2021 June 13/ 03:19: 10am

    धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा जारी निषेधाज्ञा जेठ मसान्तसम्म थपिएको छ । आगामी सोमबारबाट सकिने निषेधाज्ञा असारबाट केहि खुकुलो बनाउने तयारी गरिएको छ । संक्रमण घट्दै गएको, संक्रमणबाट निधन हुनेहरुको संख्या पनि घट्दै गएकाले लामो समयसम्म निषेधाज्ञाका कारण प्रभावित जनजीवन सामान्य बनाउन निषेधाज्ञालाई खुकुलो बनाउन लागिएको हो । 
    जारी निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गर्न बजार अनुगमनलाई प्रभावकारी बनाईएको छ । संकटको बेला बजारमुल्य बृद्धी भएको गुनासोसँगै बजार अनुगमन गरिएको हो । ‘कोरोना भाईरसको संक्रमण बढिरहेको छ, संक्रमणका कारण निधन हुनेहरुको संख्यामा पनि कमि भएको छैन’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमण रोक्न र नागरिकहरुको स्वास्थ्यलाई ख्याल गरी जारी निषेधाज्ञाको अवधी जेठ मसान्तसम्म बढाउने तयारी गरिएको छ ।’ उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले पनि निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको थियो । थप गरिएको अवधीमा अत्यावश्यक सेवा दुध, तरकारी, खाद्यान्न, कुखुरा, दाना चल्ला, गाई भैसीको दानालाई सहज बनाईएको छ भने कृषकहरुको उपज, मल, विउ निर्यात तथा आयातलाई पनि सहज बनाईएको छ । रातको समय ९ बजे देखि विहान ५ बजेसम्म निर्माण सामाग्री बोकेका सवारी साधन चलिरहेका छन् । 
    प्रमुख जिल्ला अधिकारी पोखरेलले संक्रमण फैलन नदिन निषेधाज्ञालाई कडाईका साथ कार्यान्वयन गरिने बताउनु भयो । त्यसै अनुरुप बनेपा बजारको शुक्रबार विहान आकस्मिक रुपमा अनुगमन गरिएको छ । जारी निषेधाज्ञाका केहि क्षेत्रहरुलाई सहज बनाउने गरी छलफल शुरु गरिएको छ । सहकारी तथा अन्य वित्तिय संस्था संचालन गर्ने, होटलहरुमा बसेर खान नपाईने तर तयारी गरेर पु¥याउने, विकास निर्माणका महत्वपूर्ण कार्यलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने लगायतका योजना बनाईएको छ ।