउपुर र नमोबुद्ध नगरपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, मण्डन देउपुर नगर प्रमुख टोकबहादुर वाईबा र नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरको समग्र विकासका लागि प्रदेश, संघ सरकार र नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको बताएका थिए । मण्डन देउपुर नगरपालिकाले प्रत्येक वडामा ५ वटा योजना तय गरेको छ । 
    मण्डनदेउपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को प्रगति प्रतिवेदन नयाँ बजेट प्रस्तुत गरेको छ । सडक सिमांकन, विद्यालय भवन निर्माण, सिंचाई लगायतका काममा उनिहरुलाई खटाईने छ  । नगरपालिकाले एक घर एक धारा अभियान अन्र्तगत २ हजार घर धुरीमा धारा जडान गरिसकेको र आगामी वर्ष थप घर धुरीहरुमा धारा पु-याउने लक्ष्य लिएको छ । दलित महिलाको भत्तामा नगरपालिकाले एक हजार थप गरेर वितरण गरेको छ । जनप्रतिनिधिले भत्ता नलिने निर्णय गरेको छ । प्रत्येक वडामा जम्मा ५ वटा योजना छनौट गर्ने निर्णय भएको छ । अघिल्लो वर्ष ३ सय भन्दा धेरै योजनाबाट चालु वर्षमा २ सय ७० वटा योजना छनौट गरिएकोमा आगामी वर्षमा १ सय भन्दा धेरै योजना नबनाउने गरी वडाबाट कम योजना तर कार्यान्वयन गर्न सहज हुने छनौट गरएको छ । नगर प्रमुख टोकबहादुर वाईवा र उपप्रमुख निर्मला शाहिले नगरपालिकाको नीति तथा कार्यक्रम, बजेट र विधेयकहरु प्रस्तुत गरेका थिए । 
    नमोबुद्ध नगरपालिकाले मंगलबार आर्थिक वर्ष २०७६⁄०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख टिपी शर्माले कृषि, वातावरण, व्यापार, पर्यटन र उद्योगको विकास, सुन्दर र समृद्ध नगरपालिका निर्माण हाम्रो सशक्त अभियान भन्ने दिर्घकालिन सोचका साथ तयार गरिएका नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । चालु आर्थिक वर्ष २०७५⁄०७६ मा विभिन्न स्रोतहरुबाट कुल आम्दानी ५३ करोड ११ लाख रहेकोमा कुल बजेटको ६९ प्रतिशत खर्च गर्न सफल भएको दावी गर्दै आगामी आर्थिक वर्षमा प्रत्यक्ष जनसहभागितामा विकास खर्च प्रतिशत बढाउने, आन्तरिक स्रोतहरुको पहिचान बृद्धि गर्ने जस्ता प्रतिवद्धताका साथ नगरले विभिन्न क्षेत्रलाई समेट्दै बजेट अधिवेशन मार्फत नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । नगर प्रमुख शर्माद्धारा प्रस्तुत नीतिमा जैविक कृषि उत्पादन, पर्यटन र व्यापारबाट नागरिकको आयस्तरमा उल्लेखनीय रुपमा बृद्धि गर्दै पाँच वर्ष भित्रमा मध्यम आय भएका देशका नागरिक सरह बनाउने लक्ष्यका साथ सडक तथा यातायात, खानेपानी तथा सरसफाई, कृषि तथा पशुपन्छी विकास सम्बन्धी छन् । साथै बस्ती विकास तथा भुकम्प प्रतिरोधी भवन निर्माण, विद्युत तथा वैकल्पिक उर्जा, वातावरण संरक्षण, सुचना संचार तथा प्रविधि विकास, संस्थागत विकास तथा मानव संसाधन, आदिवासी जनजाती, बालबालिका, महिला, ज्येष्ठ नागरिक, दलित, अपांग लगायतका क्षेत्रमा नीतिहरु पनि सार्वजनिक गरिएको छ ।
    सडक तथा यातायात नीतिमा चालु आर्थिक वर्षमा नगरस्तरीय यातायात गुरुयोजनाको निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ । नगरको तेमाल खण्ड स्थित कानपुर, कालापानी तोङसोम कुण्डसम्मको सडकलाई बुद्ध सडकको रुपमा विस्तार गर्ने प्रस्ताव गरिएको छ । तेमाल विकासको ढोका खोल्न र तोङसोम कुण्डको एतिहासीक, धार्मिक पाटोलाई पर्यटनसँग जोड्नका साथै स्थानियलाई सहजताका लागि बुद्ध सडकको अवधारणा अघि बढाएको छ । नगरको पहिचान विश्वभर फिजाउन, नमोबुद्धलाई राष्ट्रिय बुद्ध सर्किटमा जोड्ने, नमोबुद्धमा सुचना केन्द्र स्थपना गर्ने लगायतका कार्यक्रमलाई महत्व दिईने छ । देशैभर दुई सन्तानको नीतिलाई प्रश्रय दिईरहँदा यो भन्दा महत्वपूर्ण कुरा दुई छोरी सन्तानपछि परिवार नियोजन गर्ने दम्पत्तिलाई पुरस्कृत गर्ने प्रस्ताव गरिएको छ । छोरा र छोरीविचको विभेदलाई चिर्न पनि यस्तो खालको कार्यक्रम ल्याईएको हो । एक वर्ष भित्र वाल श्रम मुक्त नगर घोषणा गर्ने नीति ल्याईएको छ । बालमैत्री कक्षा शिक्षक, बालविकास केन्द्रका शिक्षकहरुलाई मनोचिकित्सा सम्बन्धी ज्ञान दिईनेछ । सम्झौता अनुसार यहि असार मसान्तबाट भकुन्डेमा सञ्चालित ईट्टा उद्योगहरु विस्थापन गर्ने, राष्ट्रिय राजमार्ग क्षेत्रमा वृक्षारोपण कार्यक्रम गर्ने वातावरण नीतिमा उल्लेख छ । पानी सुरक्षाका लागि पुराना मुहानहरुको संरक्षण गर्ने, आकाशे पानी संकलन जस्ता नीति ल्याईएको छ । प्राकृतिक छेकबारका माध्यमबाट खोल्साका पानीहरुको सञ्चय गराउने कार्यक्रम सार्वजनिक गरिएको छ ।
    महाभारत गाउ“पालिकाले असार १० गते नै नीति तथा कार्यक्रम प्रस्तुत गरे । महाभारत गाउँपालिकाले पहिलो सत्रमा नीति तथा कार्यक्रम र विधेयकहरु पास गर्दै दोश्रो सत्रमा बजेट प्रस्तुत गरेको थियो । अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकाका नागरिकहरुको सम्वृद्धि र आय आर्जन बृद्धीका लागि विशेष कार्यक्रम ल्याईएको बताए । महाभारत गाउँपालिकामा प्राविधिक विषयमा डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई डेढ लाख अनुदान दिने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेको ४० वटा कृषक समुहलाई टिभी उपहार दिने निर्णय गरेको छ । टिभी मार्फत कृषि सन्देश दिने र कृषकहरुलाई उत्पादनमा सहयोग पु-याउने लक्ष्य राखिएको छ । गाउँपालिका उपाध्यक्ष तेजकुमारी माझिले गाउँपालिकाको बजेट प्रस्तुत गरेकी थिईन् । गाउँपालिकाले ३० करोड ३२ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 
    बेथान्चोक गाउ“पालिका प्रमुख प्रेमबहादुर तिमल्सिनाले पर्यटकिय हिसाबले आर्कषक बन्दै गएको बेथान्चोक नारायणस्थान, उत्पादनका हिसावले समृद्ध बन्दै गएको खेति योग्य जमिन र कृषकहरुलाई केन्द्रित गरी नीति तथा कार्यक्रम र बजेट ल्याईएको बताए । रोशी गाउ“पालिका अध्यक्ष डिबी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ढु्ंगा गिट्टी मार्फत ८ करोड ८८ लाख आय हुने अनुमान गरिएको छ भने २० लाख मालपोत कर, ४५ लाख अन्य सेवा बापतको आम्दानी हुने अनुमान गरेका छन् । रोशी गाउँपालिकाले ६५ करोड ८ लाख रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । ‘जसको मन उसैको संरक्षण’, ‘वडा अध्यक्षसँग कर्णधार’ कार्यक्रम रोशी गाउँपालिकाले ल्याएको छ । उत्कृष्ट पेशा ब्यवसाय गर्ने ब्यक्तिहरुलाई जसको मन उसैको संरक्षण कार्यक्रमबाट सम्मानित गरिनेछ । कृषि क्षेत्रमा, पशुपालन क्षेत्र लगायत आय आर्जन गर्ने ब्यक्तिहरुलाई उत्कृष्ट मन भएका ब्यक्तिहरुबाट सम्मान गरिनेछ । बाबु आमालाई संरक्षण गर्ने सन्तनाहरु मध्ये उत्कृष्ट दुई जनालाई प्रत्येक वडाबाट वडाअध्यक्षसँग कर्णधार कार्यक्रमबाट सम्मान गरिनेछ । सुत्केरीलाई पोषिलो खाना अन्र्तगत कुरिलोको प्याकेट वितरण गरिनेछ । रोशी गाउँपालिकाले नागरिकहरुकै लागि हित हुने महत्वपूर्ण कार्यक्रम ल्याएको बताएको छ । 
    खानीखोला, तेमाल, भुम्लु, चौरीदेउराली गाउ“पालिकामा नीति तथा कार्यक्रमम प्रस्तुत भएन तर बैठकको तयारी भईरहेको छ ।