2019 August 19/ 11:25: 23am

    धुलिखेल/पर्यटनको हब बन्दै गएको धुलिखेल नगरपालिकाले पर्यटन सम्वन्धी सम्मेलन गर्ने भएको छ । सोमबार बसेको नगर कार्य पालिका बैठकले धुलिखेलमा पर्यटन सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
    धु्लिखेलमा पछिल्लो समय थ्री स्टार देखि रेष्टुरेण्टसम्म करोडौ रुपैयाँ लगानीमा खुल्न थालेका छन् । धुलिखेल सिन्धुली बर्दिबास सडक आसपास तथा अरनिको राजमार्ग र धुलिखेल बजार हुँदै काभ्रे भञ्ज्याङ्ग जाने सडक आसपास खुल्ने र खुल्न लागिरहेका होटलहरुमा पर्यटकहरुको सख्या दैनिक थपिदै गएको छ । पर्यटकहरुको आगमनसँगै उनिहरुको बसाई लम्याउन तथा पर्यटकहरुलाई धुलिखेलमा न्यानो आतिथ्यता प्रदान गर्ने गरी धुलिखेलमा पर्यटन सम्वन्धी तयार भएको मास्टर प्लानलाई अझै मजबुत बनाउने गरी पर्यटन सम्मेलन आयोजना गर्न लागिएको नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए । नगर कार्यपालिकाको बैठकले यसअघि गठन भए जस्तै कृषि परिषद् र उद्योग बाणिज्य परिषद् गठन गर्ने निर्णय गरेको प्रवक्ता पुष्प राउतले जानकारी दिए । फागुन ५ गते नगरपालिकाले स्थापना दिवस मनाउँदै छ । गठन हुन लागेका परिषद्हरुको कार्याविधि बनाउने र गठन गर्ने राउतले बताए ।