2025 March 20/ 10:48: 36am

    बनेपा/शिर मेमोरियल एड्भेन्टिष्ट अस्पताल बनेपामा १४ वर्ष कम उमेर समुहका ३२ जना बालबालिकाहरुको निःशुल्क सर्जरी सहितको उपचार सेवा उपलब्ध गराईएको छ । एक साता लामो शिविर आयोजना गरी अस्पतालले विभिन्न क्षेत्रबाट उपचारका लागि सहभागि भएका बालबालिकाहरुको निःशुल्क उपचार गराएको हो । 
    २०८१ असार ३० देखि साउन ४ सम्म सञ्चालन भएको बच्चाहरुको सर्जरी क्याम्पका लागि अमेरिका स्थित लोमा लिन्डा युनिभर्सिटी तथा ग्लोबल पेडियाट्रिक स्पेसियलिष्ट एलाइन्सको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो । शिविरमा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.धु्रव कँडेलको नेतृत्वमा सम्पन्न उक्त शिविरमा तीन महिना देखी १४ बर्षसम्मका ३२ जना बालबालिकाले लाभ लिएको अस्पतालले जानकारी दिएको छ । शिविरमा बालबालिकाहरुको विभिन्न रोगहरु हर्निया, हाइड्रोसिल, अण्डकोश, पिसाब नली, मृगौला तथा पेटका विभिन्न समस्याहरुको अप्रेशन तथा औषधी उपचार गरिएको थियो । शिविर पछि डा. डा. धु्रव कँडेलले भने– ‘शिविरमा उपचार गरिएका बालबालिकामा अप्रेशनको क्रममा र अप्रेशन पश्चात् कुनै किसिमको समस्या देखिएनन । 
    शिविरमा आसपासका जिल्ला देखि तराईका विभिन्न जिल्लाका बालबालिकाहरु समेत सहभागि भई लाभान्वित भए ।’ शिविरले आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई धेरै सहायता पुगेको कँडेलले बताए । शिविरमा आएका बिरामीहरुको उपचारमा कान्ति बाल अस्पतालका कन्सल्टेन्ट पेडियाट्रीक सर्जन डा. बालमुकुन्द बस्नेत, शिर मेमोरियल एड्भेन्टिष्ट अस्पतालका वरिष्ठ सर्जन सकिने र अन्यत्र रिफर गर्नु नपर्ने उनले बताईन् । डा.शशिन्द भुजु तथा डा. भक्ति शेरचन समेतको रहेको थियो । अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जेला बस्नेतले अस्पतालमा लोमा लिन्डा युनिभर्सिटी तथा ग्लोबल पेडियाट्रीक स्पेसलिष्ट एलाइन्ससँगको सहकार्यमा निकट भविष्यमा नै पेडियाट्रीक सर्जरी डिपार्टमेन्ट शुरुवात गर्न लागिएको बताईन् । जसले गर्दा अस्पतालमा बालबालिकाको जटिल प्रकारको रोगहरुको अप्रेशन गर्न सकिने र अन्यत्र रिफर गर्नु नपर्ने उनले बताईन् । 

रियाले पाएको नयाँ खुशी
    १७ महिनाकी रिया गौतम । शल्यक्रिया पछि मुस्कुराइरहेकी थिइन । उनकी आमा रीता गौतमले उनलाई मायाले समातेर राहतको मुस्कान फैलाएकी थिइन् । चिन्ताहरू भारमुक्त थिए । अस्पतालबाट करिब एक घण्टा पूर्व पट्टि पाँचखालमा भाडाको कोठामा बस्दै आएका उनको जन्मघर काभ्रेपलाञ्चोकको रमणीय गाउँ चौरीदेउरालीमा छ । अस्पतालबाट धेरै टाढा नबस्ने भए पनि परिवार पाल्नका लागि मात्रै कमाएको र अस्पताल जान खर्चिलो भएकाले रीताले छोरीलाई डाक्टरसँग परामर्शका लागि अस्पताल लैजान सकेनन् । खेतीपाती उनीहरूको जीविकोपार्जनको प्रमुख स्रोत हो । जसले निर्वाह र आम्दानी दुवै प्रदान गर्दछ ।
    रियालाई भएको समस्याका बारेमा बाबु आमा थप चिन्तित थिए । डर र शंकाले उनको दिमागमा यो के हो र यसले के निम्त्याउँछ भनेर हरेक दिन तनाव बढाई रहेको थियो । यस्तै समस्यामा परेका बालबालिकाका लागि शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल बनेपामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको जानकारी पाए पछि उनको डर हट्यो । रीता आफ्नो खेतको काम र बाख्रालाई समेत अरुको जिम्मा लगाएर बच्चालाई लिएर अस्पताल आईन् । डाक्टरहरूले जाँच गरे पछि रीतालाई भने – ‘यो इन्गिनल हर्निया बायाँ हो । केवल एक अवस्था जहाँ शरीरको भित्री भाग कमजोर मांसपेशिहरु र तन्तुहरुको कारण धकेलिएको थियो र एक साधारण मर्मत प्रक्रियाले यसलाई पहिलाकै स्थानमा फर्काउन मद्दत गर्न सक्छ । उनको शल्यक्रियाको लागि तालिका बन्यो । खर्चको बारेमा सोध्ने आँट गरिनन् । डाक्टरले सबै निशुल्क हुने र शल्यक्रियामा केही खर्च लाग्दैन ।’ 
    छोरीको निःशुल्क उपचार हुने कुराले रीता खुशीले गद्गद् मात्रै भईनन् तत्कालै श्रीमानलाई फोन गरेर जानकारी गराईन् । रियाको आमा भन्दा बाबा धेरै खुशी भए । केहि दिनमा नै उनलाई अस्पतालमा भर्ना गरेर हर्नियोटोमीको साथ बायाँ इन्ग्युनल हर्नियाको सफल शल्यक्रिया भयो । छोरीले पाएको असाधारण हेरचाह र सेवाका लागि रीताले अस्पताल, उपचारमा संलग्न चिकित्सक र सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् ।