2018 December 15/ 10:45: 28pm

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशन हुँदै आएको चेष्टा साप्ताहिकले स्थापनाको २५ वर्ष भव्य रुपमा मनाएको छ । धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रका ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो । 
    प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ का सांसद गंगाबहादुर दोङ्ग, प्रदेश सभाका सांसदहरु रत्न ढकाल, चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, गोमा भुर्तेल, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, १३ वटै स्थानीय सरकारका प्रमुख उपप्रमुख, जिल्लाका विभिन्न कार्यालयका कार्यलय प्रमुखहरु, जिल्ला स्थित उद्योगी ब्यवसायी, शैक्षिक तथा सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, जिल्लाका विशिष्ठ ब्यक्तिहरुको सहभागिता रहेको थियो । 
    सहभागि वत्ताहरुले चेष्टा पत्रिकाले जिल्लाको विकास निर्माण, शान्ति प्रकृया, जनताको आवाजमा उठाएका सवालहरु, चोटिला र संर्घषपूर्ण कथाको ब्याख्या गरेका थिए । प्रकाशक÷सम्पादक अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाको २५ वर्ष समेटिएको ईतिहास सहितको जिल्लाको सम्वृद्धीको यात्राको तथ्य तथ्याङ्क भएको स्मारिका विमोचन गरिएको थियो । प्रतिनिधि सभा सांसद गंगाबहादुर दोङ्ग, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, पत्रिकाका प्रकाशक÷सम्पादक अशोक ब्याञ्जुले स्मारिका विमोचन गरेका थिए । १ सय ३० पृष्ठको स्मारिकाले मुलुकको सम्वृद्धीका लागि मार्गचित्र समेत गरेको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी लोकबहादुर थापालाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
    कार्यक्रममा बोल्दै सांसद गंगाबहादुर दोङ्गले मुलुकको सम्वृद्धीका लागि पत्रिकाले विगत देखि खेलेको भूमिका सहनिय रहेको बताए । प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले संचारमाध्यमहरु सच्चिन आवश्यक रहेका बताउँदै आफुले आफैलाई नसुधारे डाईनोसरको अवस्था हुने बताए । नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द आचार्यले मिडियाहरुको शशक्त उपस्थितीले राज्य निर्माण र मुलुकको सम्वृद्धीमा सहयोग पुग्ने बताए । कार्यक्रममा सम्पादक÷प्रकाशक अशोक ब्याञ्जुले मिडियाको उपस्थितीले मुलुक र जनताको हित हुने बताए । पत्रिका सबैका लागि मित्र र शत्रु दुबै हुन सक्ने भएकाले सत्य समाचारको खोजीमा निरन्तर लाग्ने बताए ।