2025 February 10/ 01:47: 24am

    बेथान्चोक/बेथान्चोक जेसीजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रबाट योगदान पु¥याएका ब्यक्तिहरुलाई वर्ष ब्यक्तित्व सम्मानबाट सम्मान गरिएको थियो । 
    वर्ष २०२४ का अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले बेथान्चोकको विपत्ति पछिको खोज, उद्दार तथा समुदायस्तरमा गरिने विभिन्न कृयाकलापमा जेसीज सक्रिय रहेको बताए । ब्यक्तित्व, नेतृत्व तथा क्षमता विकासमा जेसीजले खेलेको भूमिकाको प्रशंशा गर्दै अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले युवाहरुलाई शशक्तिकरण र सकारात्मक सोच तर्फ उन्मुख गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको बताए । वर्ष २०२५ का अध्यक्ष विनोद तिमल्सिनाले पदभार ग्रहण गर्दै स्थानीय सरकार, संघ संस्थासँगको समन्वयमा बेथान्चोकको समृद्धिमा जेसीज सहयोगी बन्ने बताए । 
    गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोकमा परेको विपत्तिमा सहयोग गर्ने जेसीजलाई धन्यवाद दिदै बेथान्चोकको समृद्धिमा सहयात्रा गर्न आब्हान गरे । बेथान्चोकलाई प्राकृतिक विपत्ति परेका समयमा खिसिट्युरी गर्ने, असहयोग गर्ने, आलोचना गरेर विपत्तिमा खुच्चिङ्ग गर्नेहरुलाई पनि बेथान्चोकको समृद्धीबाट नभाग्न अध्यक्ष अधिकारीले अनुरोध गर्दै गाउँपालिकाको विकास निर्माण, नागरिकहरुको समृद्धि सँगै क्षमता अभिबृद्धि र नेतृत्व विकासमा सहकार्य गर्न तयार रहेको बताए । बेथान्चोकलाई नमुना पालिका निर्माणमा आफु प्रतिबद्ध रहेको उनले बताए । 
    कार्यक्रममा बेथान्चोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, जेसीज राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा, उपाध्यक्ष संगम कार्की, पुर्व उपाध्यक्ष राज गौतम, गाउँपालिका पुर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, बेथान्चोक जेसीज मातृ संस्थाका पुर्व अध्यक्ष कपिल कोईराला, जेसीज बेथान्चोकका संस्थापक अध्यक्ष मुक्तिनाथ तिमल्सिना, पुर्व अध्यक्ष हरिकृष्ण दाहाल लगायतले बेथान्चोक जेसीजको स्थापना देखि हालसम्म भएका कार्यक्रमहरुका बारेमा चर्चा गरेका थिए । 
    महासचिव वर्ष २०२४ का सन्दिप तिमल्सिना, वर्ष २०२५ का महासचिव प्रकाश श्रेष्ठ लगायतले संचालन गरेको कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले वर्ष २०२५ का अध्यक्ष विनोद तिमल्सिनालाई सपथ गराएका थिए । अध्यक्ष विनोद तिमल्सिनाले बोर्डका पदाधिकारीहरुलाई सपथ, अध्यक्षीय माला हस्तान्तरण, बोर्डका तर्फबाट कदर पद र मायाको चिनो प्रदान, भुतपुर्व अध्यक्ष क्लवमा स्वागत गरिएको थियो । भुतपुर्व अध्यक्ष शान्ति खत्री, डिकमान लामा लगायतले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । 
    बेथान्चोक जेसीजले ब्यक्तित्व तथा प्रतिभा सम्मानबाट गाउँपालिका अध्यक्ष भगवान अधिकारी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, जेसीजका पुर्व अध्यक्ष डिकमान लामा, काठमाडौ जेसीज २०२४ का अध्यक्ष एन्जिला खड्कालाई सम्मान गरिएको थियो । बेथान्चोकका लागि योगदान पु¥याए बापत उनिहरुलाई सम्मान गरिएको अध्यक्ष मोहनकृष्ण तिमल्सिनाले बताए ।