2021 October 19/ 05:30: 13pm

धुलिखेल/६६ औं प्रहरी दिवस २०७८ को सु–अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरी नायब उपरीक्षक हरि खतिवडाको प्रमुख आतिथ्यतामा पुर्व प्रहरी कर्मचारीहरु, अमर तथा अशक्त प्रहरी परिवारका प्रतिनिधिहरु, यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको समुपस्थितिमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा प्रमुख अतिथि हरि खतिवडाबाट अमर प्रहरी स्मारकमा शोक सलामी अर्पण गर्नु भएकोमा थियो । अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारीहरु र उपस्थित सम्पूर्णबाट वीर शहिद प्रहरी कर्मचारीहरुमा श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो भने प्रमुख अतिथि खतिवडाले स्वागत मन्तब्य राखी प्रहरी महानिरीक्षक शैलेश थापाको शुभकामना सन्देश बाचन समेत गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक हरि खतिवडाले अमर प्रहरी कर्मचारीहरुको परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने पूर्व प्रहरी संगठनका प्रतिनिधि लगायतको उपस्थितिमा ६६ औं प्रहरी दिवस २०७८ को उपलक्ष्यमा कार्यालयमा आयोजित टेबल टेनिस (सिंगल÷डबल),ब्याडमिन्टन (डबल), भलिबल जस्ता बिभिन्न खेलकुद गतिविधिहरुमा प्रथम, द्धितिय र तृतिय हुने प्रहरी कर्मचारीहरुलाई मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो । उत्कृष्ट कार्य गर्ने ७ जना प्रहरी कर्मचारीहरु प्रहरी नायब निरीक्षक सन्तोष बाँनिया, प्रहरी सहायक निरिक्षक रुपक थापा, प्रहरी हवल्दार सुभद्रा घलान, मानबहादुर पुलामी, प्रहरी जवान लहबर प्रसाद यादव, कबिराज आचार्य र मिठाराम बजगाईसमेतलाई प्रहरी दिवसको अवसरमा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । 
    ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी निरीक्षक अनिश बुढाथोकीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व दशै तिहार एवं छठ पर्वको शुभकामना व्यक्त गरी आयोजित बिशेष कार्यक्रमलाई समापन गर्नु भएको थियो । 
मैत्रीपूर्ण फुटबल प्रतियोगिता 
    ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल नगरपालिका वडा नम्वर ७ मा सुरक्षा निकाय बिच पारस्परिक सम्बन्ध स्थापित गरी आपसी भातृत्वभावको विकास गर्ने लक्ष्यका साथ मैत्रिपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको छ । खेलको पहिलो चरण अन्तर्गत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र नेपाली सेना कालिजंग गण धुलिखेल बीच प्रतियोगिताभएको थियो । नेपाली सेनाश्री कालिजंग गण धुलिखेल ४–१ को अन्तरमा बिजय भएको थियो भने दोश्रो चरणमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सशस्त्र प्रहरी बल नं. १५ गण हे.क्वा पाँचखाल बिच प्रतियोगिता भएकोमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ५–२ को अन्तरले बिजय भएको थियो । 
    उक्त सुरक्षा निकाय बिचको मैत्रिपूर्ण फुटबल प्रतियोगिता जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलको प्रमुख आतिथ्यतामा समग्र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु नेपाली सेना कालिजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी मिलन थापा, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्री, श्री नं. १५ गण हे.क्वा पाँचखालका सशस्त्र प्रहरी उपरीक्षक महेश के.सी., राष्ट्रिय अनुसन्धान बिभाग धुलिखेलका प्रमुख अनुसन्धान अधिकृत अरुण कार्की, कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडा लगायत अं. ९० जनाको उपस्थितीमा आयोजना गरी सम्पन्न गरिएको थियो ।