
काठमाडौ विश्वविद्यालयको २०८१ मंसिर २९ गते आयोजित दीक्षान्त समारोहमा परीक्षा नै नदिएका ११ जना विद्यार्थी दीक्षान्तमा सहभागी गराएको घटनाका मुख्य दोषी पदाधिकारी र कर्मचारी रहेको छानविन समितिको निश्कर्ष छ । परीक्षा दिएका तीन जना विद्यार्थी भने दीक्षान्त समारोहमा सहभागी हुने अवसर नै पाएनन् ।
धुलिखेल/काठमाडांै विश्वविद्यालय धुलिखेलले दीक्षान्त समारोहमा परीक्षामा सहभागी नभएका विद्यार्थीहरुलाई दीक्षित गराएको फेला परे पछि गठन गरेको छानविन समितिले रजिस्ट्रारको कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
११ जना विद्यार्थी परिक्षामा सहभागी नभएका दीक्षितका लागि निर्णय भएको थियो भने परिक्षामा सहभागी भएका ३ जना विद्यार्थी दीक्षित हुनबाट बञ्चित भएका थिए । लिटिल एन्जेल्सका प्राचार्य डा.मित्रवन्धु पौडेलले शुरुमा ८ जना विद्यार्थी भनिए पनि ११ जना रहेको जानकारी छानविन समितिका सदस्यहरुलाई गराएका थिए । उन्नती अधिकारी, सुधा तिवारी, विप्लवध्वज थापा, सपना सुवेदी, लोकेन्द्र साउद, कृतिका खड्का, रस्मि गुरुङ, लुनिभा सिंह, आकाश बञ्जारा, विशाल जैसवाल र रोजिना श्रेष्ठ परिक्षामा सहभागी नभएका विद्यार्थी हुन् । उनिहरुले दीक्षान्त समारोहमा भाग लिन निवेदन पनि दिएका थिएनन । तर उनिहरुको नाम दीक्षान्तका लागि समावेश भएको थियो । सोहि विद्यालयमा अध्ययन गर्ने पुजन भट्टराई, उर्गेन स्याङ्गबो गुरुङ र विशाल पोखरेलको नाम दीक्षान्तका लागि समावेश गरिएन । उनिहरुको प्रमाणपत्र पनि बनेको थिएन । उनिहरुमध्ये विशाल पोखरेल विएचएम र अन्य दुई विविए अध्ययन गरिरहेका थिए ।
२०८१ मसिंर २९ गते शनिबार सम्पन्न दीक्षान्त समारोहमा स्कुल अफ म्यानेजमेन्ट अन्र्तगत डीग्री पुरा नभएका र विचमा अध्ययन छाडी गएका समेत अनुर्तिण ८ जना विद्यार्थीका नाम दीक्षान्तका लागि समावेश गराईएको थियो । एक हप्ता भित्र छानविन गरी प्रतिवेदन बुझाउन पुष ७ गते गठन भएको समितिले पुष १६ गते प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन विहीबार सार्वजनिक भएको हो । छानविनका लागि स्कुल अफ ल का डिन प्रा.डा.ऋषिकेश वाग्लेको संयोजकत्वमा पूर्व परीक्षा नियन्त्रक प्रा.डा.पन्ना थापा र पूर्व सहायक परीक्षा नियन्त्रक वीरेन्द्रबहादुर लाखे सदस्य थिए ।
समितिले ग्रेस लिस्टको अन्तिम सूचि तयार गर्दा दीक्षान्त समारोहमा भाग लिन आवेदन दिने विद्यार्थीहरु र ग्रेस लिस्टसँग भेरिफाई गरि छुटेका वा समावेश गर्न नमिल्ने विद्यार्थीहरु प¥यो कि परेन छानविन गरी सूचि तयार नगरेका कारण परीक्षामा समेत सहभागि नभएका विद्यार्थीहरु परेको र परीक्षामा सहभागी भएका विद्यार्थीहरु छुटेको निष्कर्ष निकालेको छ । काठमाडौ विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यालय बालकुमारीमा कार्यरत अधिकृत चन्द्रनारायण खड्काले विद्यार्थीहरुको ग्रेसलिस्ट तयार गरेका थिए । उनले कुनै पनि विवरणको चेकजाँच नगरिकन भर्ना भएको सालको रजिस्ट्रेसनमा दर्ता भएका सबै विद्यार्थीहरुको नाम ग्रेस लिस्टमा समावेश गरेका थिए । उनले गरेको कार्यमा बालकुमारीमा रहेका तथा पनिका धुलिखेलमा रहेका उनि भन्दा माथिल्लो दर्जाका कर्मचारी तथा पदाधिकारीहरुले समेत समन्वय र सुपरिवेक्षणका गरेका थिएनन् ।
छानविन समितिले बालकुमारी र धुलिखेलमा रहेको पनिका कार्यालय बीच समन्वयको अभाव, परीक्षा सम्वन्धी नियन्त्रण कार्यशैली, कार्य विवरण, समन्वयको ढाँचा, कर्मचारी तथा पदाधिकारीहरुको लार्पवाही मुख्य कारण मानेको छ । उक्त कार्यका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान भइृर।हेको छ । सबै कागजात अख्तियार टोलीले लगेको छ । छानविन समितिले उक्त घटना हुनुमा संलग्न कर्मचारी तथा पदाधिकारीको काम प्रतिको लापरवाही तथा उचित समन्वय तथा सुपरिवेक्षणको अभाव देखिएको निश्कर्ष निकालेको छ । प्रतिवेदनमा उक्त कार्यमा अनुचित लाभ लिने मनसाय नभएको उल्लेख गरिएको छ । समितिले ११ जनासँग बयान लिदै आगामी दिनमा त्यस्ता घटना हुन नदिन सुझाव समेत दिएको छ ।