2018 October 18/ 07:33: 03am

    बनेपा/गौतम सेवा समाज, बनेपाले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठको अवसर पारेर शुभकामना आदानप्रदान, स्मारिका विमोचन र सम्मान कार्यक्रम आयोजना गरेको छ । 
    नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजले प्रकाशन गरेको ‘गर्व’ स्मारिकाको  लोकार्पण समेत गरिएको थियो । कार्यक्रममा बोल्दै नेता गौतमले गौतममा बाहुन, क्षेत्री, दलित सबै रहेकोले कोहि कसैले पनि एकअर्कामा उचोनिचको व्यवहार गर्न नहुने बताए । उनले समाजको काममा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए । कार्यक्रममा गौतम सेवा समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रमहरुमा सहयोग गरेको भन्दै प्राइम एफएम, रेडियो एविसि, अरनिको टेलिभिजन, विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्नुको साथै गौतम परिवारबाट इन्जिनियरिङ, डाक्टर पास गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।
     समाजका अध्यक्ष नवराज गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम, गौतम समाजका केन्द्रीय अध्यक्ष दामोदरप्रसाद गौतम, गौतम सेवा समाज बनेपाकी महासचिव मिना शर्मा गौतम, मष्टा धामी विदुर गौतमले समाजले गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।