2021 April 16/ 06:28: 41am

    बनेपा/ज्यासननी आमा समुहद्वारा सञ्चालन गरिएको अचार बनाउने १५ दिने तालिम सम्पन्न भएको छ । तालिम लिएका सहभागीहरुलाई बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठले प्रमाण पत्र वितरण गर्नु भएको थियो । 
    तालिम पत्र वितरण गर्दैे कार्यक्रमका प्रमुख अतिथी बादेले सहभागीहरुलाई तालिम लिएर ब्यवहारमा प्रयोग गर्न अनुरोध गर्नु भयो । सिप सिके पछि त्यसको सदुपयोग होस भनेर नै तालिम प्रदान गरिएको नगर प्रमुख बादेले बताउनु भयो । घरभित्र सिमित रहेका महिला दिदिबहिनीहरुका लागी आत्मनिर्भर आय आर्जनमा थप टेवा पु¥याउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको बादेले बताउनु भयो । नगरमा सबै नागरिकहरुलाई रोजगारी बनाई आयस्तर उकास्न र आर्थिक जीविको–पार्जनका लागी लागिरहेको बताउनु भयो । नगरले विभिन्न युवा तथा महिलाहरुलाई सिपमूलक तालिम प्रदान गर्दै आएको र सो तालिमको सदुपयोग गर्न समेत नगर प्रमुख वादेले आग्रह गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख रेखा सापकोटा दाहालले सबै दिदीबहिनीहरुलाई नगरले हरेक कार्यक्रममा सहभागी जनाउन आग्रह गर्नु भयो । 
    नगरले सिलाईबुनाई, अचार बनाउने, कौसी खेती, सवारी चालक तालिम, कम्प्युटर तालिम लगायत विभिन्न तालिमहरु प्रदान गर्दे आएको बताउनुभयो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज न्यौपाने, कार्यपालिका सदस्य तथा आमा समुहका सल्लाहाकार अम्बिका प्रजापति, आमा समुहका सल्लाहकार विश्व श्रेष्ठ लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष उमा प्रजापतिले राख्नु भएको थियो । सभापतित्व अध्यक्ष कमला अवालले गर्नु भएको थियो । अध्यक्ष अवालले आमा समुहले महिला दिदिबहिनीहरुका लागी विभिन्न तालिमहरु प्रदान गरिदै आएको र नेतृत्व विकास तालिमको आवश्यक भएकाले छिट्टै सञ्चालन गरिने अवालले बताउनु भयो ।