2021 April 16/ 05:56: 25am

जनागाल/बनेपा नगरपालिका वडा नम्बर १० रेशममार्ग हुदै कागाँलगाउँ जाने सडक ६ सय मिटर कालोपत्रे, र  स्तरोन्नति, गरिएको छ । 
पूर्व संचार तथा सुचना प्रविधी मन्त्री एवं प्रतिनिधी सभा सदस्य गोकुल प्रसाद बाँस्कोटाको समन्वयमा रु १ करोड ५० लाख रुपयाँमा उक्त कार्य भएको वडा अध्यक्ष चन्द्र बहादुर खड्काले बताउनु भयो । लामो समयदेखी उक्त सडकको स्तरोन्नति हुँदै आएकोमा यस आर्थिक वर्षमा ६ सय मिटर लम्बाई ४० एमएमको आसपाल पिच गरिएको  बताएको छ । विकासका कामहरु तिब्र गतिमा भएकाले वडामा १ घर १ धारा शुरु गरिएको, प्रत्येक सडकहरु ढलान, स्तोरन्ती गरिएको, विभिन्न तालिमहरु प्रदान गरिएको खड्काले बताउनु भयो । पूर्वमन्त्री बास्कोटाको पहलमा नै एतिहासिक सेतो पाटीको पुनर्निमार्ण शुरु गरिएको समेत खड्काले बताउनु भयो । 
निर्वाचनका समयमा गरेका प्रतिबद्धताहरु पूरा गरिदै लगिएको नगर उपप्रमुख तथा योजना अनुगमन संयोजक रेखा सापकोटा दाहालले बताउनु भयो । नगरले पूर्वाधार क्षेत्रतर्फ २१ किलो मिटर कालोपत्रे, १७ किलोमिटर ढलान, २१ किलोमिटर ग्राबेल, २९ किलोमिटर पक्की नाली, ७५ किलोमिटर नयाँ ट्रयाक र सडक स्तोरन्ती गरिएको बताउनु भयो । प्रत्येक वडा कार्यालय सम्म जाने सडकलाई पक्की, वडा भवनहरु निर्माण सम्पन्न, प्रत्येक वडामा स्वास्थय चौकी, १ घर १ धारा, एकिकृत खानेपानी अन्तिम चरणमा पुगी परिक्षण भईरहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ४२३ लाई रोजगार दिईएको बताउनु भयो । नगरले शिक्षा, स्वास्थ्य, महिला बालबालिका, युवा, जेष्ठ नागरीक, कृषिक्षेत्र लगाएत सम्पूर्ण क्षेत्रमा काम गरिरहेको बताउनु भयो । रेशम मार्ग कालोपत्रे सँगै उक्त क्षेत्रका उपभोक्ताहरुलाई सहज भएको छ । उक्त सडक सुगम ईन्जिनियरिङ्ग एण्ड कन्ट्रक्सन काठमाडांैले सम्झौता भएको मिति अगाबै सम्पन्न गरेको छ ।