2018 October 18/ 06:01: 36am

    पनौती/तेजगंगा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारी शुभकामना आदान प्रदान तथा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । 
    स्ववियु सभापति राजेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिका उपप्रमुख गिता बञ्जारा प्रमुख अतिथी थिईन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बञ्जाराले तेजंगगा क्याम्पसले पनौती र आसपासका क्षेत्रमा पु¥याएको शिक्षाको योगदानको चर्चा गर्दै प्राविधिक शिक्षा र विद्यार्थीहरुलाई नैतिक तथा ब्यववहारिक शिक्षा उपलब्ध गराउनु पर्ने बताईन् । संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले विद्यार्थीहरुको चाहना र हित अनुकुल समायानुसार शिक्षालाई गुणात्मक बनाउँदै लगेको बताईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष मोतीराम तिमल्सिना, प्राध्यापक चन्द्रमणी काफ्ले, संचालक समिति उपाध्यक्ष राजाराम सैजु, पुर्व स्ववियु सभापति देवकी हुमागाई, अनेरास्ववियु काभ्रेका अध्यक्ष उपेन्द्र शर्मा, स्ववियु अध्यक्ष राजेश थापा, उपाध्यक्ष युवराज दाहाल, सचिव विकास तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।     
    विद्यार्थीहरुले शुभकामना आदान प्रदानका साथै विशेष सांस्कृतिक कार्यक्रम मार्फत प्रतिभा प्रस्फुटन गरेका थिए । तेजगंगा स्ववियुले हरेक वर्ष यस्ता कार्यक्रमहरुको आयोजना गर्दै आएको अध्यक्ष राजेश थापाले बताए ।