2024 December 06/ 07:47: 04am

रोटरी खबर

रोटरी क्लब अफ काभ्रे बनेपामा श्याम 
    बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाको वर्ष २०२४/०२५ का लागी अध्यक्षमा श्यामकुमार तिमल्सिना चयन भएका छन् । 
    क्लबको २३ औ अधिबेशनबाट श्यामकुमार तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । आगामी कार्यकालको लागी अध्यक्ष सरिता शाक्य, निर्वाचित अध्यक्ष देवराज भण्डारी, उपाध्यक्ष सुनिल लुईटेल, सचिब ऋषीराम दाहाल, कोषाध्यक्ष सरिना शाक्य, सदस्यहरुमा डा. सुमन कर्माचार्य, महेश कायस्थ, कुशल श्रेष्ठ, विरबहादुर लामा, ऋषिराम गौतम, विवस तिमल्सिना, पद्मा शाक्य, शलिमा कायस्थ, कमला आले र रुकेश राजभण्डारी रहेका छन् । कार्यक्रममा पुर्व अध्यक्षहरु हिरा शर्मा नेपाल, भुवनकाजी मानन्धर, नरेशकुमार प्रधानाङ्ग, सुर्यप्रभा शाक्य, सुन्दर थापा मगर, रुकमणी तिमल्सिना, रामप्यारी बज्र्राचार्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम वर्ष २०२३÷०२४ का अध्यक्ष केशब बडालको अध्यक्षतामा सम्पन्न भएको थियो । केशब कुंँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएका कार्यक्रममा बाल्दै प्रमुख अतिथी कुवंँरले रोटरी क्लब भनेकै समाजाीक क्षेत्रमा काम गर्ने संस्था भएकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए । विभिन्न संघ सस्थाको सहयोगमा क्लबले विभिन्न कार्य गरिरहेको र आगामी दिनमा समेत निरन्तर रहने कुवंँरले बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्यामकुमार तिमल्सिनाले सदैव सामाजिक कार्यमा रहँदै आएको र अब पनि सामाजिक कार्यमै सबैको सहयोग लिएर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे । 

स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण
    रोटरी क्लब अफ काभ्रेले शिर मेमोरियल अस्पतालमा रहेका सुत्केरी तथा नवजात शिशुको लागी स्वास्थ्य साम्रागी एवं न्यानो कपडा वितरण गरेको छ ।  अस्पतालमा रहेका सुत्केरी महिला १८ जना, नवजात शिशु १८ जना र गर्भवती महिला २ जनालाई उक्त स्वास्थ्य सामाग्री तथा न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष श्यामकुमार तिमल्सिनाले जानकारी दिए । आमा तथा नवजात शिशुहरुको स्वास्थ्य तथा स्याहार संबन्धी जनचेतना फैलाउने उदेश्यले क्लबको सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको तिमल्सिनाले बताए । क्लबले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने तिमल्सिनाले बताए । कार्यक्रममा शिरमेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर जि.गेएरेस, रोटरी क्लब अफ काभ्रे बनेपाका पद्यादिकिारी तथा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो । 

धुलिखेल रोटरीमा ज्योत्सना सैंजु
    धुलिखेल/रोटरी क्लव अफ धुलिखेल, रोटरी इन्टरनेशनल ३२९२ को २७ औ पदस्थापन समारोह धुलिखेलमा सम्पन्न भएको छ । पुर्व डिस्ट्रिक गर्भनर रविन्द्रमान पियाको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा वर्ष २०२४/२०२५ की अध्यक्ष ज्योत्सना सैंजुको अध्यक्षता रहेको थियो । 
    कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा, रोटरीका चन्द्रप्रसाद आचार्य, धुलिखेल रोटरीका निवर्तमान अध्यक्ष कमला श्रेष्ठ, सचिव लक्ष्मण लामा लगायतले धुलिखेल रोटरीका गतिविधीका बारेमा जानकारी गराएका थिए । सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष ज्योत्सना सैंजुले आगामी कार्यक्रमका बारेमा जानकारी गराउँदै रोटरीले लिएको उदेश्य र लक्ष्य प्राप्तिमा निरन्तर सक्रिय हुने प्रतिवद्धता ब्यक्त गरिन् । कार्यक्रममा धुलिखेल रोटरीमा आवद्ध भएका नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो । रोटरीद्वारा प्रकाशन गरिएको स्मारिका विमोचन गरिएको थियो । निवर्तमान अध्यक्ष कमला श्रेष्ठले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण गतिविधीहरुका बारेमा जानकारी गराएकी थिईन् भने सञ्जिवनी स्कुल धुलिखेलबाट एसईईमा उत्कृष्ट तथा हिमालय स्कुल बनेपाका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको थियो । 
    कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाले दीगो विकास लक्ष्यका सुचकहरु पुरा गर्ने अभियानमा नगरपालिका सबै क्षेत्रसँग साझेदार गर्न तयार रहेको बताए । धुलिखेल नगरपालिका भित्र २०७४ अगाडी ३१ प्रतिशत नागरिकहरुको घरमा खानेपानी पुगेकोमा हाल ८६ प्रतिशत घरमा पुगेको, १३ प्रतिशतबाट ४.३६ प्रतिशतमा गरिवी घटेको लगायतका सुधारका कार्यहरु भएको नगर प्रमुख ब्याञ्जुले बताए । वातावरण, उद्यमशिलता, रोजगार र समृद्धीका क्षेत्रमा कार्य गरिरहेको बताउँदै सामाजिक अभियानमा रोटरी लगायतका संस्थासँग समन्वय गर्ने नगर प्रमुख ब्याञ्जुले बताए । विश्वमा नमुना मानिएको कार्यक्रम धुलिखेल स्वस्थ शहर निर्माण अन्तिम चरणमा पुगेको बताउँदै नगर प्रमुख ब्याञ्जुले नेपालमा यो नमुना कार्यक्रम भएको बताए । धुलिखेलका सामुदायिक विद्यालय र क्याम्पसमा निशुल्क शिक्षा उपलब्ध गराईएको बताउँदै नगर प्रमुख ब्याञ्जुले धुलिखेलबासीलाई निशुल्क र अन्य पालिकाहरुका नागरिकहरुलाई ५० प्रतिशत शुल्क लिईएको बताए । विकासको मोडल परिवर्तन गर्नु पर्ने आवश्यकता भएको बताउँदै ब्याञ्जुले हरेक क्षेत्रमा सक्रियता पुर्वक कार्य गर्न नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिए । 
    कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथी रविन्द्रमान पियाले रोटरीको मर्म र भावना अनुसार कार्य गर्न नयाँ समितिलाई शुभकामना दिदै पुरानो समितिले गरेका कार्यहरुको प्रशंशा गरेका थिए ।