2021 April 16/ 05:24: 23am

नाला/बनेपा नपा–४ शेरामा अवस्थित महेश्वरी कृषि सहकारी संस्थाको श्रृंखला विकास आयोजनाको सहयोग, बनेपा नगरपालिकाको सहजीकरणमा तरकारी तथा फलफूल संकलन केन्द्रको उद्घाटन बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालले एक कार्यक्रमका विच गर्नु भएको छ । 
कार्यक्रममा बोल्दै उपप्रमुख दाहालले उक्त योजना लागु भएका वडाहरुमा कृषकहरुलाई विउ वितरण, गोठ सुधार, टनेल वितरण, माटो परिक्षण जस्ता कार्यहरु गर्दे आएको बताउनु भयो । कृषकहरुको आयस्तर बढाउनका लागी उन्नत जातका बोका वितरण, औषधी हाल्ने पम्प, मकै छोडाउने मेसिन, धान चुट्ने मेशिन, कृषि औजार वितरण गरेको दाहालले बताउनु भयो । दाहालले किसानहरु आफै जागरुक हुनुपर्ने र संस्थाले सुरु गरेको बजारमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा  अध्यक्ष श्यामसुन्दर श्रेष्ठ वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद दाहाल, ख्ऋम्ए,का कार्यक्रम प्रमुख चिरञ्जीवी अधिकारी, कार्यक्रमका बरिष्ठ अधिकृत राजकुमार अधिकारी लगायतले बजारको आवश्यकता र किसान हकहितको बिषय सँगैै अनुदान लगायतका कार्यक्रमहरु आगामी दिनमा पनि निरन्तरताको लागि किसानलाई जागरुक बनाउने कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । कार्यक्रममा संकलन केन्द्रमा आफ्नो उत्पादन ल्याई बिक्री वितरण गर्ने किसानहरुलाई विशेष अनुदान कार्यक्रम समेत ल्याउन लागिएको मुल्य श्रृङ्खला विकास कार्यक्रमका प्रमुख चिरञ्जीवी अधिकारीले बताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष श्याम सापकोटाको सभापतित्वमा भएको थियो भने संस्थाले गरेका विभिन्न कार्यक्रम र आगामी दिनमा पनि अन्य कृषक उपयोगी कार्यहरु गर्ने, सहकारीको संभावना र चुनौतीका बारेमा बोल्दै उत्पादन, बजार र उपभोक्ता बिचको सहकार्य आजको आवश्यकता रहेको सापकोटाले बताउनु भयो ।  कार्यक्रम संचालन संस्थाका सचिव लक्ष्मण दाहालले गर्नुभएको थियोे ।