2024 March 29/ 10:53: 31am

धुलिखेल\कोरोना संक्रमणका कारण एक सातामा १८ जनाको निधन भएको छ । 
    २०७८ बैशाख १५ गते राति देखि हिजो बैशाख २२ गते बुधबारसम्म जिल्लामा संक्रमण हुनेहरु मध्ये जटिल प्रकारका रोग भएकाहरु मध्ये १८ निधन भएको छ । 
बेहुलाको आमाको निधन
    पनौती १० खोपासीमा अघिल्लो दिन छोराको विवाह गरी भोलिपल्ट भोजमा सहभागि बेहुलाको आमा एक्कासी ढलेर अस्पताल पु¥याउँदा उहाँमा कोरोना देखियो । केहि दिनको उपचार पछि उहाँको निधन भयो । ५२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको हो । ‘एक्कासी ढल्नु भएछ, तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा पु¥याईएको रहेछ । उपचारको क्रममा उहाँमा कोरोना भाईरसको परिक्षण गर्ने क्रममा पोजेटिभ देखियो’–पनौती स्वास्थ्य शाखाका प्रमुख पुरुषोतम तिमल्सिनाले भन्नुभयो–‘चिकित्सकहरुले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बताउनु भएको थियो । धुलिखेल र शिर मेमोरियल अस्पताल दुबैमा उक्त सुविधा नभए पछि उहाँलाई थप उपचारका लागि काठमाडौ स्थित गणेशमान सिंह अस्पतालमा पु¥याईएको थियो ।’ उपचारकै क्रममा उहाँको निधन भएको हो । भोजमा सहभागि भएका मध्ये ३० संक्रमित भए ।     बैशाख १५ गते राति धुखिखेल अस्पतालमा अर्का एक ८२ बर्षिय पुरुषको कोरोनाका कारण निधन भएको छ । संक्रमणको दर बढिरहँदा जिल्लामा एकै दिन दुई ब्यक्तिले ज्यान गुमाउनु परेको छ । बुधबार पछि शनिबार एकै दिन दुई जनाले ज्यान गुमाउन पुगेका छन् । 
पूर्व गाविस अध्यक्ष रहेनन्
    २०५४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित माझिफेदा गाविसका अध्यक्ष कृतिबहादुर तामाङको कोरोनाका कारण निधन भएको छ । सुगर र प्रेसरका विरामी तामाङलाई बैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । १८ गते दिउँसो उहाँको उपचारकै क्रममा निधन भएको छ । केहि दिन ज्वरो र खोकीका कारण विरामी भई उहाँलाई अस्पताल ल्याईएको थियो । २०४७÷२०४८ साल तिर जिल्ला कारागार कार्यालय काभ्रेबाट २० वर्षको जेल सजाँय पुरा गरी रिहा भएका तामाङ जनमोर्चा हुँदै नेपाली काँग्रेसमा आवद्ध भएका थिए । एकै परिवारका ५ जना सदस्य मध्ये ४ जनालाई एकै पटक मारेर उनी कारागार गएका थिए । तामाङको शवलाई अस्पताल परिसरमा कांग्रेसको झण्डा ओढाईएको छ । उनको शवलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले राजेश कार्की मेजरको नेतृत्वमा पशुपति आर्यघाट पु¥याईएको कर्णेल गणपति मिलन थापाले जानकारी दिनु भयो । 
सिन्धुपाल्चोकका ३७ बर्षिय युवा
    सिन्धुपाल्चोक जिल्ला कुभिण्डे घर भएका ३७ बर्षिय केहि वर्ष देखि मुटुको विरामी थिए । चार वर्ष अघि उनको मुटुको भल्भ फेरिएको थियो । घरबाट अन्यत्र कतै नगएका युवालाई ज्वरो आई अस्वस्थ भए पछि बैशाख १७ गते धुलिखेल अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । कृत्रिम श्वास दिएर राखिएका युवाको १८ गते विहान निधन भएको थियो । धुलिखेल अस्पतालका डा. सानुकुमार श्रेष्ठले युवालाई बचाउने अन्तिम प्रयास गर्दा गर्दै कोरोना संक्रमण र मुटुसँग सम्वन्धित रोगका कारण सम्भव नभएको बताउनु भयो । उहाँको शवलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले राजेश कार्की मेजरको नेतृत्वमा पशुपति आर्यघाट पु¥याईएको कर्णेल गणपति मिलन थापाले जानकारी दिनु भयो । अहिले परिवारको सदस्यले चाहेको अवस्थामा १५ जना भन्दा धेरै नहुने र होम आईसोलेसनमा बस्ने गरी शव लैजान पाउने ब्यवस्था छ । हालसम्म काभ्रेमा निधन भएका ब्यक्तिहरुको शब परिवारले बुझेका छैनन । 
एकै दिन चारले ज्यान गुमाए
    निमोनियाको आशंका गरी धुलिखेल अस्पताल भर्ना भएका बनेपाका ६१ बर्षिय जेष्ठ नागरिकको बैशाख १८ गते राति उपचारको क्रममा निधन भएको छ । बैशाख १५ गते भर्ना हुनु भएका उहाँमा १६ गते कोरोना संक्रमण पुष्टी भएको थियो । निमोनियाले उहाँमा समस्या धेरै बनाएसँगै देखिएको कोरोनाका कारण निधन भएको अस्पतालले जानकारी दिएको छ । उहाँको शवलाई नेपाली सेनाको कालीजंग गण धुलिखेलको टोलीले राजेश कार्की मेजरको नेतृत्वमा आईतबार बैशाख १९ गते विहान पशुपति आर्यघाट पु¥याईएको कर्णेल गणपति मिलन थापाले जानकारी दिनु भयो ।     आईतबार दिउँसो ललितपुर महानगरपालिका वडा नम्वर १ इमाडोल घर भएका ६० बर्षिय पुरुषको निधन भएको छ । धुलिखेल अस्पतालमा १५ बैशाखमा भर्ना भएका पुरुषको कोरोनाकै कारण निधन भएको छ । उपचारकै क्रममा उनको निधन भएको हो । आईतबार महोत्तरी जलेश्वर ६ घर भएका ५० बर्षिय पुरुषको निधन भएको छ । बैशाख १५ गते भर्ना भएका उनी उपचारका क्रममा निधन भएको हो । धुलिखेल अस्पतालमा उनको उपचार हुँदै थियो । सोमबार अर्पझट विरामी भएका भारत बंगाल घर भएका ४० बर्षिय युवाको शिर मेमोरियल अस्पतालमा लगिएको थियो । १४ दिन अघि भारतबाट फर्किएका युवा बनेपाको एक सुन पसलमा काम गर्दै आएका थिए । 
मंगलबार ६ जनाको निधन
    मंगलबार निधन हुनेहरुमा काभ्रेको पनौती घर भएकी ८० बर्षिय महिला हुनुुहन्छ भने मण्डनदेउपुर १ बालुवापटी घर भएका ७८ बर्षिय पुरुष हुनुहुन्छ । उहाँलाई उपचारका लागि भक्तपुर हुँदै काठमाडौका विभिन्न अस्पताल पु¥याए पनि उपचार गर्न अस्पतालहरुले नमाने पछि बैशाख २० गते सोमबार साँझ बनेपाको शिर मेमोरियल अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा उहाँको निधन भएको अस्पतालले जानकारी दिएको छ । उहाँ संक्रमित भई घरमै उपचारार्थ हुनुुहुन्थ्यो । त्यस्तै बनेपा घर भएका युवा ब्यवसायी अकस्मात भुईमा ढलेका कारण अस्पताल पु¥याईएको थियो । ह्दयघातका कारण निधन भएको सोचेका परिवारहरुले उहाँमा कोभिड भएको भोलिपल्ट अर्थात मंगलबार मात्रै जानकारी पाए । बनेपा १ नाला टुकुचा घर भएकी ६२ बर्षिया महिलाको पनि कोभिडकै कारण मंगलबार अस्पताल ल्याउँदा ल्याउँदै निधन भएको छ । उहाँमा पनि कोभिड केहि दिन अघि देखिएको थियो । भक्तपुर घर भएकी ६२ बर्षिय महिला, भक्तपुर ९ घर भएका ६७ बर्षिय पुरुषको पनि निधन भएको छ । नेपाली सेनाको कालीजंग गण धुलिखेलमा कार्यरत सह सेनानी विजयराम गिरीको कमाण्डमा शव ब्यवस्थापन गरिएको गणपति कर्णेल मिलन थापाले जानकारी दिनु भएको छ । शव ब्यवस्थापनका लागि शव बाहन तथा त्यसको निरन्तर प्रयोगका लागि संकट सिर्जना हुँदै गएको छ । बुधबार निधन हुनेहरुमा ३ जना रहेका छन् ।