2024 April 25/ 06:26: 17am

    भुम्लु/काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजना र दोलालघाट सहकारी संजालको स्थानिय व्यवस्थापनमा भुल्मु गाँउपालिकामा एक दिने आधारभुत सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
    तालिममा भुल्मु गाँउपालिकाको विभिन्न साकोसबाट २६ जनाको सहभागिता रहेको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सदस्य विकाश वादेको स्वागत मन्तव्य रहेको कार्यक्रममा उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो । दोलालघाट सहकारी संञ्जालका संयोजक केशव वहादुर बुढाथोकी, जिल्ला बचत संघका संचालक सदस्य सागरनाथ कपाली, शिक्षा तथा तालिम उप–समितिका सदस्य राजन सापकोटाको सहभागिता रहेको थियो ।
     प्रमुख अतिथि केशवबहादुर बढाथोकीले जिल्ला बचत संघले सदस्य संस्थाहरुलाई सहकारी सम्बन्धि नीति नियम र सिद्धान्तको पालना गराउन मार्गदर्शन गर्दै अभिभावकले बच्चालाई स्याहार तथा व्यवस्थापन गरेझै बचत संघले सदस्य संस्थाहरुलाई छहारी  प्रदान गरी छाता संगठनको भुमिका निर्वाह गरेको बताए । तालिममा जिल्ला बचत संघका सञ्चालक तथा अनुगमन तथा समन्वय उप समितिका संयोजक उपेन्द्र प्रसाद हुमागाईले सहकारी ऐन २०७४ का व्यवस्था र त्यसबाट सहकारीमा भएका नीति, निर्देशिका र कार्यविधिमा पर्ने असरहरु र ऐनको बर्खिलाप जादा हुन सक्ने दण्ड जरीवाना, सञ्चालक र लेखा  तथा सुपरिवेक्षण समितिको संस्था तथा सदस्य प्रतिको उतरदायित्व लगाएतका विषयमा सहभागितात्मक विधिबाट प्रशिक्षार्थीका जिज्ञासा समाधान गर्दै प्रशिक्षण प्रदान गरेका थिए ।