2018 November 19/ 08:23: 27am

    धुलिखेल/धुलिखेल नगरपालिकाका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु कार्तिक  ४ गते अमेरिका प्रस्थान गरेका छन् । 
    सडक योजना तथा मर्मत प्रक्रियाबारे बेलायती अन्तराष्ट्रिय विकास नियोग (डीएफआईडी)को कार्यक्रममा सहभागी हुन नगर प्रमुख ब्याञ्जु अमेरिका गएका हुन् । ब्याञ्जु उक्त कार्यक्रमका लागि अमेरिकामा दुई सातासम्म रहनेछन् । ब्याञ्जुले अमेरिकामा सिकेका विषयलाई धुलिखेल र देशभरका नगरपालिकामा लागू गर्ने छन् । नगर प्रमुख भए पछि ब्याञ्जु दोस्रो पटक अमेरिका गएका हुन् । नगर प्रमुख भए सँगै कोरिया, चीन र इन्डोनेसियाको भ्रमण गरिसकेका ब्याञ्जुले विदेश भ्रमणबाट सहरी योजना, कानुन निर्माण, विकास साझेदारिता, सुशासन र सामूदायिक सहकार्यजस्ता विषयमा ज्ञान हासिल गरेको बताए ।
    विदेश भ्रमणबाट नगर प्रमुख ब्याञ्जुले आन्तरिक सुशासन, कानुन निर्माण, कृषि र उद्यमशीलता नीति, पर्यटन विकासलगायतका विषयमा सिकेका कुरालाई लागु गर्दै गएको जानकारी दिए ।