2021 April 16/ 05:03: 29am

    बनेपा/नेपाल पत्रकार महासंघको देशभर एकै साथ निर्वाचन सम्पन्न भएको छ । संघीय संरचना अनुसार पहिलो पटक तीनै तहको एकै दिन एकै समयमा भएको निर्वाचन केहि जिल्लामा बाहेक अधिकांश स्थानमा सम्पन्न भएको छ । निर्वाचनको परिणामहरु सार्वजनिक भईरहँदा राती अबेर काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचनको मतगणना जारी छ । 
    जिल्लामा रहेका १ सय २४ मतदाता मध्ये १ सय २० मत खसेको छ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन विहान ९ बजेदेखि सुरु भएर बेलुकी ५ बजे सम्पन्न भएको थियो ।

२९ पदमा ७ पदमा निर्विरोध
    नेपाल पत्रकार महासंघ काभ्रे शाखाको निर्वाचनमा ७ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । चैत्र २२ गते सम्पन्न उम्मेदवारी दर्ता र २३ गते अन्तिम नामावली प्रकाशनको निर्वाचन तालिका अनुसार २९ पदका लागि भएको प्रतिस्पर्धामा दर्ता गरेका उम्मेदवारहरु मध्ये ७ वटा पदमा निर्विरोध निर्वाचित भएका हुन् । 
    निर्विरोध निर्वाचित हुनेहरुमा कार्य समितिको समावेशी कोटामा बद्री तिमल्सिना, महिला कोटामा सम्झना गौतम र अपाङ्गता कोटामा रामचन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका छन् । तिमल्सिना र गौतम प्रेस चौतारीको एकल प्यानलबाट निर्विरोध भएका हुन् । त्यस्तै प्रदेश परिषद् सदस्यमा महिलातर्फ कविता शर्मा, राज्यलक्ष्मी श्रेष्ठ र सुर्यमाया दनुवार निर्विरोध भएका छन् । दनुवार प्रेस चौतारी प्यानलकी हुनुहुन्छ । त्यस्तै राष्ट्रिय परिषद् सदस्य सरिता सापकोटा निर्विरोध भएकी छिन् । चौतारीबाट उठेका चार, प्रेस युनियन दुई र प्रेस सेन्टरका एक सदस्य निर्विरोध भएका हुन् । 

निर्विरोध हु्नेहरु 
बद्री तिमल्सिना, कार्य समिति सदस्य
सम्झना गौतम, कार्य समिति सदस्य
सरिता सापकोटा, राष्ट्रिय परिषद् सदस्य
सुर्यमाया दनुवार, राष्ट्रिय परिषद् सदस्य

को को थिए उम्मेदवार ? 
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको निर्वाचनका लागि प्रेस चौतारी काभ्रेबाट नवराज बजगाईको नेतृत्वमा कृयाशिल पत्रकारहरुको टिम सहभागि भएको छ । सहभागी हुनेहरुमा 
अध्यक्षः नवराज बजगाई
उपाध्यक्ष विनोद न्यौपाने
उपाध्यक्ष (महिला) – काजल तामाङ
सचिव– केशवराज पौडेल
सह–सचिव (समावेशी) – जगतमान बल तामाङ
सह–सचिव (खुल्ला) – रामसुन्दर आचार्य
कोषाध्यक्ष – केदारनाथ तिमल्सिना
कार्य समिति सदस्य
खड्गबहादुर राउत (दिपक)
रञ्जित बोहोरा
विकास तिमल्सिना
सुनिल राजभारत
सन्तोष न्यौपाने
सुकदेव थपलिया
शरणप्रसाद हुमागाई
लोकबहादुर थापा(जनजाति)
बद्री तिमल्सिना, कार्य समिति सदस्य (समावेशी) – निर्विरोध
सम्झना गौतम, कार्य समिति सदस्य (महिला) – निर्विरोध

राष्ट्रिय परिषद् सदस्य
भुवन रायमाझी
रामकृष्ण चापागाई

प्रदेश परिषद् सदस्य
निरञ्जन गेलाल
रामचन्द्र दनुवार
रामहरी श्रेष्ठ
लक्ष्मण तिमल्सिना
प्रेस चौतारीको प्यानलका विरुद्ध नेपाली कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरले प्यानल बनेका थिए । कम्युनिष्टका नाममा चरम अवसरबादी रहेका प्रेस सेन्टरका सदस्यहरुले २०५६ सालमा उपसभापति भई मर्यादा भुलेर पुनः कोषाध्यक्ष पदमा झरेका, पुनः उपसभापति भएका प्रल्हाद शर्मा हुमागाईलाई पुनः उपाध्यक्ष पदमा उठाएको थियो । एउटै मान्छे २० वर्ष पछि किन त्यहि पदमा पटक पटक दोहोरिन चाहन्छ ? प्रश्न तेर्सिएको छ । हुमागाईले कोषाध्यक्ष हुँदा आर्थिक अपचलन गरी महासंघलाई हानी पु¥याएको अभियोगमा निर्वाचन समितिमा उपाध्यक्ष पदका विनोद न्यौपानेले उजुरी गरेका थिए । हुमागाई कोषाध्यक्ष गरेको अनियमितताका कारण उनलाई गरिएको निलम्बन हालसम्म फुकुवा गर्ने कार्य समितिको निर्णय छैन । सोहि निर्णयका आधारमा उनको पद विरुद्ध परेको उजुरीमा निर्वाचन समितिले समेत सहि निर्णय दिन सकेन । 
काँग्रेस निकट युनियन र माओवादी निकट सेन्टरबाट 
अध्यक्षः बद्रीराज तिमल्सिना
उपाध्यक्ष– प्रल्हाद शर्मा हुमागाई (जो २०५६ मा उपसभापति, फेरी कोषाध्यक्ष, पुनः उपसभापति र २१ वर्ष पछि त्यहि पदमा उम्मेदवारी । कोषाध्यक्ष हुँदा आर्थिक अनियमितताको अभियोगमा साधारण सभाबाट सदस्य निलम्वन भएको )
उपाध्यक्ष महिला– सुनिता सापकोटा
सचिव– कपिल कोईराला
सह सचिव समावेशी– रोजन तामाङ
सह सचिव खुल्ला– सरोज अधिकारी
कोषाध्यक्ष– सन्तोष दाहाल
कार्य समिति सदस्यहरु
अशोक महत
देवराज केसी 
पुरुषोतम ढकाल
मोहनकृष्ण तिमल्सिना
रोशन तिमल्सिना
शिवप्रसाद पन्त
राष्ट्रिय परिषद् सदस्य
प्रदीप केसी
यदुनाथ गौतम
प्रदेश परिषद् सदस्य
नवराज सापकोटा
भरत अधिकारी