2021 October 19/ 04:46: 52pm

मोतीराम तिमल्सिना
धुलिखेल

प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा विभिन्न मितिमा दर्ता भएका ४९ वटा कर्तब्य ज्यान सम्वन्धी मुद्दा, २ वटा ज्यान मार्ने उद्योग, खुन डाँका सम्वन्धी ३ वटा, आतंकारी तथा विध्वंसात्मक अपराध सम्वन्धी ८ वटा, डाँका चोरी १ वटा र बम विस्फोटनबाट मृत्यु सम्वन्धी २ वटा गरी ६५ वटा मुद्दा विचाराधिन छन् । धेरै घटनाहरु माओवादी र सुरक्षा निकायको त्रासका कारण दर्ता हुन सकेका थिएनन् । प्रहरीकोमा आउँदा माओवादी भन्ठान्ने र माओवादीले प्रहरी तथा सेनाको सुराकी भन्ठान्ने कारण पीडितहरु जति सुकै पीडा भए पनि चुपचाप सहन बाध्य थिए । 

  • रयाले गाउँ विकास समितिका तत्कालिन अध्यक्ष कृष्णप्रसाद सापकोटा र सोहि गाविसका सिंहविर तामाङलाई नेकपा माओवादीका कार्यकर्ताहरुलाई मध्यरातमा अपहरण गरी क्रुर, अमानवीय तरिकाले हत्या गरेको १९ वर्ष वितेको छ । २०५९ भाद्र ३० गतेको त्यो कहालिलाग्दो घटनाका शिकार परिवार, आफन्तजन मात्रै भएका छैनन् सिंङ्गो पनौती रयाले विहावर क्षेत्र र काभ्रेपलाञ्चोक जिल्लाका नागरिकहरु भएका छन् । माओवादी शान्ति प्रकृयामा आएको लामो समय वितिसक्दा समेत यस्ता अमानवीय हत्याका बारेमा प्रहरीले अनुसन्धान गर्न सकेको छैन । 
  • पाँचखाल गाविसका तत्कालिन उपाध्यक्ष बलराम सापकोटालाई घरबाटै अपहरण गरी लामो समयसम्म बेपत्ता बनाई नेकपा एमालेका दबाबका कारण हत्या गरेको सार्वजनिक गर्ने माओवादी नेताहरु खुलेआम हिडिरहेका छन् । परिवार र पार्टीले कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा दिएको निवेदन अझै थाति छ । सापकोटालाई खाडल खनेर जिउँदै गाडिएको थियो । परिवारका सदस्यहरुले हत्यारालाई कारवाहीको माग गरेको यतिका वर्ष वितिसकेको छ तर पनि राज्यले पीडित परिवारलाई न्याय दिन सकेको छैन । 
  • छत्रेबाँझ गाविस घर भई काठमाडांैमा बसोबास गर्ने अर्जुन लामालाई काठमाडौबाट विद्यालय ब्यवस्थापन समितिको भेलामा बोलाई अपहरण गरी बुढाखानी गाविस पु¥याई जिउँदै खाडल खनी पुर्न लगाउने माओवादी नेता अग्नि सापकोटा अहिले सभामुख छन् । उनलाई अपहरण गरी त्यहाँसम्म पु¥याउन निर्देशन दिने र अर्जुन लामाको घडी र सिक्री लगाउने नेता पूर्व राज्यमन्त्री भई खुलेआम छन् । हत्यामा संलग्न नेताहरु छाति फुलाएर हिडिरहेका छन् । सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ । पीडित परिवारको जाहेरीसम्म दर्ता हुन नसकेको परिस्थितिमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दवावमा मुद्दा दर्ता त भयो तर अझै फैसला हुन सकेको छैन । 
  • नेपाली सेनाले घरबाटै अपहरण गरी पाँचखालको ब्यारेक भित्र चरम यातना, जर्बजस्तिकरणी सहित हत्या गरिएकी मैना सुनुवारको घटनामा संलग्न दोषिलाई कारवाही भएको छ । जिल्ला अदालतले दोषि सैनिक अधिकारीहरुलाई कैद र जरिवानाको फैसला सुनाएको छ । उक्त फैसला कार्यान्वयन भईसकेको छ । एकै प्रकृतिका घटनाहरुमा सेनाले कारवाही भोग्नुपर्ने अनि माओवादी नेताहरु सभामुख, मन्त्री भएर खुलेआम हिडिरहन पाउने ? पीडितहरुले प्रश्न गर्न थालेका छन् । हरेक वर्ष सम्झने यस्ता घटनाहरु समयमै सम्बोधन हुन नसक्दा मुलुकमा अर्काे विद्रोह र बदलावको भाव आउन सक्ने तर्फ राज्यका निकाय जिम्मेवार हुन जरुरी छ । 
  • माओवादीले आफ्नै कार्यकर्ता बनेपाका राजभाई रञ्जितकारको अपहरण गरी लाठीले कुटि कुटि मारेको लामो समय पछि स्विकार्न बाध्य भयो । उनि अझै बेपत्ताको सुचीमा छन् । परिवारले कागजी कामका लागि अदालतबाट मृत्यु दर्ताको प्रमाणपत्र लिए पनि उनका हत्यारालाई कारवाहीको माग गरिरहेको छ । परिवारलाई पुगेको क्षति र लामो समय बेपत्ताको सूचिमा रहँदा कतै राजभाई फर्केर पो आई हाल्ने हुन कि ? भन्ने आभाष भईरहने परिवारले बताएका छन् । 
  • धुलिखेलका सगुन श्रेष्ठलाई नेपाली सेनाले बेपत्ता बनाएको दुई दशक नाघिसकेको छ । जिल्लामा बेपत्ता हुनेहरुको संख्या पनि थुप्रै छ । बेपत्ताको खोजविन तथा सत्यतथ्य पत्ता लाग्ने त कता हो कता उल्टै पीडितहरुलाई थप पीडा दिने गरी राजनीतिक दलहरुको ब्यवहारले पीडितहरु आजित भएका छन् । 
  • सशस्त्र द्वन्द्वका कारण जिल्लामा घाईते, अपाङ्ग, मानसिक सन्तुलन असहज भएका थुप्रै ब्यक्ति छन् । केहिलाई माओवादीले लडाकुमा भर्ना गरी अयोग्य लडाकुका नाममा राज्यकोषको रकम दुहुने काम ग¥यो । अख्तियारमा लडाकुका नाममा भएको अनियमितताका बारेमा छानविन गर्ने काम हुन सकेको छैन । द्वन्द्वका नाममा भएका विकृति विसंगतिसँगै पीडितहरुलाई न्याय दिन गठित आयोगहरुले समेत काम गर्न सकेका छैनन् । पीडकहरुले द्वन्द्वका नाममा लिएको जर्बजस्ति चन्दा असुली, घर भित्र पसेर दिएको यातना, कुटपिट, अङ्गभङ्ग, अपहरण, हत्या, वेपत्ता पीडितहरुले विर्सन सक्छन र ? 
  •     २०५९ साल भदौ २० गते हत्या गरिएका रयालेका कृष्णप्रसाद सापकोटाका भाई रामचन्द्र सापकोटाले हत्याको उचित छानविन र पीडकलाई कारवाही भएन भने कुनै पनि बेला त्यसको बदलाव उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । शान्ति नखल्बलियोस भन्ने चाहनाका कारण न्यायिक निकायबाट उचित अनुसन्धान र पीडकलाई कारवाहीको माग गरिएको सापकोटाले बताउनु भयो । जिल्लामै दर्दनाक, पाशविक, क्रुर घटनाका रुपमा कृष्णप्रसाद सापकोटाको हत्यालाई लिने गरिएको छ । सापकोटालाई रयाले स्थित घरबाट अपहरण गरी कुशादेवी तल लामाडोल नजिकै जंगलमा टाउको गिँडेर शरीर र टाउको अलग अलग बनाईएको थियो । 

अलमलमा प्रहरी
    प्रहरीमा दर्ता भएका मध्ये द्वन्द्वकालीन मुद्दाहरु के गर्ने भन्ने स्पष्ट नीतिका कारण अगाडी बढाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । द्वन्द्वकालमै दर्ता भएका ज्यान सम्बन्धी अपराधहरुका बारेमा पनि प्रहरीले अनुसन्धान गर्न सकेको छैन भने अनुसन्धान गरिएका मुद्दाहरुमा पनि प्रहरीले ब्यक्ति पक्राउ गर्न सकेको छैन । 
    जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यङ्कमा माओवादी र सरका पक्षबाट हत्या गरिएका द्वन्द्वकालीन ४९ वटा मुद्दाहरु कर्तब्य ज्यान अभियोगका छन् । प्रहरीमा दर्ता हुन आउन नसकेका र दर्ता नभएका अन्य केहि मुद्दाहरु पनि छन् । बेपत्ता छानविन आयोग तथा द्वन्द्वकालीन मुद्दाको सत्यतथ्य छानविन गर्न गठित आयोग आफै अन्योलमा छन् । ब्यक्ति हत्या जस्तो जघन्य अपराधमा माफि दिने अवस्था हुँदैन । पीडित परिवार नेपालमा आममाफी दिएर हत्यामा संलग्नलाई उन्मुक्ति दिएको अवस्थामा अन्र्तराष्ट्रिय अदालतमा जान सक्ने सम्भावना छ । त्यहिकारण माओवादीका नेताहरु पटक पटक धम्की दिदै आएका छन् । तर धेरै नेताहरु १७ हजार ब्यक्तिको हत्यामा संलग्न भएकाले त्रासमा पनि छन् । जुनसुकै बेला कस्टडीमा जानु पर्ने अवस्थामा माओवादी नेताहरुलाई पछ्याई रहेको छ । 
    प्रहरीमा विभिन्न मितिमा दर्ता भएका ४९ वटा कर्तब्य ज्यान सम्बन्धी मुद्दाका अलावा ज्यान मार्ने उद्योगका २ वटा मुद्दा विचाराधीन छन् । धेरै मुद्दाहरु माओवादीकै डर र त्रासका कारण दर्ता हुन सकेका थिएनन् । प्रहरीकोमा आउँदा माओवादी भन्ठान्ने र माओवादीले प्रहरी तथा सेनाको सुराकी भन्ठान्ने कारण ब्यक्तिहरु जतिसुकै पीडा भए पनि चुपचाप सहन बाध्य थिए । खुन डाँडा सम्वन्धी ३ वटा, आतंकारी तथा विध्वस्ताम्क अपराध सम्वन्धी ८ वटा, डाँका चोरी १ वटा र बम विस्फोटनबाट मृत्यु सम्वन्धी २ वटा गरी ६५ वटा मुद्दा विचाराधीन छन् । 
    माओवादीले जिल्लाका विभिन्न स्थानमा बम विस्फोटन गराई निर्दाेष ब्यक्तिको हत्या गरेको थियो भने चोरी र लुटपाट पनि गरेको थियो । आतंककारी तथा विध्वसांत्मक अपराध धेरै भए पनि ८ वटा मात्रै मुद्दा दर्ता भएका छन् । कतिसम्म पनि प्रहरीले आफ्नै प्रहरी चौकी पड्काएको विरुद्ध मुद्दा दर्ता गर्न सकेको थिएन र अझै छैन पनि । तत्कालिन अवस्थामा माओवादी नेताहरुको टाउकाका मुल्य तोक्ने, माओवादीलाई आतंककारी घोषणा गरी युद्धको घोषणा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी नेताहरु एउटै ढुंगामा छन् । हिजो नेकपा एमाले र माओवादी एउटै पार्टीमा थिए । एकै स्थानमा हुँदा पीडितहरुका पीडा विसर्ने 

अरु मुद्दा पनि विचाराधीन
    जिल्ला प्रहरी कार्यालय काभ्रेमा अन्य मुद्दा पनि विचाराधीन छन् । मानव बेचविखन तथा ओसार पसार सम्बन्धी ४ वटा, कर्तब्य ज्यान सम्बन्धी ४१ वटा, भवितब्य ज्यान १ सय ३, कारण नखुलेको ५४, झुण्डिएर १ सय ४०, विषादी सेवन ७४, सरकारी छाप दस्तखत किर्ते ९, नागरिकता किर्ते १, सवारी ज्यान १४, सवारी भवितब्य ज्यान १६, ज्यान मार्ने उद्योग २, जर्बजस्ति करणी २, ठगी १ र विस्फोटक पदार्थ सम्वन्धी गरी ४ सय ६२ वटा मुद्दा विचाराधिन अवस्थामा छन् । द्वन्द्वकालिन मुद्दा र अन्य गरी ५ सय २७ वटा मुद्धाहरु प्रहरीले फछ्र्याैट गर्न सकेको छैन । गम्भिर तथा जघन्य मुद्दाहरु मध्ये मानव बेचविखन तथा ओसारपसारका ४ वटा, कर्तब्य ज्यानका २० वटा जघन्य अपराध र नागरिकता किर्ते १, सवारी ज्यान ८, ज्यान मार्ने उद्योग ३, सरकारी छाप दस्तखत किर्ते ३ गरी १५ थान मुद्दा गम्भिर प्रकृतिका छन् । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले सबै खाले मुद्दाहरुको प्रहरीले टोली गठन गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । डिएसपी खतिवडाले द्वन्द्वकालीन मुद्दाहरुको अनुसन्धानमा अस्पष्ट नीतिका कारण अघि बढ्न नसकिएको बताउनु भयो ।